Skip to main content

महासंघले शिक्षामन्त्रीको राजीनामा माग्यो


chitra lekha yadav -edupati

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रीको राजीनामा मागेको छ । असार ११ र १२ गते बसेको महासंघको सचिवालयको वैठकले मन्त्री राजीनामा माग्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्री चित्रलेखा यादवले शिक्षकका शैक्षिक र पेशागत माग प्रति कुनै चासो नदिएको साथै भूकम्पले शिक्षाक्षेत्र क्षतिग्रत हुदा समेत विदेशभ्रमणमा व्यस्त भएको आरोप लगाउदै राजीनामा माग्ने निर्णय गरिएको महासंघले जनाएको छ ।
महासंघले शिक्षकसँग भएका विगतका सहमति र सम्झौताहरु साथै पेशागत र शैक्षिक मागहरु पुराहुने वातावरण निर्माणगर्न शिक्षामन्त्रीलाई एकहप्ते अल्टिमेटम दिने र त्यस अवधिमा पनि केहि नभए शिक्षामन्त्री कै राजीनामा मागेर आन्दोलन गर्ने निर्णय गरेको छ ।

जहिल्यै हुन्छ मात्रै भन्ने काम नगर्ने, शिक्षाको विधेयक संसदमा लग्न नसक्ने, शिक्षाका मुद्धामा गैरजिम्मेवार बनेको आरोप लगाउदै एकहप्ते अल्टिमेटम दिने निर्णय गरेको महासंघले जनाएको छ ।
भूकम्पले विद्यालयहरु ध्वस्त र विद्यार्थी, शिक्षकहरुलाई त्रस्त बनाइरहदा साथै पाल नपाएर कतिपय विदालयहरु खुला चउरमा सञ्चालन भइरहदा शिक्षामन्त्री भने विदेश भ्रमणमा नै मस्त हुनुलाई महासंघले गैरजिम्मेवार हर्कत भनेको छ ।
महासंघको वैठकले भाद्र १५ गते सम्म जिल्लाहरुमा महासंघको जिल्ला तदर्थ समिति बनाइ सक्ने, त्यसको निर्माण नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेसी शिक्षक युनियनको आपसी सहमतिमा गर्ने निर्णय गरेको  छ।
 महासंघले नयाँ शैक्षिक नीतिको निर्माण गर्न, प्राविधिक शिक्षाका विकास र विस्तार गर्न साथै भूकमपको विपत्ति पछि शिक्षाको पुनःसंरचनाका लागि वृहत शैक्षिक सम्मेलन आयोजना समेत गर्ने निर्णय गरेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...