सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो ।
एक्सन रिसर्च के हो ?
एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्षक�विद्यार्थी दुबै पक्ष लाभान्वीत गरिने क्रियाकलाप एक्सन रिसर्च हो । यो नामैले अर्थ र काम स्वयम् बोलिरहेको छ । मुख्यतः एक्सन रिसर्च सारमा कार्यमूलक विज्ञान नै हो । सयौं विद्वान एवम् शिक्षाविदहरुले एक्सन रिसर्चलाई परिभाषित गर्दै व्याख्या गर्नुभएको छ ।लरेन्स स्टेनहाउसका अनुसार शिक्षक आफैंमा एक अनुसन्धानकर्ता हो । अनि वास्तविक कक्षाकोठाहरु नै प्रयोगशाला हुन् र ती शिक्षकबाटै निर्देशित हुन्छन्, न कि अनुसन्धानकर्ताहरुबाट । शिक्षक मात्र त्यस्ता व्यक्ति हुन्,जसले विद्यालयलाई बुझेर परिवर्तन गर्न सक्छन् । एक्सन रिसर्च शिक्षकको पेसागत कामसँग प्रत्यक्ष जोडिएको छ । एक्सन रिसर्चलाई निचोडमा बुझ्ने हो भने एउटा शिक्षकले आफ्नो स्कुलमा प्रतिदिन सामना गर्नु परेका समस्याहरु जुन स्वयम् शिक्षकले अनुसन्धानमार्फत् समाधान गर्न सक्ने खालकालाई हल गर्ने विधि हो । निम्न उद्देश्यहरुबाट एक्सन रिसर्चलाई बुझ्न थप मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।
एक्सन रिसर्चका उद्देश्यहरुः
१.
पाठ्यक्रम कार्यान्वयनमा
सुधार गर्नु
|
||||||||
२.
कक्षाकोठाका
समस्याहरु समाधान गर्नु
|
||||||||
३.
स्थानीय समस्या स्थानीय तहमै समाधान गर्नु
|
||||||||
४.
समस्या समाधान गर्न वैज्ञानिक चिन्तनको विकास गर्नु
|
||||||||
५.
विद्यालय प्रणालीलाई प्रभावकारी बनाउनु
|
||||||||
६.
सिकारुहरुको
शैक्षिक उपलब्धिस्तर
उकास्नु
|
||||||||
७.
शिक्षण विधि र शैक्षिक सामग्रमा सुधार गर्नु
|
||||||||
८.
प्रजातान्त्रिक
मूल्य, मान्यता र प्रवृत्तिको विकास गर्नु
एक्सन रिसर्चका महत्वहरुः
|
एक्सन रिसर्चका विशेषताहरुः
|
||||
१.
स्थानीय चासोका समस्याहरुको
तत्काल खोजी गर्न सहयोग गर्ने
|
||||
२.
यो अनुसन्धान शिक्षकले गर्दछन्
|
||||
३.
व्यवहारिक र कार्यमूलक हुन्छ
|
||||
४.
विद्यालय एवम् कक्षाकोठामा प्रयोग हुन्छ
|
||||
५.
पाठ्यक्रमका
समस्याहरुलाई
वैज्ञानिक प्रक्रियो समाधान गर्छ
|
||||
६.
विकासात्मक ढाँचाको अनुसन्धान परियोजना
|
||||
७.
शैक्षिक क्षेत्र सुधार गर्ने विधि
|
||||
८.
निष्कर्षहरु
तत्काल प्रयोग हुने
|
||||
एक्सन रिसर्चका प्रकारहरुः
|
||||
१.
एक शिक्षकबाट गरिने
|
||||
२.
समूहद्वारा गरिने
|
||||
३.
विद्यालयतहमा
गरिने
|
||||
४.
जिल्लास्तरमा
गरिने
|
||||
५.
