Skip to main content

सहमतिविरुद्ध आयोगले विज्ञापन खोलेकोमा शिक्षक महासंघको आपत्ति

काठमाडौं, २४ चैत्र । शिक्षा मन्त्रालयले शिक्षक संघ–संगठनहरुसँग गरेको सहमति विपरित शिक्षा सेवा आयोगले विज्ञापन खोलेको भन्दै आपत्ति प्रकट गरेकोछ ।
महासंघले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै शिक्षा सेवा आयोगले चैत्र २३ गते खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा शिक्षक पदपूर्तिको लागि गरिएको विज्ञापनको विरोध गरेको हो ।
महासंघले यो विज्ञापनले नेपाल सरकारले २०६३ वैशाख १० गते पछि शिक्षण पेशामा प्रवेश गरेका अस्थायी शिक्षकहरुको व्यवस्थापनको बारेमा सरकार र शिक्षक समुदायबीच २०७१ साल पुष १० गते भएको सहमतिको एकतर्फी उल्लंघन गरेको जनाएको छ ।
महासंघका अध्यक्ष केशव निरौला र महासचिव तिलक कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०६३ वैशाख १० देखि यताको रिक्त अस्थायी दरबन्दीमा विज्ञापन गर्दा कुल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशतमा खुल्ला परीक्षा गर्न शिक्षा ऐनमा आवश्यक संशोधन गरी आयोगद्वारा विज्ञापन गर्ने निर्णयको स्मरण गरिएको छ ।
त्यसै गरी २०६६ साल कार्तिक ११ गते भएको १४ बुँदे सहमति र २०६८ साल चैत्र २ गते भएको सहमति अनुसार २०५९ पौष २० गते भन्दा अघि नियुक्ति भएका शिक्षकहरुलाई सोहि पदमा र २०६१ साल श्रावण २१ भन्दा अगाडि लियन तथा सट्टा शिक्षक दरवन्दीमा नियुक्त शिक्षकहरुको समेत आन्तरिक प्रतिस्पर्धा गरी पदपूर्ती गर्ने निर्णयको पनि सरकारले एकतर्फी रुपमा उल्लंघन गरेको महासंघको बुझाई छ ।

महासंघले सरकारले विभिन्न समयमा अस्थायी शिक्षक संघर्ष समितिहरुसँग गरेको सहमतिहरुसमेत तोडेको ठहर गरेको छ । वक्तव्यमा भनिएको छ, ‘यो विज्ञापनले उक्त सहमतिहरुको ठाडो उल्लंघन गरी लामो समयसम्म अस्थायी सेवामा कार्यरत शिक्षकहरु माथि अन्याय भएको नेपाल शिक्षक महासंघको ठहर छ ।’
शिक्षक महासंघले सरकारले निरन्तर रुपमा शिक्षकहरुसँग गरिएको सम्झौताप्रति धोका दिएको भन्दै दबावमुलक आन्दोलनमा जुट्न अपिल गरेको छ ।

NTF appeal

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...