१)        कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्त्वबारे लेख्नुहोस् ।
- लामो तथा झन्झटिलो कागजी कार्य प्रणालीलाई सरल तथा मितव्ययी बनाउन
 - कम समयमा बढी कार्य गर्न
 - कार्यमा विश्वसनीयता कायम राख्न
 - अनावश्यक जनशक्ति घटाउन
 - जटिल कार्यप्रणालीलाई सरल बनाउन
 - आधुनिक सञ्चारको प्रणालीको रूपमा प्रयोग गर्न
 - ढिला-सुस्ती¸ अनियमितता तथा छलकपटलाई कम गर्न (सुशासनको प्रत्याभूति दिलाउन)
 - फाइलिङ प्रणालीलाई सरल बनाउन
 - कार्यालयमा अनावश्यक कागजी भण्डारलाई कम गर्न
 - कार्यालयको कार्य प्रणालीलाई प्रयोगमा ल्याउन
 - E-Government को अवधारणालाई प्रयोगमा ल्याउन
 
२)      भ्रष्टाचारका ८ स्तम्भहरू
- भ्रष्टाचारविरूद्धका रणनीतिहरू
 - निगरानी राख्ने निकायहरू
 - जनचेतना
 - जनधारणा
 - न्यायपालिका
 - प्रेस
 - निजी क्षेत्र
 - अन्तर्राष्ट्रिय सहयोग र सहकार्य
 
३)      सामाजिक समस्याहरू
- बालमजदूर
 - लागू औषध दुर्व्यसन तथा ओसारपसार
 - चेलीबेटी बेच-बिखन तथा ओसारपसार
 - शरणार्थी सम्बन्धी समस्या
 - अव्यवस्थित बसाइसराइ
 - जनसंख्या वृद्धि
 - बढ्दो भ्रष्टाचार
 - रूढिवादी प्रथा परम्परा¸ अन्धविश्वास
 - बाल-विवाह¸ बहुविवाह¸ अनमेल विवाह
 
४)       दिगो विकास भनेको के हो ?
- भविष्यका पिँढीका आवश्यकताहरूसँग सम्झौता नगरीकन वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्नु नै दिगो विकास हो ।
 - दिगो विकासका मुख्यतया दुई सिद्धान्तहरू छन्
 
i.      आधारभूत आवश्यकताको परिपूर्ति
ii.      विद्यमान स्रोतको उचित प्रयोग ।
- “दिगो विकास” शब्दको प्रयोग सन् १९८३मा UNOद्वारा गठित वातावरण र विकाससम्बन्धी विश्व आयोग Brundtland Commission (ब्रुन्टल्याण्ड आयोग) [जसको अध्यक्ष Norway की प्रधानमन्त्री Dr. Gro Harlem Brundtland थिइन्] द्वारा सन् १९८७मा “हाम्रो साझा भविष्य” [Our Common Future] मा ल्याइएको थियो ।
 - प्राकृतिक स्रोत¸ साधन¸ वातावरण¸ जनसंख्या र विकास गतिविधिहरू बीचको उचित एवं सन्तुलित तालमेललाई नै दिगो विकास भनिन्छ ।
 - वर्तमान पिँढीलाई वातावरण नबिग्रने गरी आफ्नो जीवनस्तर उकास्न सहयोग पुर्याउन यसले सहयोग गर्छ ।
 
