Skip to main content

सुगौली सन्धि : एक झलक

सुगौली सन्धि सुगौलीको सन्धिमा उल्लेखित धाराहरुः
१.इष्ट इण्डिया कम्पनी र नेपालको राजाको बीचमा स्थायी शान्ति रमैत्री रहनेछ।
२.युद्ध शुरु हुनअघि दइराष्ट्रबीच वादविवाद उठेको जग्गाहरुमा नेपालको राजाले समस्तदावालाई छोडने ।
३.नेपालको राजाले माननीय इष्ट इण्डिया कम्पनीलाई सदाकोलागि तललेखिएका देशहरु दिने ।
(क)काली र राती नदीहरुको बीचमा परेका समस्तसमस्थलभू-भागहरु ।
(ख)बुटवल खासलाई छोडी राप्ती र गण्डकीबीचमा रहेका सम्पूर्ण समस्थलभू-भागहरु ।
(ग) गण्डकरकुसा (कोशी) जूनमा ब्रिटिश शासनाधिकारमा परेको छर खास पर्ने अवस्थामा छ, को बीचमा परेका सम्पूर्ण समस्थल भू-भागहरु,
(घ) मेची र टिष्टाबीचमा परेका सम्पूसमस्थल भू-भागहरु,
(ङ) मोरङदेखि पर्वतसम्म गएको नग्रीको समस्थलभूमिहरु र नगरकोट घाटी सहितका मेचीनदीदेखि पूर्वी पहाडहरुका भित्रका साना प्रदेशहरुको साथै घाटी र नग्रीको प्रदेशहरु,
उपर्यूक्त देशहरुमा यो सन्धिपत्र लागू भएको मितिदेखि चालीस दिनभित्रमा गोर्खा फौजहरु रिक्त गरिनु पर्ने छ।

४.माथि उल्लेखित धाराहरुमा अधिकृत प्रदेशहरु सम्मिलित गार्दा मार्का परेका प्रमुख अधिकारी एवंभारदारहरुलाई क्षतिपूर्ति स्वरुपभत्ता ब्रिटिश सरकारले एकमुष्ट दुर्इलाख रुपैया दिने छ।नेपाल राजाले आफ्नो तजबीजले छनोट गरी वितरण गर्ने स्वतन्त्रता हुनेछ। छनोट हुनेबित्तिकै भत्ताको निम्ति गवर्नर जनरलको क्रमशः मोह तथा हस्ताक्षर सहितको सनदहरु प्रदान गरिने छ।
५. काली नदीका पश्चिममा परेका प्रदेशहरुमा नेपालको राजाले स्वयं, आफ्ना प्रतिनिधि र उत्तराधिकारीहरुका सारा दावाहरु त्याग्ने रती देशहरु र त्यहाँका जनतासंग भविष्यमा पनि सर्म्पर्क राख्न पाउने छैन।
६.नेपालको राजाले सिक्किमको राजाको नियन्त्रणमा रहेका प्रदेशहरु हत्याउने उद्देश्यले उसलाई कहिल्यै पनि अशान्ति अवस्थामा विनाश कार्यमा लगाउन पाउने छैन।साथै नेपाल सिक्किमको राजा तथा जनताबीचमा मतभिन्नता भएमा त्यसमा मतभिन्नताको विषयमा निर्णय ब्रिटिश सरकारले गर्ने छ। जसलाई नेपाल राजाले मान्नु पर्ने छ।
७.नेपालको राजाले ब्रिटिश सरकारको अनुमति बिना कुनै पनि युरोपियनहरु, अमेरिकनहरुलाई आफ्नो सेवामा राख्न पाउने छैन।
८.दुबैराष्ट्रहरुबीच शान्ति एवं मित्रताको सुधार एवंसुरक्षित राख्नकोनिम्ति दुवैसरकारले राजदूतहरुको विनियम गरी आ- आफ्नो राजदरबारमा राख्न मञ्जुर गर्ने ।
९.यो सन्धिलाई १५दिनभित्र नेपालको राज्यले स्वीकृत गरेपछि कर्णल ब्राड साँलाई दिइनेछ जसले२०दिनभित्र वा यथाश्रिघ्र गवर्नर जनरलको स्वीकृति दिई राजालाई सुम्पिने छ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...