Skip to main content

प्राविधिक विषयमा लाइसेन्स बिना नै शिक्षण गर्न पाइने

काठमाडौं, १२ माघ । विभिन्न प्राविधिक विषयहरुमा अध्यापन गराउने शिक्षकको अभावलाई महसुस गर्दै सरकारले त्यस्ता शिक्षकहरुलाई लाइसेन्स बिना नै पढाउन दिने भएको छ । मन्त्रीपरिषदको बैठकले शिक्षक सेवा नियमावली संशोधन गरेपछि यो सम्भव भएको हो । सरकारको यो निर्णयसँगै अब विज्ञान, लेखा, गणित, कम्प्युटर, बालीविज्ञान लगायतका प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गरेकाहरुले शिक्षक अनुमति परीक्षामा सहभागी नभएरै पनि अध्यापन गर्न पाउनेछन् । 

विज्ञान, गणित लगायतका प्राविधिक विषयहरुमा शिक्षक अनुमति पत्र भएका शिक्षकहरुको अभावका कारण शिक्षाको गुणस्तर नै खस्किएको थियो । देशका अधिकांश स्थानमा प्राविधिक विषयहरुमा शिक्षकको अभाव भइरहेको खबरहरु सार्वजनिक भएपछि सरकारले शिक्षक सेवा नियमावली संशोधन गरेको हो । सरकारको यो निर्णयसँगै विषयगत शिक्षकहरुको आन्तरिक र खुल्ला प्रतिस्पर्धामार्फत शिक्षण सेवामा प्रवेश गर्न पाउनेछन् । यसले राम्रा र योग्य शिक्षकहरुको उपलब्धता बढ्ने र विद्यार्थीको सिकाई स्तर बढाउने सकिने शिक्षा विभागका निर्देशक लवदेव अवस्थीले बताए । 

‘अब राम्रा शिक्षकले पढाउने अवसर पाउनेछन् । यसले तत्कालको आवश्यकता पूरा गर्ने मात्र होइन, दिर्घकालीन रुपले पनि शिक्षाको विकासमा योगदान पुग्दछ,’ अवस्थीले बताए । सरकारले शिक्षक अनुमति बिनानै शिक्षण सेवामा प्रवेश गर्ने शिक्षकको पेशागत विकासका लागि तीन चरणमा एक महिने अनिवार्य शिक्षण तालिमको व्यवस्था गर्ने बताइएको छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...