Skip to main content

पोखरा विश्वविद्यालय : हरेक शिर्षकमा भ्रष्टाचार


pu

काठमाडौं, कार्तिक १३ - पोखरा विश्वविद्यालयबाट नयाँ कलेजहरुलाई सम्बन्धन दिँने लगायत आर्थिक क्रियाकलाप हुने अधिकांश क्षेत्रमा भ्रष्टाचार भएको खुलेको छ । विश्वविद्यालयका पूर्व र बहालवाला गरी दुई उपकुलपति सहित अन्य पदाधिकारीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सम्बन्धन, भौतिक निर्माण, कर्मचारी नियक्ती लगायतमा आर्थिक चलखेल भेटिएको अनुसन्धानबाट खुलेको हो ।
मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्व उपकुलपति केशरजंग बराल र निलम्बित उपकुलपति खगेन्द्र भट्टराईले लगायतका पदाधिकारीहरुलाई गैरकानूनी सम्बन्धनका साथै अन्य अनियमिततामा संलग्न रहेको आरोप लगाइएको छ ।
'शुरुमा सम्बन्धनका लागि दिएका निवेदनमाथि कुनै कारवाही नगरी तिनलाई रद्द गरिएको छ' अख्तियारस्रोतले भन्यो, 'त्यसलगत्तै केही महिनामा फेरी सूचना निकालेर सम्बन्धनका लागि आहृवान गरिएको छ ।' सम्बन्धनका क्रममा ९ लाख ५० हजार रुपैंया भ्रष्टाचार भएको दावी सहित अख्तियारले उपकुलपति खगेन्द्र भट्टराई, रजिष्ट्रार मानबहादुर केसी, योजना महाशाखा प्रमुख हरि खडा सहितलाई विपक्षी बनाएको छ । साधारण कलेजलाई एक लाख र प्राविधिक कलेजलाई १ लाख ५० हजार रुपैंया लिएर सम्बन्धन दिनुपर्नेमा पदाधिकारीहरुले शुल्क नै नलिई स्विकृती दिएका हुन् ।
कर्मचारी नियुक्तीमा पनि प्रक्रिया नपुर्‍याएको छानविनबाट खुलेको छ । प्रतिस्पर्धाविना करारमा नियुक्त अध्यापकहरुलाई मासिक ७५ हजार रुपैंयाको पारिश्रमिकसम्म तोकिएको छ । उही तहका अध्यापकहरुविचको तलब पनि फरक रहेको भेटिएको छ । ४७ लाख ७७ हजार रुपैंया अनियमितता भएको पारिश्रमिक प्रकरणमा कार्यकारी परिषदका सदस्यहरुको संलग्नता भेटिएको छ ।
विश्वविद्यालयको नियममा नै नभएको आर्थिक सहायतामा पनि पदाधिकारीहरुले उदार भएर रकम बाडेका छन् । विभिन्न व्यक्ति, विद्यार्थी संगठन लगायतका संस्थालाई पदाधिकारीहरुले आफूखुसी तोक लगाएर रकम दिएका छन् । उपकुलपति भट्टराईैले १६ लाख ८५ हजार, रजिष्ट्रारहरु मान बहादुर केसीले करिव साढे ७ लाख, ओमप्रकाश शर्माले १० लाख रुपैंया बाडेको खुलेको छ । अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेेले अन्य विश्वविद्यालयमा झै पोखरामा पनि आर्थिक कारोवारमा अनियमितता भएको बताए । 'भौतिक निर्माण, नियुक्ती अन्य प्रशासनिक काममा भ्रष्टाचार भएको देखिन्छ' उनले भने ।
विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले कार्यकारी परिषदको आडमा मनोमानी सुविधा दिएर भुक्तानी गरेको छ । पनिकाका पदाधिकारी तथा कर्मचारीहरुले ३० लाख ९३ हजार रुपैंया दुरुपयोग गरेको अख्तियारको दावी छ । विश्वविद्यालयको अनुसन्धान केन्द्र स्थापनामा प्राज्ञिक परिषदको आडमा ९ लाख ११ हजार रुपैंया हानी पुगेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । परामर्श सेवाका नाममा आरोपपत्रमा थप २१ लाख रुपैंया विगो दावी गरिएको छ ।
परिक्षा नियन्त्रण कार्यालयको भवन निर्माणमा भएको १४ लाख ९२ हजार अनियमिततामा कार्यकारी परिषदको सदस्यको हैसियतले उपकुलपति भट्टराई सहित रजिष्ट्रार केसी र अरु सदस्यलाई प्रतिवादी बनाएको छ । भूइ तला निर्माणमा भएको करिव ६ लाखको भ्रष्टाचामा भने भण्डारी बाहेकका पदाधिकारीहरु प्रतिवादी बनेका छन् ।
आर्थिक वर्ष २०६८/६९ देखि गत असार मसान्तसम्म ट्याक्सीभाडाका नाममा मात्रै रजिष्ट्रार केसीले २ लाख ३९ हजारको इनधन दुरुपयोग गरेको र ट्याक्सी खर्चको नाममा ३ लाख ८९ हजार निकासा गरेको खुलेको छ । पदाधिकारीहरुले सुविधाको सवारीसाधन र इन्धन पनि पाउछन् । यही अवधिमा परिक्षा नियन्त्रण कार्यालयमा ८ लाख १६ हजार रुपैंयाको इन्धन दुरुपयोग भएको छानविनबाट खुलेको छ ।


२ करोड ४४ लाख कुल विगो कायम गरिएको मुद्दामा उपकुलपति खगेन्द्र भट्टराईमाथि मात्रै करिव आधा अर्थात १ करोड २३ लाख रुपैंयाको विगो मागदावी छ । पूर्व उपकुलपति केशरजंग बराल ३ लाख ३७ हजार रुपैंया विगोमा परेका छन् । विशिष्ट श्रेणीको पदमा रहेको भन्दै अख्तियारले भट्टराई, बराल सहित रजिष्ट्रारहरु मानबहादुर केसी, ओमप्रकाश शर्मा र डीन सुरेन बास्तोलालाई थप सजायको माग गरेको छ ।
source:ekantipur.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...