Skip to main content

सुधार प्रयासमा एउटा हेडमाष्टर



कृष्ण अधिकारी / राधेश्याम यादवको जागिरावधी सकिन अब ४ वर्ष बाँकी छ । पछिल्लो ३० वर्षको अवधी उनले कक्षा कोठा र विद्यार्थीसित बिताए । अहिले बर्दियाको जानकी माध्यामिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाली रहेका यादव भन्छन्, ‘आखिर मेरो आफ्नो भन्नु तिनै केटाकेटी र स्कुल त हो ।’
हो, राधेश्याम यादवको आफ्नो भन्नु तिनै केटाकेटी हुन् । बढ्दो उमेरसँगै उनी अहिले पनि केटाकेटीसितै खेल्न अभ्यस्त छन् । तर उनी कुनै चर्चित नाम भने होइनन् । उनको स्कुल एकदम अब्बल स्कुल पनि होइन । आम सामुदायिक विद्यालयकै स्तरको जानकी माविका प्रधानाध्यापक गर्नु पर्छ र निरन्तर गरिरहनु पर्छ भन्नेमा चाँहि अरुभन्दा फरक छन् । त्यसमा एक्लै छन् लागिरहेका छन् ।
‘राम्रा त राम्रानै छन्, सुधार्नु पर्ने सामुदायिक विद्यालय धेरै छन्,’ रुपन्देहीको पजरकट्टी ३ मा जन्मेका भारतका विभिन्न ठाउँमा पढेका प्रधानाध्यापकले गर्मीको एक मध्यान्ह विद्यलायमा भेटिएका बेला सुनाए, ‘राम्रो बनाउन गरेका सबै कामले सही नतिजा नदिने रहेछ । विद्यालय राम्रो बनाउन धैर्यता धेरै चाहिन्छ । म राम्रो बनाउने प्रयासमा छु । त्यसमा सँधै चिन्तित छु । हुन सकेको छैन । तर आत्तिएर पछि पनि हटेको छैन ।’ 
सोचेजस्तो गर्न यादव सरलाई केले छेक्यो ? जो प्रधानाध्यापकको कुर्सीमा वर्षौदेखि बसेका छन् ? ‘कारणहरु फरक छन्’, उनी बोले, ‘मैले केही गर्दै नगरेको होइन, केही नभएको ठाउँमा यति गरेँ गर्व गर्छु । तर जति गर्नु पर्नेथ्यो सकिनँ भन्ने मात्रै हो ।’

