Skip to main content

सामाजिक अध्ययन शिक्षण का समस्या र समाधान

Q. माध्यमिक विद्यालय तहमा सामाजिक अध्ययन विषयको शिक्षणको लागि नेपाल सरकारले पाठ्यक्रममा गरेको व्यवस्थाका बारेमा चर्चा गर्दै यस विषय शिक्षणका सन्दर्भमा पाइएका समस्या र ती समस्याहरूको प्रभावकारी समाधानका उपायहरू पनि सुझाउनुहोस् ।
उत्तरः माध्यमिक विद्यालय तहमा सामाजिक अध्ययन विषयको शिक्षणको लागि नेपाल सरकारले पाठ्यक्रममा गरेको व्यवस्थालाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
(क) पूर्णाङ्क १००
(ख) पाठ्यभार ५
(ग) समेटिएका विषयवस्तु ः राजनीतिशास्त्र, नागरिक शास्त्र, भूगोल, इतिहास, समाजशास्त्र, संस्कृति, अर्थशास्त्र, मानवशास्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व र परिवेश, जलबायुपरिवर्तन
(घ) सामाजिक अध्ययन विषयको विषयगत र कक्षागत उद्देश्यहरु
(ङ) विषयवस्तु क्षेत्र क्रम र तालिका
(च) शिक्षण सिकाइ प्रक्रिया
(छ) मूल्याङ्कन प्रक्रिया
(ज) पाठ्यभार र अङ्कभार विभाजन
माध्यमिक तहमा सामाजिक अध्ययन विषयसँग सम्बन्धित समस्याहरु ः
(क) सामाजिक अध्ययनमा समाविष्ट सबै विषयवस्तुमा विज्ञ शिक्षकहरुको व्यवस्था गर्न नसक्नु
(ख) पाठ्यपुस्तकमा समेटिएका विषयवस्तुलाई भन्दा समसामयिक विषय र सन्दर्भलाई मूल्याङ्कनको आधार बनाइनु
(ग) पाठ्यवस्तु÷पाठ्यभार तथा समयबीचको तालमेल नहुनु
(घ) विषयवस्तु सुहाउँदो विद्यालयमा उपलव्ध शैक्षिक सामग्रीको कमी हुनु
(ङ) सामुदायिक कार्यलाई बढी प्रोत्साहन दिएकोले शैक्षिक क्रियाकलापमा वाधा पर्न गएको
(च) विश्वविद्यालयहरुबाट सामाजिक अध्ययन विषय शिक्षणका लागि केन्द्रित गरेर जनशक्ति उत्पादन नगर्नु
(छ) शिक्षकमा स्वअध्ययन गर्ने बानीको कमी हुनु
(ज) कक्षा शिक्षणमा शैक्षिक सामग्रीहरुको प्रयोगमा कमी हुनु
(झ) विद्यार्थीहरुले यस विषयलाई कम महत्व दिएर अध्ययन गर्नु
(ञ) प्रधानाध्यापकको नेतृत्व क्षमता कमजोर हुनु
(ट) शिक्षकहरुलाई पेशागत सहयोगको कमी हुनु
सामाजिक अध्ययन विषय शिक्षणमा देखिएका समस्याहरुको समधानका उपायहरुः
(क) सामाजिक अध्ययन विषय शिक्षकलाई तालिमको अवसर दिई उनीहरुमा विशेषज्ञता बढाउनु पर्ने
(ख) पाठ्यपुस्तकमा थप समसामयिक विषयवस्तुलाई जोड दिई सन्दर्भ सामग्री निश्चित गर्नुपर्ने
(ग) पाठ्यवस्तु÷पाठ्यभार तथा समयवीच तालमेल मिलाउनु पर्ने
(घ) विद्यालयले सामाजिक अध्ययन विषयका शैक्षिक सामग्रीको उचित व्यवस्थापनमा जोड दिनुपर्ने
(ङ) शैक्षिक कार्यकलापलाई वाधा नपर्ने गरी सामुदायिक कार्यको छनौट÷चयन गर्नुपर्ने र स्थानीय विषयवस्तुलाई महत्व प्रदान गर्नुपर्ने
(च) शिक्षकले स्वअध्ययन बढाएर आपूmलाई अझ सक्षम बनाउनु पर्ने
(छ) विद्यालय निरीक्षक र स्रोतव्यक्तिबाट शिक्षकलाई पेशागत सहयोग उपलव्ध गराउनु पर्ने
(ज) विद्यालयले सामाजिक अध्ययन विषयका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीको व्यवस्था गर्नुपर्ने
(झ) शिक्षकले आफ्नो शिक्षण कार्यमा शैक्षिक सामग्रीहरुको प्रयोगलाई बढाउनु पर्ने
(ञ) प्रधानाध्यापकले आफ्नो शैक्षणिक नेतृत्व क्षमतालाई बढाएर शिक्षकहरुलाई पेशागत सहयोग उपलव्ध गराउनु पर्न

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...