Skip to main content

एसएलसी नतिजा बिगार्ने शिक्षकलाई कारबाही

education Ministry
काठमाडौ,  साउन । एसएलसीको नतिजा सुधार नगर्ने विद्यालय र शिक्षकलाई कारबाही गरिने भएको छ । सामुदायिक विद्यालयमा सरकारी लगानीअनुरूप नतिजा नआएपछि शिक्षा मन्त्रालयले विद्यालय र शिक्षकलाई कारबाही गर्न जिल्ला शिक्षा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
यसपालिको एसएलसीमा सामुदायिकतर्फ ३३.२८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । आउँदो वर्षको नतिजामा सुधार ल्याउन मन्त्रालयले यस्तो कारबाही नीति अघि सारेको हो । जसअनुसार विषयगत परीक्षाफलमा ३० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भए प्रधानाध्यापक र शिक्षकको तलब, ग्रेड रोक्का गरिनेछ ।
जिल्ला शिक्षा अधिकारीले पहिलो र दोस्रोपटक सचेत गराउँदा पनि नतिजा सुधार नभएका विद्यालयका प्रधानाध्यापक र शिक्षकको तलबवृद्धि रोक्का गरिने मन्त्रालयले जनाएको छ । यसपालिको एसएलसीमा १ सय ३१ सामुदायिक विद्यालयको नतिजा शून्य रहयो । दुई साताअघि मन्त्रीस्तरीय निर्णय गरी तोकिएबमोजिम नतिजा नल्याउने विद्यालय, शिक्षकलाई नियमानुसार कारबाही गरी ४५ दिनभित्र अनिवार्य जानकारी गराउन मन्त्रालयले विभागमार्फत शिक्षा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
नतिजा शून्य कतिपय विद्यालयको विगतमा पनि त्यस्तै नतिजा थियो । १७ जिल्लामा ३० प्रतिशत पनि उत्तीर्ण भएका छैनन् । खोटाङ, दैलेख, सल्यान, सप्तरी र ताप्लेजुङ सबभन्दा कम विद्यार्थी उत्तीर्ण हुने जिल्ला हुन् । खोटाङमा सबभन्दा कम १६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । अझ छात्रा उत्तीर्ण दर हेर्ने हो भने सप्तरीमा सबभन्दा कम १२.६० प्रतिशत छ । दैलेखमा १३.८९ प्रतिशत छात्रा उत्तीर्ण छन् ।
कुनै विषयमा लगातार तीन शैक्षिक सत्र ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भए सम्बन्धित शिक्षकलाई ‘कार्य क्षमताको अभाव भएको मानिने’ शिक्षा नियमावलीको दफा १३७ ‘क’मा उल्लेख छ । नियमावलीको नियम १३७ मा कार्यक्षमता अभाव भएमा पाँच वर्षसम्म तलबवृद्धि र दुई वर्षसम्म बढुवा रोक्का गर्न सकिने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...