Skip to main content

समसामयिक सामान्य ज्ञान

. ब्राण्ड रिपोर्ट २०१३ का अनुसार
विश्वमा सबैभन्दा बहुमूल्य ब्राण्ड कुन हो ?
-एप्पल
२. शितल निवासलाई कहिलेदेखि राष्ट्रपति भवन बनाइएको हो ?
-असार 22,२०६५
३. महान्यायाधिवक्ताको पदावधि कति वर्ष रहन्छ ?
-प्रधानमन्त्रीको इच्छा अनुसारको अवधी
४. नेपालमा प्रत्यक वर्ष कति तापक्रम वढ्दै गएको छ?
-0.06 सेल्सियस
५. सार्कको लोगोमा कतिवटा परेवा रहेका छन् ?
-सात
६. महान्यायाधिवक्ताको कार्यालय नेपालको कुन संगठन तालिकाअन्तर्गत
पर्दछ ?
-केन्द्रिय संगठन
७. चालु तेह्रौँ योजना (२०७०/७१-२०७२/७३)मा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय कति पुर्याउने लक्ष्य राखिएको छ ?
-US $ 902
८. हाल नेपालीको प्रतिव्यक्ति राष्ट्रिय
आय कति रहेको छ ?
-US $ 721
९. सरकारले 2070 कार्तिक 22 गते मनाएको पहिलो विश्व सहरी योजना दिवसको नारा के थियो ?
-‘सहरी योजना र मापदण्ड,व्यवस्थित सहरको मेरुदण्ड’
१०. निजामती सेवाको पदमा नियुक्तिको निमित्त उम्मेदवार छनौट गर्न परीक्षा कसले सञ्चालन गर्दछ ?
-लोकसेवा आयोग
११. हाल नेपालीको औसत आयु कति बर्ष
रहेको छ ?
-६९.१ बर्ष
१२. तेह्रौँ योजना (२०७०/७१-२०७२/७३) ले नेपाली जनताको अपेक्षित औसत आयु कति बर्ष पुर्याउने लक्ष्य राखेको छ ?
-७१ बर्ष
१३. सरकारले पहिलो विश्व सहरी योजना दिवस कहिले मनाएको छ ?
-२०७० कार्तिक २२
१४. नेपालको अन्तरिम संविधान 2063
को कुन धारामा ‘संविधान सभा अदालत’
को गठन गर्न सकिने कुरा उल्लेख छ ?
-धारा 118
१५. मानव मुटुको पहिलो सफल प्रत्यारोपण कसले गरेका थिए ?
-क्रिष्टन एन बनार्ड
१६. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो ?
-व्यवहार अध्ययन गर्ने विज्ञान
१७. जलविद्युत तथा पानी निर्यात गरेर
कमाएको विदेशी मुद्रालाइ के भनिन्छ ?
-White Dollar
१८. नेपाल सरकारको प्रमुख प्रशासकीय
अधिकारी को रहन्छ ?
-मुख्य सचिव
१९. कुन जातिको पुरोहितलाई ‘भुषाल’
भनिन्छ ?
-मगर
२०. नेपालमा कानुनी रुपमा छुवाछुत र जातीय विभेदको अन्त्य कहिलेको मुलुकि ऐनले गरेको हो ?
-2020 को नयाँ मुलुकी ऐन
२१. रावणले सीतालाइ हरेर लगेर कुन बगैँचामा राखेको थियो ?
-अशोकवाटिका
****************************************************************************
• भारतमा सन् २०१४ जुन २ मा २९ औं राज्यका रुपमा घोषित भएको राज्य कुन हो?
– तेलंगना
• वि.सं २०७० मंसिर ४ मा सम्पन्न भएको दोस्रो संविधान सभाको निर्वाचनमा सबैभन्दा कम मत ल्याई निर्वाचित हुने सभासद को हुन् ?
– रोमी गौचन थकाली
• अठारौं सार्क शिखर सम्मेलनले कतिबुदे घोषणा जारी गरेको थियो ?
– ३६ बुदेँ
• क्रिकेट खेलमा नेपालले टि २० को मान्यता कहिले प्राप्त गरेको हो ?
– सन् २०१४ जुन २८
• फिलिपिन्समा चार दशकदेखि बिद्रोह गर्दै आएको मोरो इस्लामिक लिवरेसन फ्रन्ट र सरकारबीच शान्ति सम्झौता कहिले भयो ?
– सन् २०१४ मार्च २७
• सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु भएको हो ?
– वि.सं २०७१ मंसिर १४ गते
• सन् २०१४ को नोबेल शान्ति पुरस्कार बिजेता भारतका बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता कैलाश सत्यार्थी नेपालको ३ दिने भ्रमणका क्रममा कहिले काठमाडौं आउनुभएको थियो ?
– वि.सं २०७१ पुष ४ गते
• सन् २०१४ को अप्रिल ११ मा युनिसेफले नेपालको तर्फबाट राष्ट्रिय दूतका रुपमा कसलाई नियुक्त गरियो ?
– आईङ छोइङ डोल्मा
• पछिल्लो पटक शिक्षा मन्त्रालयले लिएको एमबिबिएस परिक्षाको प्रश्नपत्र कहिले आउट भएको थियो ?
– वि.सं २०७१ मंसिर २०
• काठमाडौं दिल्ली बस सेवा संञ्चालन कहिलेबाट सुरु भएको हो ?
– वि.सं २०७१ मंसिर ९ गते
• सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने अर्थशास्त्री को हुन् ?
– जँ टिरोल ( फ्रान्स )

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...