Skip to main content

काठमाडौं घोषणापत्र जारी गर्दै १८ औं सार्क शिखर सम्मेलन समापन

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दुई दिन १८ औं शिखर सम्मेलन ३६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । बुधबार राजधानीमा सुरु भएको सम्मेलन बिहीबार साँझ ५ बजे सकिएको हो । काठमाडौं घोषणापत्र नाम दिइएको घोषणापत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहितका विषयहरु रहेका छन् । समापन समारोमा १९ औं सार्क शिखर सम्मेलन दुई बर्षपछि पाकिस्तानमा गर्ने पनि निर्णय गरिएको छ । त्यस साथै घोषणापत्रमा सार्कलाई १५ बर्ष भित्र आर्थिक संघ बनाएर अघि बढाउनेलगातका विषयहरु रहेका छन् । 

सवारी साधन र रेल-वेमा प्रारम्भिक सहमति गर्ने र तीन महिनाभित्र त्यसको टुंगो लगाएर सम्झौता गर्नेमा आठै राष्ट्र सहमत भएका छन् । कुन कुन रुट चयन गर्ने प्राविधिक प्रक्रिया पुरा नभएको कारण यसको प्रारम्भिक सहमति मात्र भएको बताइएको छ । आगामी तीन महिनामा बस्ने कार्यक्रम समितिको बैठकले यसको टुंगो लगाएर छ महिना पछि हुने मन्त्रीस्तरीय बैठकमा सम्झौता गर्ने र काम गर्ने प्रतिवद्धता जाहेर छ । सार्क सचिवालयलाई अझ बलियो बनाउने निर्देशहरु सचिव स्तरमा पठाउने लगायतको विषयमा सहमति रहेको छ । यद्यपी घोषणापत्रमा भने सार्कको सुदृढिकरण गर्ने र सार्क सचिवालयलाई बलियो बनाउने विषय रहेको छ । सार्कमा ब्याप्त आतंकवाद, उग्रवाद र धार्मिक अतिवाद नियन्त्रण गर्नका लागि त्यसको संयन्त्र बनाएर अघि बढ्ने उल्लेख छ। यसअघिका प्रतिवद्धता पुरा गर्नका लागि पनि विभिन्न उपसमितिहरु बनाएर काम अघि बढाउने जस्ता विषयहरु परेका छन् । भिसा सरलीकरण जन स्तरको सम्वधलाई स्थापित गराउने विषय पनि यसमा परेको छ । 
गरिबी, भोकमरी, आतङकवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको नियन्त्रणमा घोषणामा जोड गर्ने भएको छ । शान्ति र समृद्धिको लागि गहन एकता नाराको साथ आरम्भ भएको शिखर सम्मेलन अहिले केही बेरमा सम्पन्न हुनेछ । नेपालले तेस्रो पटकगरेको यो शिखर सम्मेलनले गति दिनेमा सबै ढुक्क छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...