Skip to main content

कक्षा ३, विद्यार्थी पनि ३

ओखलढुंगा, माघ १४ -
वरुणेश्वर ७ स्थित मिलन चौतारा प्राविमा सोमबार ४ जनामात्र विद्यार्थी अध्ययनरत थिए। उक्त विद्यालयमा बाल कक्षासहित कक्षा ३ सम्म अध्यापन हुन्छ। विद्यालयकी सुमित्रा राई सोमबार कक्षा ३ मा एक जना छात्रालाई पढाउँदै थिइन्। 'तीन कक्षामा तीनै जना विद्यार्थी छन्। आज दुई जना आएनन्,' राईले भनिन्, 'त्यसैले एकै जनालाई पढाइरहेकी हुँ।' बाल कक्षासहित कक्षा तीनसम्म पढाइ हुने यहाँ विद्यार्थी संख्या २५ रहेको प्रधानअध्यापक कुलबहादुर बानियाँले दाबी गरे। 'टिफिनपछि नै घरतिर लागेछन्,' प्रअ बानियाँले भने, 'दैनिक १०-१५ जना आउँछन्।'
०४७ मा स्थापना भएको प्राविमा चार वर्षअघि कक्षा ४ सम्म पढाइ हुन्थ्यो। विद्यार्थी संख्या कम भएकै कारण ०६७ मा घटुवा गरी कक्षा तीनमा झारिएको हो। करिब १० मिनेटको दूरीमा रहेको गणेश मावि ढुस्केले दुई वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पढाउन थालेपछि यहाँ विद्यार्थी संख्या घटेको उनले बताए।
प्रअसहित दुई शिक्षक दरबन्दी रहेको विद्यालयमा एक दरबन्दी हालै रिक्त भएको छ। विद्यालय अनुदानबापत प्राप्त ३० हजार रुपैयाँ सहयोगमा कर्मचारीका रूपमा सुमित्रा २ महिनाअघि नियुक्त भएकी हुन्। उनले पनि शिक्षिकाकै रूपमा पढाउने गर्छिन्। विद्यार्थी उपस्थित न्यून भएपछि कर्मचारीलाई खाली समय बिताउन धौधौ पर्छ। कतै शिक्षक दरबन्दीको संख्याभन्दा विद्यार्थीको चाप बढी भएको गुनासो आइरहँदा यहाँ विद्यार्थीविहीनजस्तै गरी चलेको स्थानीय अभिभावकले बताए। निमित्त जिल्ला शिक्षा अधिकारी शंकरबाबु श्रेष्ठले स्रोत शिक्षकमार्फत विद्यार्थीको संख्या अनुगमनपछि यस्तालाई पुनः गाभ्न सकिने जनाए। दुई वर्षअघिमात्र जिल्लाको दुई दर्जन विद्यालय गाभिए पनि यस्ता दर्जनौं अहिले पनि सञ्चालनमा छन्।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...