Skip to main content

युनेस्कोको प्रतिवेदनले शिक्षकका बारेमा के लेख्यो ?

शिक्षासचिवले प्रतिवेदन सार्वजनिक गर्दै भने : शिक्षकले दलको सदस्यता लिएसम्म पढाउन सक्दैनन् 

युनेस्कोको प्रतिवेदनले शिक्षकका बारेमा के लेख्यो ?<br/><br/>शिक्षासचिवले प्रतिवेदन सार्वजनिक गर्दै भने : शिक्षकले दलको सदस्यता लिएसम्म पढाउन सक्दैनन्  

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सबैका लागि शिक्षाको विश्वव्यापी अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । ‘सबैका लागि शिक्षा २०००–२०१५ : उपलब्धि र चुनौतिहरु’ शीर्षकको प्रतिवेदनमा शिक्षकका बारेमा उल्लेख गरिएका केही बुँदा :

महिला शिक्षकहरु भर्ना गर्ने
जुन देशमा केटीहरुलाई विद्यालयमा भर्ना गर्न सांस्कृतिक तथा सामाजिक व्यवधानहरु छन् ती देशमा विद्यालयमा महिला शिक्षकको उपस्थितिले सुरक्षासम्बन्धी अभिभावकको चिन्तालाई कम गर्न सक्छ र बालिकाहरुका लागि शिक्षाको माग बढ्न सक्छ । सन् १९९९ देखि यता प्राथमिक शिक्षणमा महिलाको उपस्थिति विश्वव्यापी रुपमा बृद्धि भएको छ । सन् १९९९ मा प्राथमिक हिक्षामा महिला शिक्षकहरु ५८ प्रतिशत थिए भने सन् २०१२ मा ६३ प्रतिशत पुगे । माध्यमिक शिक्षामा भने कुनै परिवर्तन नभई ५२ प्रतिशतमा स्थिर रह्यो । अचम्मको कुरा त के छ भने महिला शिक्षकको संख्या धेरै भएका ठाँउमा पनि पुरुषका तुलनामा महिला शिक्षकहरु नेतृत्वदायी पदहरुमा कमै मात्र पुग्छन् ।

कक्षाकोठाभित्रका लागि लैङ्गिक संवेदनशीलताको तालिम
शिक्षकहरुले कक्षाकोठामा छात्र र छात्राहरुप्रति देखाउने भिन्न व्यवहार र चाहनाले पनि लैङ्गिक विभेद जन्माउन सक्छ । यसले छात्र र छात्राबीच उत्प्रेरणा, सहभागिता र सिकाइ उपलब्धिमा असर पार्न सक्छ । विभिन्न ठाँउमा गरिएका कक्षा अवलोकनले महिला र पुरुष दुवै शिक्षकले छात्रहरुसँग बढी अन्तरक्रिया गरेको देखाएका छन् । यसले छात्राहरुमा निष्कृयता बढाउँछ । समावेशी र लैङ्गिक रुपले संवेदनशील शिक्षणकला र कक्षाकोठा व्यवस्थापन जस्ता कुराहरु शिक्षक शिक्षामा समावेश गरेमा पूर्वाग्रह घटाउन र सहयोगी विद्यालय वातावरण निर्माण गर्न सहयोग पुग्दछ । यस्ता खालका कार्यनीतिहरु भएका ठाँउमा पनि स्पष्ट योजनाहरुको अभाव, कमजोर कार्यान्वयन र सुपरीवेक्षण साथै अपर्याप्त मूल्याङ्कनले गर्दा तिनीहरु प्रभावकारी हुन सकेका छैनन् ।

विद्यालयमा हुने लैङ्गिक हिंसाको समाधानका प्रयासहरु
विद्यालय क्षेत्रमा लिङ्गका आधारमा हुने हिंसा निकै व्याप्त छ । छात्रहरु शारीरिक हिंसाको शिकार हुने सम्भावना बढी हुन्छ भने छात्राहरु पुरुष शिक्षकहरुबाट र छात्रहरुबाट यौन शोषण र यौन दुव्र्यवहार जस्ता अपराधिक क्रियाकलापका शिकार बन्दछन् । समलिङ्गीबाट हुने त्रास तथा इलेक्ट्रोनिक सञ्चार माध्यमबाट हुने डर धम्की पनि उत्तिकै सोचनीय विषयवस्तु बनेका छन् । विद्यालयमा हुने लैङ्गिक हिंसा त्यसमा पनि खास गरी यौन हिंसासँग जुध्नका लागि कार्यनीतिहरु निर्माण गर्नमा सवसहारा अफ्रिकाका मुलुकहरु अग्रस्थानमा छन् । छात्रा क्लव र अन्य कार्यक्रमहरुले व्यवहार र धारणामा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरेका छन् । यद्पी विद्यालयमा हुने लैङ्गीक हिंसासम्बन्धी सचेतनाले प्रभावकारी परिवर्तन खासै ल्याएका छैनन् ।

