Skip to main content

शिक्षक ब्यवस्थापनको जिम्मा प्रादेशिक सरकारलाई

काठमाडौँ । शिक्षा मन्त्रालयले माध्यमिक तहको परीक्षा प्रादेशिक सरकारले सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेको छ ।

शिक्षा मन्त्रालय, युनेस्को र शिक्षा पत्रकार सञ्जाल (इजोन)ले शिक्षा पत्रकारहरुका लागि सञ्चालन गरेको "शिक्षा र संघीयता" विषयक दुई दिने प्रशिक्षणमा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले यस्तो जानकारी दिनुभयो ।

मन्त्रालयले संघीय संरचनामा मुलुक गई सकेपछि शिक्षासम्बन्धी दायित्व र जिम्मेवारीका बारेमा बाँटफाँट गरेको छ । सो प्रस्तावलाई संघीय मामिला मन्त्रालयमा पठाउने तयारी गरिएको छ । सहसचिव डा. लम्सालले केन्द्र (संघ), प्रादेशिक सरकार र स्थानीय सरकारले कुन कुन क्षेत्रको जिम्मा लिनुपर्दछ भन्ने खाका तयार गरिएको बताउनुभयो ।

उहाँका अनुसार केन्द्रले परीक्षा बोर्डमार्फत उपलब्धि परीक्षण गर्ने छ भने प्रादेशिक शिक्षा बोर्डमार्फत माध्यमिक तहको परीक्षा सञ्चालन र प्रमाणिकरण गरिने छ । त्यस्तै, आधारभूत तहको अन्तिममा लिने परीक्षा सञ्चालन स्थानीय सरकारको दायित्व हुनुका साथै प्रमाणीकरणको जिम्मा पनि उसैको हुनेछ ।

उहाँले शिक्षक व्यवस्थापन नीति केन्द्रले बनाए पनि शिक्षक व्यवस्थापन प्रादेशिक सरकारले गर्ने प्रस्ताव अगाडि सारिएको जानकारी दिनुभयो ।

शिक्षा पत्रकारहरुलाई शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, राष्टिय योजना आयोगका सहसचिव डा. तीर्थराज ढकाल, पूर्व शिक्षा सचिव जनार्दन नेपाल, अर्थ मन्त्रालयका सहसचिव निर्मलहरि अधिकारी, युनेस्को काठमाडौँ कार्यालयका शिक्षा विशेषज्ञ तपराज पन्त, नेपाल पत्रकार महासँघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो ।
 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...