Skip to main content

संविधान २०७२ (मस्यौदा ) मा शिक्षक महासंघको सुझावहरु


Image result for नेपाल शिक्षक महासंघ
नेपालको संविधान २०७२ (मस्यौदा ) मा नेपाल शिक्षक महासंघको तर्फबाट शिक्षा क्षेत्रसंग सम्बन्धित निम्नानुसारका सुझावहरु समावेश गरिनु पर्ने l
१. समयानुकुल शिक्षालाई परिवर्तन र परिमार्जन गर्दै राज्यलाई निर्देशन र सिफारिस गर्न संवैधानिक उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्न,
२. शिक्षक नियुक्ती र पदोन्नतिको छनौट र सिफारिसका लागि संवैधानिक शिक्षक सेवा आयोगको प्रबन्ध गर्नु पर्ने,
३. विद्यालय तहको शिक्षालाई नि:शुल्क बनाई मौलिक हकको रुपमा स्थापित गर्न संघ, प्रदेश र स्थानीय सरकारले बार्षिक बजेटको कम्तिमा २० प्रतिशत नघटाई शिक्षा क्षेत्रमा रकम विनियजन गर्नु पर्ने,
४. अनुसुची ७ स्थानिय तहको अधिकार सूचीको ९ मा भएको प्राथमिक र माध्यमिक शिक्षालाई झकेर अनुसूचि ६ मा बालविकास केन्द्रलाई विद्यालय संरचनामा समावेश गरी आधारभूत र माध्यमिक शिक्षा उल्लेख गरी संघ र प्रदेशको साझा अधिकार सूचीमा राखिनु पर्ने,
५. नेपालमा कार्यरत पेशाकर्मीहरुले श्रमिकहरुको राजनीतिक अधिकार (चुन्ने, चुनिने अधिकार र प्रतिनिधित्वको अधिकार) सहितको ट्रेड युनियन अधिकारको सुनिश्चितता, रोजगारीको सुरक्षा, सामाजिक सुरक्षा लगायतका श्रमिकहरुका हक अधिकारलाई संविधानमा समावेश गरिनु पर्ने,
६. श्रमिकको परिभाषामा 'श्रमिक भन्नाले सारीरिक वा मानसिक श्रम गरी ज्याला आर्जन गर्ने मजदूर, कामदार, कर्मचारी र शिक्षक समेतलाई जनाउने छ' भनी उल्लेख गरिनु पर्ने,
७. प्रारम्भिक मस्यौदामा मातृभाषाको व्यवस्था माध्यमिक तह सम्मलाई गरिएकोमा सो हटाई पूर्व प्राथमिक/ बालविकासदेखि आधारभूत तहसम्मको शिक्षा मातृभाषामा प्राप्त गर्ने र कानुन बमोजिम विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनु पर्ने .
तिलक कुँवर
महासचिव

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...