Skip to main content

विद्यालय कर्मचारीलाई पेन्सन दिन निर्देशन



काठमाडौं ११ साउन सर्वोच्च अदालतले विद्यालय कर्मचारीहरुलाई सुविधा दिन सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले साउन ७ गते पत्र काटेर यो अल्टिमेटम दिएको हो ।
यस अघि पनि असार २२ गते भित्र विद्यालय कर्मचारीहरुलाई सुविद्या दिन सर्वोच्चले ६ महिनाको म्याद दिएको थियो । तर शिक्षा मन्त्रालयले सो म्यादभित्र काम अगाडी नबढाएपछि पुन ७ दिने अल्टिमेटम दिएको हो ।
अव साउन १४ गते भित्र शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीहरुलाई स्थायी प्रक्रियामा लग्नुपर्ने भएको छ । किन भने यसअघि अस्थायी शिक्षकहरुलाई पनि सुविधा दिन सर्वोच्चले १५ दिने अल्टिमेटम दिएपछि सरकारले कार्यान्वयनका लागि बजेटमा व्यवस्था गरेको छ ।
शिक्षा ऐनमा विद्यालय कर्मचारी सम्बन्धि व्यवस्था नहुदा सँगै काम गरेपनि शिक्षकले पेन्सन लगायतका सुविधा पाउदा कर्मचारीहरु भने खाली हात विदा हुदै आएका थिए ।
यसअघि पनि सर्वोच्च अदालतले फागुन ६ देखि लागुहुनेगरी ६ महिना भित्र सम्र्पुण विद्यालय कर्मचारीहरुलाई वैधाधिक प्रकृयामा लग्न शिक्षामन्त्रालयलाई ताकेता गरेको थियो । त्यसअघि पनि ०६७ माघ २३ मा शिक्षकसरह सुविधा प्रदान गर्न सर्वोच्चले सरकारलाई आदेश दिएको थियो । शिक्षा मन्त्रालयले भने विगत पाँच वर्ष देखि सर्वोच्चको आदेशको पालना गरेको छैन ।
यसअघि शिक्षामन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलले तत्काल कानुनमा व्यवस्था गरेर कर्मचारीहरुलाई व्यवस्थित गर्ने बताए पनि आज सम्म काम अगाडी बढ्न सकेको छैन् । पण्डितले कानुनमा नयाँ व्यवस्था गरेर विद्यालयकर्मचारीहरुलाई वैधानिक प्रकृयामा लग्ने दावी गरेका थिए ।
सर्वोच्चको पछिल्लो फैसला पछि मन्त्रालयका सहसचिव लवदेव अवस्थीले आफुहरु विद्यालय कर्मचारीको सुविद्याका लागि निर्देशिका तयार गरेर अर्थमन्त्रालयमा पठाइसकेको बताए । हामी कानुन बनाएर कर्मचारीहरुलाई व्यवस्थीत गर्न खोज्दैछौँ । मन्त्रालय उनीहरुको सेवासुविधाको पक्षमा रहेको छ । उनले भने । हामी आवश्यक स्रोत जुटाउन लागिरहेका छौँ । सुविद्याको प्रकृया छिटै अघि बढ्छ ।
विद्यालय कर्मचारी निर्देशिका
ऐन आउन निश्चित नभएकाले कुर्न नसकिने भएपछि कर्मचारीहरुको सेवासुविधाको प्रकृया तत्कालै सूरुगर्न मन्त्रालयले हाललाई विद्यालयकर्मचारी निर्देशिका ल्याउने भएको छ ।

निर्दे्शिका ल्याएरै भएपनि तत्काल कर्मचारीहरुलाई दिन सकिने जति सेवासुविधा दिएर अगाडी बढ्न खोजेको सह सचिव अवस्थीले बताए ।
तत्काल निर्देशिकाबाट भइरहेको सेवासुविधाहरुलाई वैधानिक प्रकृयामा लगिने उनले स्पष्ट पारे । तत्काल यसै आर्थिकवर्ष देखि कर्मचारीहरुलाई व्यवस्थित गर्दै अगाडी बढीने अवस्थीले बताए ।

विद्यालय कर्मचारीको व्यवस्था
नेपालको पहिलो शिक्षाऐन २०२८ मा शिक्षककर्मचारीको व्यवस्था थियो । नेपालको पहिलो शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन(२०३६)ले पनि शिक्षक कर्मचारी सदस्य बनाउने व्यवस्था गरेको थियो । तर शिक्षाऐनको ०३८सालको संशोधनले कर्मचारीको नाम हटाएर शिक्षक मात्रै भन्ने व्यवस्था ग¥यो ।

विद्यालय कर्मचारी परिषद्को स्थापना
०३६ सालमा बनेको शिक्षकहरुको साझा संगठनलाई सरकार आफैले ०४२ सालमा मावि शिक्षक संघ र प्रावि शिक्षक संघ भनेर शिक्षकहरुमा फुट पैदा गरायो । ०४७ सालमा शिक्षक संघ बन्यो । त्यसपछि बाध्य भएर विद्यालयकर्मचारीहरुले पनि नेपाल विद्यालय कर्मचारी परिषद् गठन गरे ।

कर्मचारीको अधिकारको व्यवस्था
विद्यालयमा सँगै सेवा गरेको भएपनि शिक्षक र कर्मचारीहरु विच सेवा सुविधाका हिसावले ठूलो भिन्नता थियो ।०५९मा शिक्षा नियमावली लागु भएपछि त झन विद्यालयकर्मचारीको नामै निशाना हरायो ।

