Skip to main content

बन्द हडताल अन्त्यको माग


कास्की,  माघ ४ गते । ‘बन्द सधैँका लागि बन्द गरौँ’ भन्ने आह्वान गर्दै आज बिहान पोखरामा शान्ति ¥याली निकालियो ।

    पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्था, आमा समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएको ¥यालीले पोखराका मुख्य नगरक्षेत्र महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, नयाँसडक र पृथ्वीचोकको परिक्रमा गरेको थियो । 

    हजारौँको सङ्ख्यामा रहेका ¥यालीका सहभागीले ‘बन्द सधैँका लागि बन्द गरौँ’, ‘बन्दको विकल्प खोजौँ’, ‘समयमै संविधान जारी गरौँ’, ‘पर्यटकीय क्षेत्रमा बन्द र हडताल नगरौँ’, ‘गरिखान देऊ’ जस्ता प्लेकार्ड बोकेका थिए । 

    ¥याली पोखराको चिप्लेढुङ्गामा रहेको मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नेले बन्द र हडतालका कार्यक्रम फिर्ता लिन, पर्यटन उद्योगलाई बन्दको मारमा नपार्न र देशको हितलाई केन्द्रमा राखेर काम गर्न राजनीतिक दललाई आग्रह गरेका थिए । 

    कोणसभालाई  सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले बन्द र हडतालले देशको अर्थतन्त्र तहसनहस भएको र गरिखाने वर्गलाई हातमुख जोर्न पनि समस्या पारेको उल्लेख गर्दै बन्द र हडतालको विकल्प खोज्न सरोकारवालालाई आग्रह गर्नुभयो । 

    उहाँले विभिन्न राजनीतिक दल र समूहबाट आह्वान भएका बन्द र हडतालका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै आफ्नो मागको सुनुवाइ नभए बन्दविरुद्ध अझ सशक्त कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

    बन्द सधैँका लागि अन्त्य गर्न माग गर्दैै यहाँका व्यवसायी तथा नागरिक समाजका तर्फबाट कास्कीमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाइनेसमेत उहाँले जानकारी दिनुभयो ।

    रेस्टुराँ एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बन्दले नेपालको पर्यटन उद्योग चौपट बनाएको बताउँदै बन्दकै कारण धेरै पर्यटकले नेपाल भ्रमण तालिका बदलिदिँदा समस्या उत्पन्न भएको बताउनुभयो । 
    लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बाबुराम गिरीले बन्दको विकल्प खोजी वार्ता र संवादमार्फत माग पूरा गराउनेतर्फ लाग्न राजनीतिक दललाई सुझाव दिनुभयो ।
    यातायात व्यवसायी गोकर्ण कार्कीले जनताको नाममा जनतालाई नै दुःख दिने बन्द र हडतालविरुद्ध आम नागरिक एक हुनुपर्नेमा जोड दिनुभयो । 
    नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बन्द आह्वानकर्तालाई जनचाहना बुझी जनतालाई दुःख दिने काम बन्द गर्न आग्रह गर्नुभयो । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...