थारुहरुको यस वस्तीमा स्कुल खोल्न र केटाकेटीलाई स्कुल ल्याउन गर्नु परेको मेहनत पनि सामुायिक विद्यालयको सुधार जतिकै महवपूर्ण छ, जसको श्रेय यादव सरले पाइरहेका छन् । सुन्दा अनौठो लाग्छ तर सदरमुकाम गुलरियाबाट यो ठाउँ आइपुग्न केही वर्ष अघिसम्म ३ दिन लाग्थ्यो । विद्यार्थीले कक्षा छाड्ने दर अत्यन्त कम रहेको मध्येमा पर्ने यस स्कुलको चर्चा भने सदरमुकामसम्मै छ ।
जानकी मावि रहेको बर्दियाको पाताभार गाविस कर्णाली पारीको ११ मध्येको विकट गाविसमा पर्छ । यहाँ झण्डै ९० प्रतिशत थारु समुदाय छन् । त्यही थारुवस्ती वीच जानकी मावि २ विघा  ७ कठ्ठा १० धुरको क्षेत्रफलमा छ । २० मध्ये १७ जना शिक्षक थारु समुदायकै छन् । १७ जनामा महिला शिक्षक ५ जना थारु समुदायकै रहेका छन् । स्कुल भर्ना हुने केटाकेटीको संख्या धेरै छ । र खुसीको कुरा स्कुल आएर छाड्ने विद्यार्थी संख्या पनि यहाँ एकदमै कम छ । ‘यस्तो अवस्था एकाएक आएको होइन,’ यदव सरले सम्झे, ‘सबै शिक्षकको मेहनतबाट यो सम्भव भएको हो ।’
आफू जोडिएको स्कुल नराम्रो होस् भन्ने कसले चाहन्छ ? यादव सरको प्रश्न छ । ‘मैले पनि राम्रो गर्न धेरै प्रयासहरु गरेँ, सबै प्रयास सबै क्षेत्रमा सफलनै हुन्छ भन्ने छैन’, उनले सुनाए, ‘यस भेगमानै निजीले पनि नगरेको प्रत्येक १५ दिनमा गर्ने विद्यार्थी मूल्यांकनको पद्यती विद्यालयमा लागू गरेको छु ।’
सामुदायिक विद्यालयको सुधारका लागि आर्थिक पटो पनि एउटा महत्वपूर्ण कडीको रुपमा रहने यादव सरको बुझाइ छ । यदि स्रोतको व्यवस्थपन गर्न सकिएन भने विद्यालय सुधार मात्रै भनेर हुदैन । स्रोत विना त्यो सम्भव पनि छैन । ‘हाम्रो पनि आफ्नो स्रोत छैन’, उनले भने,‘सधै र सबै कुरा अविभावकबाट उठाउन पनि सकिदैन । शिक्षा कार्यालयको अनुमतिमा केही पैसा अविभावकबाट उठाएर सुधार प्रयास थालिएको छ, सफलता हात लागेको छैन ।’ हालैको एसएलसीमा १ सय ३० विद्यार्थी सहभागी भएकोमा जम्मा ११ जना उत्तिर्ण भए, ३८ जनाले मौका परीक्षाको अवसर पाए । ‘मैले प्रयास गर्दा गर्दै पनि सकिनँ । यसमा मेरो पनि केही दोष होला तर यो असफलतालाई समग्र रुपमा हेरिनु पर्छ,’ यादव सर भन्छन्, ‘मेरो विद्यालयको मात्रै होइन बर्दियामै राम्रो नतिजा आउन सकेन । परीक्षाका नाममा विद्यार्थी माथि पर्ने मनोवैज्ञानिक त्रासका बारेमा हामीले चर्चानै गर्न सकेका छैनौ ।’

उनले केटाकेटीको अंग्रेजी सुधार्न र जिल्लाका अरु विद्यालय सितको प्रतिस्पर्धाका लगि अंग्रेजी माध्यमबाट पढाइ गर्ने सोचे । ३ वर्ष अघि त्यो लागू पनि गरे । निरन्तरता भने दिन नसकेपछि त्यसलाई बन्द गर्नु पर्यो । कारण थिए अभिभावक । अभिभावकले त्यसलाई मानेनन् । उनले भने, ‘स्रोतको संकलन पनि निरन्तर हुन नसकेछि अंग्रेजी माध्यमको पढाइका लागि लाग्ने खर्च हामीले जोहो गर्न सकेनौँ ।’
यद्यपि गच्छे अनुसार विद्यलायले कमजोर आर्थिक अवस्थाका बालबालिकालाइ छात्रवृत्ति प्रदान गर्ने गरेको छ । छिटो विवाह गर्ने क्रम कम भएको छ ।
उनलाइ लाग्छ जीवनमा अनुशासन सबैभन्दा ठूलो कुरा हो । शिक्षालयले व्यक्तिलाई अनुशासित बनाउन बाटो देखाउँछ । ‘काम गर्दा कमजोरी हुन सक्छ, त्यसलाई स्वीकार्न म तयार छु’, उनी भन्छन्, ‘नतिजामा कमजोर भए पनि हामीले विद्यार्थीलाई जीवनमा अनुशासनको महत्व सिकाएका छौं जस्तो लाग्छ । एउटा फरक ठाउँ, फरक परिवेश र भाषामा आएर शिक्षकको रुपमा ३० वर्ष मैले जे गर्ने प्रयास गरेँ त्यसमा आफ्नो ठाउँबाट कुनै कसर बाँकी रखिनँ ।’
र, जागिर जीवनका बाँकी ४ वर्ष पनि आफूले थालेका काम पूरा गर्न निरन्तर लाग्ने यादव सरको अठोट छ ।
प्रकाशन मिति : २०७२ साउन १३
source: http://edukhabar.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...