पहिलोपल्ट ०६४ मंसिर १९ गते अधिवक्ता कोषराज काफ्लेले अन्य ८ सय ८६ कर्मचारीको नामबाट कर्मचारीहरुको सेवासुविधाको व्यवस्था हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्धा दिए । त्यसको तिनवर्षपछि सर्वोच्च अदालतले ०६७ माघ २३ गते कर्मचारी सर्भिस ल बनाएर कर्मचारीहरुलाई सुविधा प्रदान गर्न आदेश दियो । आदेश पछि सरकारले ०६८ फागुन ११ मा सर्वोच्चमा प्रतिवेदन बुझायो । फेरी सरकारले ०७० साउन ९ मा दोस्रो प्रतिवेदन बुझायो ।
सो आदेश पछि सरकारले २ अर्व निकासा गरेर पहिलोपल्ट विद्यालय कर्मचारीहरुलाई सेवासुविधाको व्यवस्थागर्न थाल्यो ।
त्यसै वेलादेखि माविका कमृचारीहरुले ८८ सय र निमाविका कर्मचारीहरुले ६२ सय तलव सुविधा पाउन थाले ।

सरकारले कर्मचारीहरुका पेशागत अधिकारका कुरा नियमावलीमा ल्याएर सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ ।
नियमावलीमा व्यवस्था
सरकारले कर्मचारीको नियमावली मस्यौदा बनाएर ०७० माघ १९मा सर्वोच्च अदालतलाई जानकारी दिइसकेको छ । सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गद यसअघि नै विद्यालयकर्मचारीको व्यवस्था भनेर ०६७ माघ ९ को नियमावली संशोधनमा २३ ‘क’ थपिसकेको छ ।

पहिलोपल्ट सुविधा
सर्वोच्चको आदेशपछि सरकारले पहिलो पल्ट ०६५ साउन देखि विद्यालयकर्मचारहिरुका लागि सुविधा रकमको व्यवस्था गर्न सुरु ग¥यो । उसले माविका कर्मचारीहरुलाई ८,८०० र निमाविका कर्मचारीलाई ६, २०० तलव निकासा गर्न सुरु ग¥यो । हाल विद्यालयहरुमा पाले, पियन, लेखापाल, माली, भण्डारे लगायतका विद्यालयकर्मचारीहरु रहेका छन् ।

पुनःमुद्धा
सरकारले आशिंक रुपमा कार्यान्वयन गरेको जस्तो देखाएर कर्मचारीका सम्बन्धमा अदालतको आदेशको पालना नगरेको भन्दै कर्मचारीहरुले सरकारका नाममा पुन ०६९मा मानहानी मुद्धा हाल्यो ।

कर्मचारीहरुले पेन्सन,औषधी उपचार पाउने कुरा नपाएपछि आदेश कार्यान्वयन नगरी अदालतको मानहानी गरेको भन्दै शिक्षामन्त्रालयका सचिव कर्मचारीलाई विपक्ष बनाएर ६ महिना कैद जरीवाना सहित आदेश कार्यान्वयन गर्न ०६९ सालमा पुन मुद्धा दर्ता गरे ।
फेरी ०७१ भाद्र १२ गते सर्वोच्चले मुद्धाको फैसला गर्दै मन्त्रालयले यसअघिको फैसला स्वीकार गरेकाले र आशिंक कार्यानवयनमा गइसकेकाले कैद नहुने तर यो आदेश प्राप्त भएको मितिले ६ महिना भित्र यस अदालतको पुर्व आदेशको पूर्ण कार्यान्वयन गर्नु गराउनु भनेर आदेश जारी भयो । तर त्यस मितिमा पनि मनत्रालय मौन भएपछि यहि साउन ७ गते पुन ७ दिनको म्याद राखेर कर्मचारीलाई सुविद्या दिन अल्टिमेटम दिएको हो ।
सो आदेशको पत्र सर्वाेच्चले ७१ पुष १६ मनत्रालयलाई पठाएको भएपनि मन्त्रालयले पुष २२ गते मात्रै बुझेकाले आगामी असार २२ गते भित्र फैसला कार्यान्वयन गर्नुपर्ने मन्त्रालयलाई बाध्यता थियो । तर मन्त्रालयले त्यसलाई पनि टेरेन । र सर्वोच्चले साउन ७ गते पुन ७ दिने अल्टिमेटम दियो ।
साउन १४ पछि सवै स्थायी
यो आदेशपत्र कार्यान्वयन पछि मन्त्रालयले साउन १४ भित्रै कर्मचारीको सेवाकालिन र अवकाशित सुविधा उपलव्ध गराउनुपर्नेछ । यस आदेशपत्रको पूर्ण कार्यानवयन गरिए विद्यालयकर्मचारीको सुविधा अव निजामति कर्मचारी सरह हुने यसै मुद्धा लडिरहेका अधिवक्ता कोषराज काफ्ले बताउछन् । मुलुकभर रहेका करीव ३० हजार विद्यालयकर्मचारी यसबाट लाभान्वित हुने उनको भनाई रहेको छ ।

अव के हुन्छ ?
अव तेस्रो पटक पनि सर्वोच्चको आदेशको पालना नभए सर्वोच्चले अदालतको मानहानी गरेको अभियोगमा शिक्षा मन्त्रीलाई पदमुक्त भएको घोषणा गर्न सक्ने अधिवक्ता काफ्लेले बताए ।

अनियमित दरवन्दि
एउटा विद्यालयमा एकजना पियन र एकजना लेखापाल कर्मचारी हुने व्यवस्था भएपनि कुनै विद्यालयमा एकजना पनि नभएका र कुनैमा १३ जनासम्म कर्मचारी भएका पाइएको छ ।

बराको श्री ३ चन्द्रसमशेर माविमा १३ जना कर्मचारकिो र ललितपुरको नमुनामच्छिन्द्र उमाविमा ७ जना सम्म कर्मचारीको दरबन्दी भएको पाइन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...