Skip to main content

शिक्षाले नै हटाउँछ बालविवाह


durga ghimire

दुर्गा घिमिरे
बालविवाह मानवअधिकार विरोधी कार्य हो, जो अझै पनि हाम्रो समाजमा विद्यमान छ । नेपालको कानुनअनुसार अभिभावकको मञ्जुरीविना २० वर्ष नपुगी गरेको विवाहलाई बालविवाह भनिन्छ । जसलाई कानुनले निषेध पनि गरेको छ । बालविवाह गरेमा कानुनमा ३ वर्षसम्मको कैद र १० हजार सम्मको सजायको व्यवस्था पनि छ । यसैगरी विवाहको अवसरमा काम गर्ने पुरोहित, लमी र जन्तीले पनि सजाय पाउने व्यवस्था छ । यो कानुनी व्यवस्थामा पनि पुनरावलोकन हुनपर्ने आवश्यकता छ ।
युनिसेफले गरेको एउटा अनुसन्धानअनुसार दक्षण्िा एसियामा अझै पनि ४८ प्रतिशत बालबालिकाहरूको विवाह विवाहको कानुनी उमेर नपुग्दै हुने गरेको छ । यसैगरी अपि|mकामा पनि ४२ प्रतिशत विवाह १८ वर्ष नपुग्दै हुने गरेको पाइएको छ । यसरी प्रतिवर्ष विश्वमा एक लाखजति केटाकेटीहरू बालविवाहको सिकार हुने गरेका छन् ।
बालविवाह रोक्न धेरै देशका सरकारहरूले प्रतिबद्धता जनाइसके तापनि धेरैजसो दक्षण्िा एसियाका देशहरूले अझै पनि बालविवाहको प्रचलन रोक्नसकेका छैनन्, जसको निम्ति धेरैजनाको सक्रिय सहयोग र समन्वय आवश्यक छ । नेपालमा पनि बालविवाहको नियन्त्रणका लागि प्रयास नभएको होइन, तर पनि तराईका केही जिल्लामा बालविवाहको समस्या अझै ६०-७० प्रतिशतसम्म भएको अनुमान गर्न सकिन्छ । रूपन्देहीको पकलिहवा गाविसलाई यही नोभेम्बर ९ मा बालविवाह मुक्तक्षेत्र घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । रूपन्देही र नवलपरासीका विभिन्न गाविसमा किशोरीहरूका लागि १०० भन्दा पनि बढी सम्वाद केन्द्रहरू छन्, जहाँ दलित तथा सिमान्तकृत बालिकाहरूले जीवन उपयोगी शिक्षाहरू लिएर आफ्नोमात्र होइन, समाजकै रूपान्तरणका लागि कार्य गरिरहेका छन् ।
बालविवाहबाट किशोरीहरूका जीवनमा पर्ने नकारात्मक प्रभावहरू थाहा हँुदाहुँदै पनि केटाकेटीहरूको सानै उमेरमा विवाह गर्न बाबुआमाहरू उत्प्रेरित हुने गर्छन् । यसको सबैभन्दा ठूलो कारण हो, समाजमा चल्दै आएको प्रचलन, परम्परा र मनोवृत्ति जसले बाबुआमाको मनमा गहिरो छाप पारेको हुन्छ, जसलाई हटाउन पनि मुस्किल हुन्छ । तर किशोरीहरू स्वयम् नै आज परिवर्तनका सम्वाहक बनेका छन् । पकलिहवा गाविसका संस्कार सम्वाद केन्द्रकी १६ वषर्ीया पि्रयन्का हरिजनले सम्वाद केन्द्रका किशोरी र एनिमेटरको सहयोगले बाबुआमालाई बालविवाहको असरबारे सचेत गराई आफूलाई बालविवाह हुनबाट बचाइन् । उनले भनिन्, मैले आफूलाई बालविवाह हुनबाट बचाएँ, तर मजस्तै कैयौं बालबालिकालाई यो समस्याबाट बचाउन म प्रण गर्छु । म अब आफूलाई पढाइमा मात्र केन्दि्रत गर्छु । शिक्षा र सीप सिकेपछि मात्र २२ वर्ष पुगेपछि विवाह गर्छु । अहिले पि्रयन्काजस्तै धेरै किशोरीहरू बालविवाह विरुद्ध आवाज उठाइरहेका छन् ।
बालविवाहको दुष्प्रभावबारे ती किशोरीहरूजस्तै अब सबैले खुल्ला छलफल र बहस चलाउनुपर्ने आवश्यकता छ । बालविवाहकै कारण धेरै किशोरीहरू शिक्षाको उज्यालो घामबाट बञ्चित छन्, जुन उनीहरूको मौलिक अधिकारको हनन पनि हो । बालविवाहकै कारण कैयौं किशोरीहरूले बच्चा पाउने उमेर नभइकनै गर्भवती हुन बाध्य हुुनुपरेको छ र अकालमै उनीहरूले मृत्युवरण गर्न बाध्य हुनुपरेको छ । उमेर नपुगी बच्चा जन्माउँदा बच्चा पनि अपरिपक्व हुने र आमा र बच्चाको स्वास्थ नराम्रो हुने गर्छ ।
समाजमा प्रचलित बालविवाहलाई रोक्न विशेषगरी बालिकाहरूका लागि हाइस्कुलसम्मको शिक्षा अनिवार्य र निशुल्क हुनुपर्छ । अनिवार्य शिक्षा भएपछि बाबुआमाहरूले बाध्य भएर छोराछोरीहरूलाई स्कुल पठाउनुपर्ने हुन्छ । बालविवाह बढी हुने दलित र अत्यधिक सामाजिक र आर्थिक रूपमा पछाडि पारिएका समुदायहरूलाई विशेष प्राथमिकता दिनुपर्छ । स्कुलहरूको शैक्षकि सामग्रीहरूमा पनि बालविवाहका नकारात्मक प्रभावबारे जानकारी गराउनु जरुरी छ । स्कुलमा बालिकाहरूको संख्या बढाउनुका साथै उनीहरूलाई बीचैमा स्कुल छोड्ने प्रवृत्तिमा रोक लगाउनेतर्फ पनि गम्भीर ध्यान पुर्‍याउनु आवश्यक छ । कति समुदायमा अझै छोरीको शिक्षामा लगानी गर्नु अनुत्पादक भन्ने धारणा विद्यमान छ, जसलाई हटाउनु त्यतिकै जरुरी पनि छ । धेरै अनुसन्धानले के देखाएको छ भने बालविवाहलाई रोक्ने सबैभन्दा प्रमुख उपाय शिक्षा नै हो । यसैगरी सञ्चारमाध्यमको पनि बढीभन्दा बढी प्रयोग गरी बालविवाह र यसको नकारात्मक प्रभावबारे जागरण गर्नुपर्ने आवश्यकता छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...