Skip to main content

निजीलाई टक्कर दिदैं म्याग्दीका सामुदायिक विद्यालय

हरिकृष्ण गौतम
सरकारी त्यसमा पनि समुदायको ब्यवस्थापनमा सञ्चालन भइरहेका विद्यालयप्रति अझैपनि हेर्ने दृष्टिकोण निजीभन्दा तल्लो स्तरको छ ।अभिभावकले प्रवेशीका परिक्षासँगै विभिन्न कारणलाई आधार मानेर निजीलाई नै रोज्ने गरेको पाइन्छ । तर म्याग्दीमा सामुदायिक विद्यालयले निजीलाई शिक्षामा टक्कर दिइरहेका छन् ।२०७१ सालको प्रवेशीका परिक्षामा जामुनाखर्क उच्च माविले ४ जना विशिष्ट श्रेणी सहित ४४ जना र बेनी सामुदायिकले सतप्रतिशत उत्र्तिणा गर्न सफल भयो । जामुनाखर्कका प्रत्युस ढ्रङ्गानाले ७१८(८९.७५) ल्याएर जिल्ला दोस्रो तथा सामुदायिक तर्फ धौलागिरि प्रथम र बेनी सामुदायिक अञ्चलमै सतप्रतिशत ल्याउन विद्यालय बने । ‘दुई विद्यालयले नियमित राम्रो नतिजा ल्याइरहेका छन्, गुणस्तरीय शिक्षाका लागि समुदायको सक्रियता पनि राम्रो छ’ जिल्ला शिक्षा अधिकारी दिलिप कुमार ठाकुरले भने । उनले जिल्लाका केही सामुदायिक विद्यालयको अवस्था कमजोर देखिएपनि धेरैले ६० प्रतिशत भन्दा बढि नतिजा ल्याउन सफल भएको बताए ।
11041686_845647378860682_6592948375728174221_n

विद्यालयको वातावरण, विद्यार्थीको रुचीसँगै समुदायको समेत चासो भएका विद्यालयले नियमित राम्रो नतिजा ल्याउन सफल भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । २०६० साल देखी प्रवेशीका परिक्षामा सहभागिता जनाएको जामुनाखर्क उच्च माविले ९ जनालाई विशिष्ट श्रेणीमा उत्र्तिणा गराएको छ । त्यस्तै २०६३ साल देखी परिक्षामा सहभागि भएको बेनी सामुदायिकले राम्रो अंक सहित प्रथम श्रेणी र सतप्रतिशत नतिजा ल्याइरहेको छ । विद्यार्थीलाई शाररीक तथा मानसिक रुपमै परिक्षामा सामेल हुने वातावरण विद्यालयको कक्षा कोठामै गराउने गरेको जामुनाखर्क उच्च माविका प्रचार्य सोमनाथ ढुंगानाले बेनीअनलाइनलाई बताए । ‘राम्रो नतिजा आउनुमा धेरै पक्ष छन्, सबैको सक्रियतामा नियमित राम्रो नतिजा आइरहेको छ’ उनले भने । प्रत्येकबर्ष राम्रो नतिजा ल्याउन थालेपछि निजी विद्यालयका अभिभावको आर्कषण समेत बढ्न थालेको पाइएको छ ।

निजी विद्यालयले समेत प्रतिस्पर्धीको रुपमा हेरिरहेको अवस्थामा सामुदायिकले नियमित परिक्षा, अभिभावको सहभागितामा उत्तरपुस्तिका परिक्षण, सुझाव, अभिभावको नियमित अनुगमन, विद्यार्थीको कमजोर पक्षको पहिचान लगाएतले समेत परिक्षाको नतिजामा सकारात्मक प्रभाव पारेको बेनी सामुदायिकका प्रचार्य दिपक श्रेष्ठको भनाई छ । ‘विद्यार्थीको कमजोर पक्षलाई केन्द्रित गरेर अगाडी बढ्ने गरेका छौ, नियमित अभ्यास नै सफलताको आधार बनेको छ’ उनले भने । प्रत्येकबर्ष विद्यालयको नतिजा राम्रो आउन थालेपछि निजी विद्यालयबाट समेत धमाधम विद्यार्थी भर्नाका लागि आउने गरेको बताए । यसबर्ष क्षमताभन्दा करिव १ सय ६० प्रतिशत विद्यार्थीले आवेदन दिएपछि परिक्षाबाट छनौट गरी भर्ना गरिएको थियो । प्रयाप्त दरबन्दी, स्रोत र साधनको अभावका बावजुत पनि सामुदायिक विद्यालयको नतिजा ल्याइरहेको भन्दै राज्यले प्रयाप्त जनशक्ती सहितको आवश्यक सुविधा उपलब्ध गराए नतिजालाई अझै राम्रो बनाउन सकिने विद्यालयको भनाई छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...