Skip to main content

नेपाली सेनाव्दारा पक्की पुस्तकालय भवन निर्माण :

महेन्द्र केसी, पर्वत २०७२ असार १५  नेपाली सेनाको रण दल गुल्म पर्वतले पर्वतको एक क्याम्पसमा पुस्ताकलय भवन निर्माण गरिदिएको छ । बैशाख १२ गते गएको महाविनासकारी भुकम्पका कारण खानीगाउँ ३ फलेवासमा रहेको पर्वत बहुमुखी क्याम्पसको पुस्ताकलयमा क्षती भएपछि नेपाली सेनाले उक्त पुस्ताकलय निर्माण गरी दिएको हो । रणदल गुल्मका सहसेनानी निराकारयुद्ध खाँणको नेतृत्वमा गएको ३१ जनाको टोलीले क्याम्पसमा पक्की इट्टाको दुई कोठे पुस्ताकलय निर्माण गरिदिएको हो ।
dn (10)dn (2)
करिब सात दिन लगाएर सेनाले उक्त पुस्ताकलय निर्माण गरिदिएको हो । सेनाले क्याम्पसमा पुस्ताकलय निर्माण गरिदिएपछि क्याम्पस प्रशासन खुशी भएको छ । सेनाले महाविपदका बेलामा पनि गाउँगाउँमा परिचालित भएर विपदमा परेका उद्धारको पर्खाइमा रहेकाहरुको उद्धार ग¥यो, विभिन्न ठाउँमा पनि टहरा निर्माण गरिदियो, हाम्रो क्याम्पसको आर्थिक अवस्था निक्कैनै कमजोर भएका कारण कसरी पुस्तकालय बनाउने भन्ने सोचमा थिर्यौ , सेनाको सहयोग माग्यौं , आएर सात दिनमा हाम्रो पुस्ताकलय तयार पारिदिए विद्यालय स्रोतले भन्यो । सेनाको काम बास्तबमानै प्रशंसा गर्न योग्य छ । नेपाली जनताको हरेक सुख दुखमा सेना समर्पित छ भन्ने कुरा विपदमा उसले देखाएको क्रियाकलापले प्रष्ट पारेको छ । सेनाले जिल्लामा हालसम्म १६ वटा विद्यालयमा ५४ वटा अस्थाई कक्षाकोठा र चालिस गाविस र नगरपालिकामा गरी ९० घरहरुको भग्नावशेष हटाउनुको साथै पीडितलाई सुरक्षित ठाउँमा राख्ने कार्य गरेको छ ।
तस्वीर ः नेपाली सेनाले फलेवासमा रहेको पर्वत बहुमुखी क्याम्पसमा २ कोठे पुस्ताकलय निर्माण गर्दै ।



Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...