Skip to main content

शिक्षाको गुणस्तर बढाउन सार्क रणनीति

काठमाडौं ११ मंसिर / दक्षिण एसियामा शिक्षाको गुणस्तर विकासका लागि आवश्यक रणनीति तयार गरिने भएको छ । काठमाण्डुमा भएको १८ औं सार्क शिखर सम्मेलनले आठ सदस्य राष्ट्रका शिक्षा मन्त्रीहरुलाई रणनीति तयार गर्न निर्देशन दिएको हो । ‘शिक्षाको गुणस्तरी वृद्धि गर्न दक्षिण एसियामा स्तरीय पाठ्यक्रम विकासका लागि रणनीति बनाउन निर्देशन’ गरिएको सम्मेलन पछि जारी काठमाडौं घोषणा पत्रमा उल्लेख गरिएको छ ।
बिहीबार जारी ३६ बुँदे घोषणा पत्रको बुँदा नम्बर १७ मा शिक्षाको मुद्धा उल्लेख गरिएको छ । घोषणा पत्रमा दक्षिण एसियाली क्षेत्रबाट निरक्षरता अन्मुलुनका लागि प्रतिबद्धता समेत ब्यक्त गरिएको छ ।
सवैका लागि शिक्षा अभियान अनुरुप स्तरीय शिक्षाका लागि पाठ्क्रम परिमार्जन, शैक्षिक पद्धती र मूल्याँकन प्रणालीमा सुधार गर्न सार्क बैठकले प्रतिबद्धता जनाएको छ । यसका लागि भौतिक, प्राविधिक र अन्य पूर्वाधारको विकास गर्न सार्क राष्ट्रका प्रमुखहरु सहमत भएका छन् । क्षेत्रीय स्तरमा प्राविधिक शिक्षा र तालिमको प्रवद्र्धन गर्न पनि सार्क राष्ट्रले प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धता पत्रमा दक्षिण एशियाली विश्वविद्यालयको प्रगतिमा सन्तोष ब्यक्त गरिएको समेत उल्लेख छ ।
‘शान्ति र समृद्धिका लागि गहन एकता’  भन्ने नारा साथ  भएको सार्कको बैठक पछि जारी घोषणा पत्रमा नेपालका प्रधानमन्त्री सुशील कोईराला सहित अफगानिस्तानका राष्ट्रपति असरफ घानी,  बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना,  भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी,  मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गैयुम, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्षद्वारा हस्ताक्षर गरिएको छ । 
१८ औं सार्क शिखर सम्मेलनको महत्वपूर्ण उपलव्धीका रुपमा उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । सार्क राष्ट्रका कार्यकारी प्रमुखहरुको उपस्थितिमा सदस्य मुलुकका विदेश मन्त्रीहरुले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । यो सम्झौताले बिजुली उत्पादन, प्रसारण र व्यापारमा सहज हुने छ । सार्कका ८ वटै मुलुकहरुले अब एक अर्का देशलाई बिजुली बेच्न सक्ने र किन्न पनि सक्ने बाटो खुलेको छ ।
पाकिस्तानको असहमतिका कारण सार्क रेलवे कनेक्टिभिटी र रोडक कनेक्टिभिटी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन भने सकेन । सार्कको १९ औं शिखर सम्मेलन सन् २०१६ मा  पाकिस्तानमा आयोजना हुने भएको छ । सार्क समापनका अवसरमा प्रधानमन्त्री कोइरालाले काठमाडौं घोषणापत्रले यस क्षेत्रको शान्ति र समृद्धिलाई सघाउ पुर्या उने बताए । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले  धन्यवाद ज्ञापन गर्दै १९ औं शिखर सम्मेलन गर्ने अवसर पाएकामा सदस्य मुलुकका राष्ट्राध्यक्ष सरकार प्रमुखहरुलाई धन्यवाद ब्यक्त गरे ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...