भक्तपुर १३ असार / परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ए प्लस ग्रेड पाउने विद्यार्थीको संख्या २ सय १५, ए ग्रेडमा ७ सय ७९ वी ग्रेड पाउने २ हजार १ सय ३१ सी ग्रेडमा १ सय २४ र डी मा १ जना रहेका छन् । 
२ जनाको परीक्षा स्थगित भएको छ भने ४ जनाको रद्ध भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सी ग्रेड वा सो भन्दा तलको ग्रेड चित्त नबुझ्ने विद्यार्थीले पुनः परीक्षा दिन पाउने कार्यालयले जनाएको छ । उनीहरुको परीक्षा पनि साउन २० गतेबाटै हुने छ । 
फर्म भर्ने ३ हजार २ सय ८८ विद्यार्थी मध्ये ३ हजार २ सय ५६ जना परीक्षामा सहभागि थिए । 
कक्षा नौ देखि प्राविधिक बिषय अध्ययन गरेका विद्यार्थीले यस बर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका थिए । उनीहरुको नतिजा  अरुको भन्दा फरक हुन्छ । मार्कसिटमा फेल पास भन्ने हुदैन । उनीहरुले प्राप्त गरेको नम्बरको आधारमा ग्रेडिङ छुटिन्छ । 
सरकारले पाइलट प्रोजेक्टका रुपमा प्राविधिक बिषयलाई यसवर्षदेखि लेटर ग्रेडिङ सुरुवात गरेको हो । अर्को वर्षदेखि साधारण तर्फका बिषयलाई प्राविधिक बिषयको जस्तै व्यवस्था गर्ने घोषणा गरिसकेको छ । 
९० देखि १०० अंक ल्याउने ए प्लस, ८० देखि ९० अंक ल्याउनेको ए,  ६०–७९ ल्याउनेको बी, ४०–५९ ल्याउनेको सी, २५–३९ अंक ल्याउने विद्यार्थीको डी र २४ भन्दा कम अंक ल्याउनेको ई  समूह हुने ब्यवस्था छ । 
नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेभसाईट www.soce.gov.np मा राखिएको कार्यालयले जनाएको छ । 
- See more at: http://edukhabar.com/index.php/student/1819-2015-06-28-10-28-23#sthash.2MVslCO8.dpuf