Skip to main content

अख्तियारले शिक्षक, निजी विद्यालय र शिक्षाका कर्मचारीप्रति औँला ठड्यायो


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आफ्नो २४ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति डा. रामवरण यादवसमक्ष पेश गरेको छ ।
प्रतिवेदनले अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढी शिक्षा क्षेत्रसँग सम्बन्धित भएको औँल्याएको छ । प्रतिवेदन अनुसार शिक्षामा विगत एक वर्षको अवधिमा दुई हजार नौ सय उजुरी परेका छन् । शिक्षापछि स्थानीय निकायका उजुरी बढी छन् ।

प्रतिवेदनले औँल्याएका शिक्षासम्बन्धी विषयवस्तु :
शिक्षा क्षेत्रमा देखिएका अनियमितता र विकृतिका कारण लाखौँ बालबालिका आधारभूत र गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारबाट वन्चित छन् । यसैका कारण बर्सेनि ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेशतर्फ पलायन हुनुपरेको अवस्था पनि छ । सार्वजनिक र निजी विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरमा ठूलो अन्तर छ । विद्यार्थी संख्याका आधारमा शिक्षकहरुको दरबन्दी मिलान नभएका कारण पठनपाठन प्रभावित हुने गरेको छ । 
त्यसैगरी विद्यमान कानुन विपरीत शिक्षक नियुक्ति गरिएका र कार्यस्थलमा अस्थित्व नै नभएका झोले विद्यालयहरुको कागजी रेकर्ड मात्र खडा गरी तलब भत्ता, प्रशासनीक खर्च, विद्यार्थी छात्रवृत्ति र भौतिक निर्माण वापत सरकारी अनुदान लिई रकम हिनामिना गर्ने गरेको पाइएको छ । यस्ता झोले विद्यालयहरुमा भएका अनियमितताहरुमा मन्त्रालय, विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयहरुले नियमित अनुगमन र नियमनसम्बन्धी जिम्मेवारी पूरा नगरेको देखिन्छ । आयोगबाट भएको अनुसन्धानको क्रममा झोले विद्यालयहरुमा भएका अनियमिततामा सम्बन्धित जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक र स्रोतव्यक्तिका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु समेतको संलग्नता रहेको पाइएको छ ।
सार्वजनिक शिक्षण संस्थामा स्थायी दरबन्दीमा कार्यरत शिक्षक तथा प्रधानाध्यापकहरु आफ्नो दरबन्दी रहेको संस्थामा कार्यरत नरही अन्यत्र कामकाज गर्ने गरेको देखिएको छ । त्यसैगरी शिक्षक सेवामा प्रवेश गर्न, बढुवा पाउन र विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद प्राप्त गर्ने प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने गरेको पनि पाइएको छ ।
विश्वविद्यायहरुले कलेजको सम्बन्धन दिँदा वा संकाय थप गर्दा, उच्च माध्यमिक शिक्षा परिषद्ले विद्यालय सञ्चालनको स्वीकृति दिँदा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले प्राविधिक शिक्षालयहरु सञ्चालन गर्ने अनुमति दिँदा निर्धारित मापदण्ड पूरा नगरेका संस्थाहरुलाई हचुवाको भरमा सम्बन्धन दिने गरेको देखिएको छ । त्यसैगरी परीक्षाका प्रश्नपत्रको गोपनीयता भंग गर्ने, उत्तरपुस्तिका परीक्षणमा लापरवाही गर्ने र उत्तरपुस्तिकाको अंक अनधिकृत रुपमा सच्याउने जस्ता अनियमितताहरु पनि अनुसन्धानको क्रममा फेला परेका छन् । 

प्रतिवेदनमार्फत शिक्षाका बारेमा दिइएका सुझावहरु :
विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आफू मातहतका मेडिकल कलेज तथा इन्जिनियरिङ कलेज, विद्यालय तथा प्राविधिक शिक्षालयहरु सञ्चालन गर्न सम्बन्धन दिने प्रक्रिया पारदर्शी र वस्तुगत छैन । यसका लागि ती निकायहरुले शिक्षण संस्थाहरु सञ्चालन गर्न सम्बन्धन दिँदा मुलुकको आवश्यकता एवं भौगोलिक सन्तुलनलाई समेत ध्यान दिई पालना गर्नुपर्ने शर्त र पूरा गर्नुपर्ने मापदण्डको सम्बन्धमा स्पष्ट र वस्तुगत आधारहरु तयार गरी पारदर्शी रुपमा कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्ने ।
साथै विश्वविद्यायमा उच्च तहका पदाधिकारी नियुक्ति गर्दा योग्यता र व्यावसायिक दक्षताका आधारमा रोस्टर बनाइ योग्य व्यक्ति नियुक्ति गर्ने तथा प्रशासनीक तथा आर्थिक कार्य सञ्चालन गर्ने कर्मचारीहरुको छनोट र नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने ।
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर दिनानुदिन खस्किदै गएको छ । खस्किदो गुणस्तरलाई सुधार गर्न सामुदायिक विद्यालयहरुमा आधारभूत शैक्षिक पूर्वाधारको उपलब्धता सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने ।
साथै निजी विद्यालयको स्थापना र सञ्चालन गर्ने र तिनमा शुल्क निर्धारण गर्ने लगायतका विषयमा स्पष्ट वस्तुगत आधार र मापदण्ड बनाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने । निजी विद्यालयहरुले जथाभावी असुल्दै आउने गरेको शुल्क नियन्त्रण र व्यवस्थापन गर्न निजी विद्यालयहरुको शुल्क संरचना सार्वजनिक गर्नुपर्ने र विद्यार्थीहरुसँग वार्षिक रुपमा प्रवेश शुल्क लिन नपाउने व्यवस्था समेत गर्नुपर्ने । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...