Skip to main content

कक्षा ११ को नतिजा सार्वजनिक: परीक्षामा ४७.२६ प्रतिशत उत्तीर्ण

भक्तपुर, माघ ५ - उच्च माध्यामिक शिक्षा परिषद् भक्तपुरले सोमबार कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ जना परीक्षार्थी सहभागि भएकोमा १ लाख ६ हजार ५ सय १७ जना अर्थात ४७.२६ प्रतिशत परीक्षार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले बताए ।
परीक्षामा ७ जनाको परीक्षाफल स्थगित भएको छ भने ४३ जनाको परीगाफल रद्द गरिएको अर्यालले बताए । गतवर्ष ४० प्रतिशत परीक्षार्थी उतीर्ण भएकोमा यसवर्ष ७.५० प्रतिशत उतीर्ण भएको उनले बताए । त्यस्तै आंशिक तर्फ १ लाख ४१ हजार ५ सय ७० जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार ९ सय ३३ जना अर्थात ३३.१५ प्रतिशत परीक्षार्थी उतीर्ण भएको अर्यालले बताए ।
आशिंक तर्फको परीक्षार्थी मध्ये २९ जनाको परीक्षाफल स्थगित भएको छ भने ४४ जनाको परीक्षाफल रद्ध भएको परिषद्ले जनाएको छ । परिक्षा जेठ १ देखि १२ गतेसम्म संचालन भएको थियो । क्यालेण्डर अनुसार हुने हो भने परिषद्ले ढिलोमा कात्तिक भित्रै नतिजा प्रकाशन गरिसक्नु पर्ने थियो ।  तर, परीक्षा लिएको ८ महिनामा बल्ल तल्ल परिषद्ले नतिजा सार्वजनिक गरेको हो । नतिजा प्रकाशनमा ढिलो भएको भन्दै चौतर्फि विरोध हुँदै आएको थियो । 
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहाेस
http://www.hseb.ntc.net.np/

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...