राष्ट्रियस्तरमा
गरिने
|
||||
एक्सन रिसर्चको खाकाः
|
||||
यसका
मुख्य चार अङ्ग हुन्छन् ।
(क)
प्लान (ख) एक्सन (ग)
अब्जर्भेसन (घ) रिफ्लेक्सन ।
यी ४ पक्षहरुको चक्र
नै कार्यमूलक अनुसन्धान हो
। सर्वप्रथम एक्सन रिसर्चको प्रारम्भ योजना निर्माणबाट गरिन्छ र
यो योजना निर्माण शैक्षिक समस्यामा आधारित हुन्छ ।
समस्याको पहिचानपश्चात्
सम्भाव्य समाधानका विधि तयार गर्नु योजना निर्माण हो
। दोस्रो चरणमा, योजना अनुरुप सम्बन्धित समस्या समाधानको विधिमा एक्सनमा जानु
हो । यो
महत्वपूर्ण चरण भएकोले यसमा
यथार्थपरक र वास्तविकता हुनैपर्छ ।
तेस्रो चरणमा अब्जर्भेसन पर्दछ । यो पहिले र
अहिले के भयो भनेर
तुलना गर्ने अनि भिन्नताको विश्लेषण गर्ने, एक्सनको पर्यवेक्षण, परीक्षण अत्यन्त सुक्ष्मढंगले गर्नुपर्छ ।
चौथो चरणमा रिफ्लेक्सनलाई लिइएको छ
। यो नतिजाको असर
बुझ्ने वा त्यसको प्रभाव कस्तो रह्यो, फेरि
के योजना बनाउनुपर्ला ? भन्ने बारेमा यस
चरणमा पत्ता लगाइन्छ ।
|
||||
यसरी
समस्याको पहिचान, समाधानको उपायहरुको योजना र कार्यान्वयन हुँदै ती
योजना अनुसारका विधिहरुको प्रयोगको स्वभाव र अवस्थापश्चात् रिफ्लेक्सन चाहिँ नतिजाको असर
तुलना, विश्लेषण, थप
|
||||
सुधारका नयाँ
योजना नै एक्सन रिसर्चको मुख्य खाका
हो, जुन चक्रिय विधि
हो । यसरी
एक्सन रिसर्चको उल्लेखित ४ स्टेपहरुपश्चात् प्रतिवेदन तयार
गरिन्छ । प्रतिवेदनमा तपसिलका बुँदाहरु उल्लेख गर्नुपर्छ ।
| ||||
एकसन रिसर्च रिपोर्टको नमूना (खाका)
|
||||
१.
कार्यमूलक अनुसन्धानको
शीर्षकः यस अन्तर्गत शैक्षिक समस्या उल्लेख गरिन्छ, जुन
दैनिक फेस गरिएको र
समाधान गर्न सकिने हुन्छ ।
|
||||
२.
अनुसन्धानकर्ताको
विवरणः यसमा अनुसन्धानकर्ताको नामथर, ठेगाना, विद्यालय र
अन्य कुरा समावेश गर्न
सकिन्छ ।
|
||||
३.
परिचयः यस अन्तर्गत निश्चित समस्याको एक्सन रिसर्च गर्नुपरेको विवरणबारेको परिचय उल्लेख गरिन्छ ।
संक्षिप्तमा
उक्त समस्याले पारेको प्रभावसँग जोडिएका तमाम
पक्षहरुको उजागर गर्नुपर्ने हुन्छ । समस्या पहिचानसँगै यसको
पृष्ठभूमि र समस्याको विस्तृतिकरण बुझिने गरी
सरल ढंगमा समस्याको कथन
प्रतिवेदनमा
उल्लेख गरिन्छ ।
|
||||
४.
सम्पादित क्रियाकलापको
विवरणः समस्या समाधानको लागि तयार गरिएका अर्थात योजनामा उल्लेखित विधिहरुको क्रमबद्ध विवरण सूची
यस प्रतिवेदनको महत्वपूर्ण अंग
हो । ती
उपाय र विधिहरुलाई कसरी
व्यवहारमा लगिँदाको क्रियाकलापहरु
प्रतिवेदनमा
समेट्नुपर्छ
।
|