Skip to main content

लक्षित समुदायसम्म पुग्न सकेन छात्रवृत्ति

काठमाडौँ, २५ चैत । पाल्पास्थित एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुमन परियारले  ५०० दलित छात्रवृत्ति पाउनुपर्नेमा ३०० मात्र पाए ।
दलित समुदायका विद्यार्थीलाई पाठ्यपुस्तक, भर्ना र परीक्षा शुल्क नलाग्ने भनिए पनि उनले तिर्दै आएको छ । ‘दलित समुदायका लागि हरेक विद्यालयमा निःशुल्क गरिएको छ भनिन्छ, तर स्कुलले मलाई सबै शुल्क लिने गरेको छ, पाउनुपर्ने छात्रवृत्ति पनि पूरा दिँदैनन्’–परियारले भने । उनका अनुसार दलित समुदायको नाममा आएको छात्रवृत्ति गैरदलित विद्यार्थीले समेत पाउने गरेका छन् ।
सुमन अध्ययन गर्ने विद्यालयले मात्र होइन् । देशैभरि रहेका अन्य विद्यालयले समेत दलित समुदायका लागि छुट्याएको छात्रवृत्ति विद्यालयको अन्य कामका लागि खर्च गर्ने गरेको दलित समुदायको गुनासो छ ।

सभासद् तथा दलित अधिकारकर्मी कमला विश्वकर्माले दलित समुदायका लागि भनिएको छात्रवृत्तिबाट कतिपय विद्यालयले कटौती गरेर कर्मचारीलाई तलब खुवाउने गरेका छन्, त्योबारेमा सम्बन्धित निकायले अनुगमन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने बताए ।
दलित समुदायको शैक्षिक विकास गर्ने उद्देश्यले २०४६ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखि दलित छात्रवृत्ति कार्यक्रम लागू गरिएको थियो ।
स्पष्ट मापदण्डको अभावमा सो छात्रवृत्ति पुग्नुपर्ने लक्षित समुदायसम्म पुग्न नसकेको जागरण मिडिया सेन्टरका महासचिव दीपक परियारको भनाइ छ ।
कक्षा १ देखि ८ सम्मका दलित विद्यार्थीलाई ४००, कक्षा ९ र १० का विद्यार्थीलाई ५०० छात्रवृत्तिसहित पोसाक, पुस्तक र परीक्षाका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
दलित सेवा सङ्घका अध्यक्ष चक्रमान विश्वकर्माले केही विद्यालयले दलित छात्रवृत्तिका बारेमा बद्मासी गर्दै आएको दावी गरे ।
दलित समुदायका लागि प्रदान गरिने छात्रवृत्ति, कोटा तथा अन्य सहयोग पारदर्शीरूपमा दलित समुदायकै हितमा प्रयोग गरिनुपर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठनका नेता ललित विकले माग गरे । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...