Skip to main content

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू
सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः
अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः
 समूह विभाजन
 छलफल गर्ने विषयवस्तुको निर्धारण
 छलफल गरिने समयको निर्धारण
 समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )
 छलफलमा सहभागी हुने तरिका निर्धारण ( पालैपालोस―ग बोल्ने, अरूले बोलेको राम्ररी सुन्ने, धेरै नबोल्ने आदि )
 समूहको निष्कर्ष टिपोट गर्ने
 टोली नेताबाट प्रस्तुति गर्ने आदि
आ) प्रश्नोत्तर विधि ः शिक्षकले विद्यार्थीलाई, विद्यार्थीले शिक्षकलाई, विद्यार्थीले विद्यार्थीलाई प्रश्न गरेर गर्ने र त्यसको उत्तर दिने विधि नै प्रश्नोत्तर विधि हो । यो विधि पनि विद्यार्थी केन्द्रित विधिअन्तर्गत पर्दछ । सामाजिक अध्ययन प्रश्नोत्तर विधिको प्रयोग निम्नलिखित अवसरमा गर्न सकिन्छ ः
 प्रश्नोत्तर सञ्चालन सम्बन्धमा योजना बनाउने
 शिक्षकले विद्यार्थीलाई प्रश्न गर्दा सामूहिक रूपमा गर्ने तर उत्तर व्यक्तिगत रूपमा लिने
 प्रश्न स्पष्ट र सबैले बुभ्mने सोध्ने
 प्रश्नोत्तरको क्रममा विद्यार्थीस―ग भथभ अयलतबअत गर्ने
 प्रश्नको उत्तर जान्ने र कमजोर सबै प्रकारका विद्यार्थीहरूलाई दिने अवसर प्रदान गर्ने
 आवश्यक भए पूरक प्रश्न पनि गर्ने
 विद्यार्थीलाई पनि प्रश्न सोध्ने अवसर प्रदान गर्ने
इ) परियोजना विधि ः निश्चित समयभित्र विद्यालयभित्र वा बाहिर गएर विद्यार्थीहरूलाई निश्चित कार्य गर्न लगाई त्यसको प्रतिवेदन प्रस्तुति गर्न लगाउने विधि परियोजना विधि हो । यो विधि प्रयोग गर्दा निम्नलिखित पक्षमा ध्यान दिनुपर्छ ः
 परियोजना कार्यको शीर्षक निर्धारण गर्ने
 उद्देश्य तयार गर्ने
 विद्यार्थीहरूमा कार्य विभाजन गर्ने
 परियोजना कार्य गर्नुपर्ने स्थान तोक्ने
 काम सम्पन्न गर्नुपर्ने समय अवधि तोक्ने
 परियोजना कार्यको प्रतिवेदनको ढा―चा निर्धारण गर्ने
 परियोजना कार्य गराउने
 विद्यार्थीहरूले गरेको कार्यमा अवलोकन गर्ने र आवश्यक भए सुझाब दिने
 प्रतिवेदन प्रस्तुत गराउने र छलफल गराउने आदि
ई) अभिनय विधि ः सामाजिक अध्ययनमा यो विधि विशेष गरेर समाजमा रहेका पात्रहरूको बारेमा अनुकरण गर्नका लागि प्रयोग गरिन्छ । यो विधि तल्ला कक्षाहरूमा बढी प्रभावकारी हुने भए तापनि आवश्यकतानुसार जुनसुकै तहमा पनि प्रयोगमा ल्याउन सकिन्छ । यो विधि प्रयोगमा ल्याउने क्रममा निम्नलिखित पक्षमा ध्यान दिनुपर्छ ः
 अभिनयको शीर्षक र विषयवस्तु छनोट गर्ने
 कुन विद्यार्थीलाई कस्तो भूमिका अभिनय गराउने भन्नेबारे पूर्व योजना बनाउने
 अभिनय गराउ―दा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पर्ने नपर्ने पक्षमा ध्यान दिने । नकारात्मक असर पु¥याउने प्रकारको अभिनय नगराउने
 बालबालिकाहरूलाई विषयवस्तुअनुसार अभिनय गराउने र आपूmले अवलोकन गर्ने
 अभिनय पश्चात् वा अभिनयकै क्रममा आवश्यक भए सुझाब दिई सुधार गर्न आदि
उ) समस्या समाधान विधि ः मानव समाजमा प्रशस्त समस्याहरू छन् । ती समस्याहरू पहिचान गर्ने र समाधान गर्न सिकाउने अभ्यासका लागि यो विधि प्रभावकारी हुन्छ । यसले दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न पनि सहयोग पु¥याउ―छ । यो विधि प्रयोग गर्दा निम्नलिखित पक्षमा ध्यान दिनुपर्दछ ः
 विषयवस्तुस―ग र विद्यार्थीको दैनिक व्यवहारस―ग सम्बन्धित समस्याहरूको सूची निर्माण गर्ने । समस्या चयन गर्दा विद्यार्थीको उमेर र सिकाइस्तरलाई समेत ध्यान दिने
 ती समस्याहरू आवश्यकतानुसार व्यक्तिगत तथा समूहमा दिने । सुरुमा समूहमा र पछि व्यक्तिगत रूपमा दिनु राम्रो हुन्छ
 ती समस्याहरूको अध्ययन गर्न लगाउने
 समस्याको कारण र प्रभाव पहिचान गर्न लगाउने
 ती समस्या समाधानका बारेमा एकभन्दा बढी विकल्पहरूको पहिचान गर्न लगाउने
 समस्या समाधानका लागि सबैभन्दा उत्तम विकल्प छनोट गर्न लगाउने
 विकल्पहरू समूहमा प्रस्तुत गर्न लगाउने
 विद्यार्थीले गरेका क्रियाकलापको निरन्तर अवलोकन गरिरहने र आवश्यक भए सुझाब दिने

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...