Skip to main content

शुल्कमा एकरुपता ल्याउछौं' : प्रा. चैतन्य शर्मा

chaitanya
प्रा. चैतन्य शर्मा
उपाध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषद्
विद्यार्थी र अभिभावकलाई कस्ता कलेज छान्न सुझाव दिनुहुन्छ?
–    पूवार्धार कतिको सुरक्षित छ? भवन मात्रै राम्रो भएर हुदैन। भूकम्प प्रतिरोधी पनि हुनुपर्छ। साघुरो गल्लीबाट छिरेर भित्र जाने ठाउ छ कि? त्यसैले सुरक्षामा ध्यान दिनुपर्छ। पास प्रतिशत मात्रै राम्रो भएर हुदैन। कस्तो शिक्षा दिन्छ? त्यसलाई पनि ध्यान दिनुपर्छ। कक्षामा कति जना राखेर पढाउछ? ल्याबको पूर्वाधार पनि छ कि छैन? शिक्षक स्थायित्व पनि हेर्नुपर्छ।
बिषय छनौट गर्दा चाहि के ध्यान दिने?
–    प्लस टुले काउन्सिलिङ दिने भन्दै कसरी हुन्छ आफनोमा तान्ने भन्ने जोड दिएको हुन्छ। एसएलसीमा राम्रो अंक ल्याउदैमा विज्ञान निर्णय गरेर हुदैन। विद्यार्थीको रुची के मा छ? त्यसले निर्धारण गर्छ। कुन बिषय पढने भन्ने चाहि विद्यार्थीको बाबु आमा पहिलो परामर्शदाता हुन्। दोस्रोमा १० वर्षसम्म पढाउने शिक्षक र विद्यालय हो। स्कूल र शिक्षकसंगलाई ति विद्यार्थी पास गराउनु मात्रै जिम्मेवारी होइन। विद्यार्थीको क्षमता, आनीबानी, रुची सबै शिक्षक र विद्यालयलाई मात्रै थाहा हुन्छ। त्यसैले कुन बिषय पढने भन्ने विद्यालयले सही परामर्श दिएर पठाउनुपर्ने हुन्छ। आमाबुबाले पनि देखासिकीमा बिषय छनौट गर्नुको सट्टा बच्चाको रुची के हो? थाहा पाउनु पर्ने हुन्छ। प्रतिशतको आधारमा हुदैन।
प्लस टुले आफुखसी शुल्क लिइरहेका छन? एकरुपता ल्याउन सकिदैन?
–    शुल्क निर्धारण गर्न लागिरहेका छौ। भर्ना, मासिक शुल्क कति हुने? एउटा कक्षामा कति जान राख्ने भन्ने नया मापदण्ड बनाउने तयारीमा छौ। अहिले सम्बन्धन पाएपछि पुरा गर्नु पर्ने मापदण्ड कमजोर छ। प्लस टु पनि विद्यालय हो। १० कक्षासम्म जसरी श्रेणी छुट्याएर फरक शुल्क निर्धारण हुन्छ। त्यसै गरी कक्षा ११ र १२ को पनि शुल्क निर्धारण गर्न ढिलाई भइसक्यो।
आर्थिक अवस्था कमजोर भएका, भूकम्प पीडित र जेहेन्दार विद्यार्थीलाई छात्रबृतिको व्यवस्था छ कि छैन?
–    सामुदायिक स्कूल पढेका विद्यार्थीलाई एउटा प्लस टुमा पाच प्रतिशत छात्रबृति दिने व्यवस्था गरेका छौ। यसलाई पारदर्शी बनाउन सफ्टवेरको व्यवस्था मिलाएका छौ। पहिलाको जस्तो पत्रको आधारमा छात्रबृति पाउदैनन। भूकम्प प्रभावित १४ जिल्लाका विद्यार्थीलाई छात्रबृति दिन मापदण्ड समिति बनाएका छौ। आवास सहितको छात्रबृति समेत पाउने व्यवस्था मिलाउछौ।
– मकर श्रेष्ठ

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...