नमुना प्रश्नपत्र
विषय : सामाजिक अध्ययन
तह : माध्यमिक
समूह ख
विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४०
१.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अध्ययनको औचित्य प्रष्ट पार्नुहोस् ।
२.पाठ्यक्रमको संक्षिप्त परिचय दिनुहोस् । सामाजिक विषयको वर्तमान पाठ्यक्रम अनुसार निर्धारित विषयवस्तु पाठ्यभार र घण्टी उल्लेख गर्नुहोस् ।
३. सामाजिक विषय अध्ययन गर्न उपयुक्त शिक्षण विधिहरुको सुची तयार गरेर उक्त विधि प्रयोग गर्न सकिने गरी कुनै एक शीर्षक शिक्षण गर्न तीनवटा क्रियाकलाप प्रस्तुत गर्नुहोस् ।
४.समाजमा वढ्दो भष्ट्रचार न्युनिकरणमा नागरिक समाजको भुमिका प्रष्ट पार्दै एक स्थानिय पत्रीकाको लागि सम्पादकिय लेख तयार गर्नुहोस् ।
५. संयुक्त राष्ट्रसंघिय शरणार्थी आयोगका वारेमा छोटो लेख लेख्नुहोस् ?
६. कुनै पनि नक्सा कार्य गर्दा स्केलको किन आवश्यकता पर्छ ? स्केल छनौट गर्दा कति प्रकारवाट गर्न सकिन्छ ? नाम लेखी प्रत्येकको एक ÷एक उदाहरण दिनुहोस् ।
७. नेपाल वाहिर करिव २० लाख नेपालीहरु कामका लागि गएका छन् यसवाट धेरै विप्रेषण रकम नेपाल भित्रिएको छ । विप्रेषण रकमको सही सदुपयोग गर्न उपयुक्त सुझाव दिई पाँच वर्षे योजना वनाउन अनुरोध गरी राष्ट्रिय योजना आयोगलाई एउटा पत्र लेख्नुहोस् ।
८.नेपालको पहिलो संविधान सभाले संविधान निर्माण गर्न सकेन । यसको समायावधी पनि सकियो । संविधान निर्माण गर्न नसक्नुमा राजनैतिक दलको भुमिका आलोच्य रह्यो । अव दोश्रो संविधान सभावाट संविधान वनाउन दलहरुले के कस्तो भुमिका पुरा गर्नुपर्छ ? उल्लेख गर्नुहोस् ।
समूह ग
समस्या मुलक तथा शिक्षा सम्वन्धि नविनतम ज्ञान, सीप र प्रविधि १०×४ = ४०
९. दक्ष जनशक्तिको उत्पादन विना देश विकास सम्भव छैन । नेपालमा चाहिँदो मात्रामा दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । भएका जनशक्ति पनि विदेशतिर पलायन हुदै गइरहेको छ । देशमा दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सृजना गर्ने कुनै पाचँ वटा उपायहरु लेखी जनशक्ति पलायन रोक्न के कस्तो कार्ययोजना आवश्यकपर्छ ? लेख्नुहोस ।
१०. सामाजिक अध्ययन कक्षा — १० को एकाई पाँच नागरिक चेतनाको कुनै एक पाठ शिक्षणको लागि ४५ मिनेटको कक्षामा आवश्यक पर्ने दैनिक पाठ योजना तयार गर्नुहोस् ।
११. स्थानिय पाठ्यक्रम भनेको के हो ? यो कसले तयार गर्दछ ? स्थानिय पाठ्यक्रम निर्माण सम्वन्धि चरण वा तहहरु उल्लेख गर्नुहोस् ।
१२. शिक्षामा नविनतम ज्ञान, सीप, धारणा भनेको के हो ? विश्व परीवेशमा आएको नविनतम् प्रयोगलाई तपाई एक कुशल शिक्षकको नाताले कक्षा कोठामा कसरी प्रवेश गराउनु हुन्छ ? लेख्नुहोस. ।
स्रोत : http://educhautari.blogspot.com/
2013_08_01_archive.htm
प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...