५)       वातावरण व्यवस्थापन बारे चर्चा गर्नुहोस् ।
- जनसङ्ख्या¸ वातावरण र विकास समानुपातिक ढङ्गले अगाडि बढाउनु नै वातावरण व्यवस्थापन हो ।
 - वातावरण संरक्षण¸ वातावरण संरक्षण र आर्थिक विकास¸ वातावरण र गरिबी निवारण बीचको अन्तरसम्बन्ध¸ वातावरण र समग्र विकास बीचको सम्बन्ध¸ वातावरण र राष्ट्रिय नीति तथा क्षेत्रगत नीतिहरू बीच सम्बन्ध आदि विषयहरू वातावरण व्यवस्थापनसँग सम्बन्धित छन् ।
 - वास्तवमा वातावरण व्यवस्थापन एउटा यस्तो पद्धति हो¸ जसबाट प्रतिकूल वातावरणीय प्रभावलाई प्रक्रियागत तरिकाबाट न्यून गरी निरन्तर रूपमा वातावरणीय गुणस्तर कायम गरिन्छ ।
 - वातावरण व्यवस्थापनले हरित विकासको अवधारणालाई प्रोत्साहन दिई मानवीय क्रियाकलाप र विकास निर्माणलाई वातावरण मैत्री (Eco-friendly) बनाउँदै जलवायु परिवर्तनबाट हुने प्रतिकूल असरलाई न्यूनीकरण गर्ने एवं अनुकूलित बनाउने लक्ष्य लिएको हुन्छ ।
 
६)      वातावरण व्यवस्थापनको महत्त्व लेख्नुहोस् ।
- पारिस्थितिक पद्धतिको संरक्षण गर्न¸
 - जैविक विविधताको संरक्षण गर्न¸
 - भू-क्षय¸ वन विनाश¸ बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप कम गर्न¸
 - प्रकृतिको संरक्षण गर्न एवं स्रोतहरूको खपत कम गर्न¸
 - जनसङ्ख्या नियन्त्रण गर्न¸ अव्यवस्थित सहरीकरणमा कमी ल्याउन¸
 - प्रकृति एवं मानव जीवनलाई खतरा हुने उपकरण निर्माणमा र प्रयोगमा रोक ल्याउन¸
 - पर्यटकीय विकासमा सघाउ पुर्याउन¸
 
७)      संविधान भनेको के हो?
- संविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् ।
 - संविधान राजनैतिक एवं कानुनी दस्तावेज हो ।
 
i.      राजनीतिक दस्तावेज हुनुको कारण :- देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ ।
ii.      कानुनी दस्तावेज हुनुको कारण :-  संविधानले मानक र मापदण्डहरूको निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो ।
- संविधानलाई न्याय¸ समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ ।
 - राज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ ।
 - संविधानका प्रमुख ४ कामहरू
 
i.      संविधानले राज्यका प्रमुख अङ्गहरूको संगठन¸ संरचना निर्माण गर्दछ । (Organizing)
ii.      ती संरचनाले गर्न काम¸ कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (Distributing)
iii.      ती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । (Regulating)
iv.      ती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (Limiting)
- प्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन् १७८९ बाट सुरु भएको हो ।
 
८)     संविधान किन आवश्यक छ ?
- स्वेच्छाचारी शासनमा सिमा लगाउन¸
 - निरङ्कुशतालाई अस्वीकार गर्न¸
 - कानुन प्रति उत्तरदायी बनाउन¸
 - सरकारलाई नियन्त्रण गर्न¸
 - कानुन/विधिको शासनको स्थापना गर्न¸
 - आमजनतालाई लाभान्वित तुल्याउन¸
 - मानवअधिकारको सम्मान गर्न ।
 
९)      संविधानका विशेषताहरू लेख्नुहोस् ।
- संविधानको सर्वोच्चता हुन्छ ।
 - संविधानले शासकीय शक्तिमा सीमा लगाउँदछ ।
 - नागरिक अधिकार प्रति सम्मान प्रकट गर्दछ ।
 - शक्तिको दुरुपयोगलाई अस्वीकार गर्दछ ।
 - सरकारलाई जनता प्रति उत्तरदायी बनाउँदछ ।
 - यसले सुशासनको प्रत्याभूति गर्दछ ।
 
१०)     राजनैतिक विभाजनका आधारहरू लेख्नुहोस् ।
- भौगोलिक र जनसङ्ख्याको स्थिति
 - प्रादेशिक एकता र जातीय एकता
 - धर्म¸ रीतिरिवाज तथा संस्कृति
 - विकासका पूर्वाधारहरू
 - प्राकृतिक स्रोत¸ साधनहरूको उपलब्धता
 - सामाजिक बनोट