सन् २०१५ सम्ममा शतप्रतिशत प्राथमिक शिक्षाको लक्ष्य हासिल गर्न कति शिक्षक चाहन्थे होला त ?
सन् २०१२ देखि २०१५ को बीचमा सर्वव्यापी प्राथमिक शिक्षाको लक्ष्य हासिल गर्न ४० लाख प्राथमिक शिक्षक चाहिने अवस्था थियो । त्यस्तै अवकाश पाएका शिक्षकहरुको स्थानमा, पेशा बदलेका शिक्षकहरुको स्थानमा र कार्यरत शिक्षकको मुत्यु भएको अवस्थामा २६ लाख शिक्षक नियुक्त गर्नुपथ्र्याे । त्यस्तै गरी शिक्षकहरुको अभाव पूर्ति गर्न, बढ्दे विद्यार्थी भर्नासँग तालमेल मिलाउन अनि विद्यार्थी शिक्षक अनुपात ४०ः१ भन्दा तल झार्न १४ लाख शिक्षकहरु नियुक्त गर्नुपथ्र्याे । केही क्षेत्र र देशहरुलाई अन्य देश र क्षेत्रहरुभन्दा अतिरिक्त प्राथमिक शिक्षकहरु चाहिने थियो यो लक्ष्य हासिल गर्न । लक्ष्य प्राप्त गर्न सबैभन्दा गाहे त सवसहारा अफ्रिकालाई थियो । कुल अतिरिक्त शिक्षक संख्याको ६३ प्रतिशत त यही क्षेत्रलाई चाहिन्थ्यो । थप शिक्षक चाहिने कुल ९३ देशमध्ये जम्मा २९ देशमात्र २०१५ सम्ममा उक्त लक्ष्य प्राप्ति गर्नेतर्फ उन्मुख थिए ।

सबैभन्दा चर्काे अभाव तालिम प्राप्त शिक्षकको 
शिक्षकको संख्या बढाउनु मात्रै पर्याप्त हुने छैन । तिनीहरुको गुणस्तर सुधार गर्नु पनि आवश्यक हुनेछ । गुणस्तर सुधारका लागि शिक्षकहरुलाई उचित तालिम दिनु र तिनीहरुलाई उत्प्रेरित गर्नु आवश्यक छ । आवश्यक योग्यता नभएका व्यक्तिहरुलाई हतारमा नियुक्त गरेर धेरै देशहरुले शिक्षक संख्यामा बृद्धि गरेका छन् । 

शिक्षक पदस्थापनामा देखिएको असमनाता हटाउनुपर्छ 
कुल शिक्षक संख्या र औसत विद्यार्थी शिक्षक अनुपातले वास्तवमा देशहरुभित्रै शिक्षकहरुको असमान वितरणलाई लुकाएका हुन सक्छन् । यसले समाताको मुद्दा उठान गर्दछ । साधारणतया सरकारी र गैरसरकारी सेवा प्रदायकबीच प्रष्ट र धेरै समयदेखिको खाडल छ । धनी विद्यालयको तुलनामा स्रोतसाधन कम भएका विद्यालयमा कम तयारी गरेका शिक्षकहरुले पढाँछन् । विगत एक दशकमा सरकारहरुले शिक्षक पदस्थापना गर्दा, शिक्षक परिचालनसँग सम्बन्धित चुनौतिहरुको सामना गर्न धेरै उपायहरु अपनाएका छन् ः केन्द्रीकृत परिचालन, सुविधाहरु जस्तै बासको व्यवस्था, आर्थिक लाभ र छिटोछिटो बढुवा अनि स्थानीय शिक्षकहरुको नियुक्ति । 

करारका शिक्षकको बढ्दौ प्रयोगप्रति चासो 
विद्यार्थी भर्नामा बृद्धि भएपछि शिक्षक पनि धेरै चाहियो । समस्या समाधान गर्न केही विकसित देशका सरकारले ठूलो संख्यामा करारमा शिक्षक नियुक्त गरे । करारमा नियुक्त शिक्षकहरुले धेरै असुविधा सहेर काम गर्नुपर्ने हुन्छ । जागिरको सुरक्षा हुँदैन । अनि तिनीहरुको तलब पनि स्थायी शिक्षकहरुको भन्दा कम नै हुन्छ । निजामति सेवा अन्तर्गतका शिक्षकहरुको तुलनामा करारमा नियुक्त शिक्षकहरुले तालिम प्राप्त नगरेको वा एक महिनाभन्दा कम तािलम गरेको हुने संभावना बढी हुन्छ । प्रश्न उठ्छ के करारमा नियुक्त शिक्षकहरु निजामति शिक्षकहरु जत्तिकै प्रभावकारी हुन सक्छन् त ? करार शिक्षकहरु ती समुदायकका विद्यालयहरुमा प्रभावकारी देखिएका छन् जहाँ शिक्षाका अभिभावकको वा समुदायको संलग्नता बलियो हुन्छ ।

कक्षा समयको पूरा उपयोग 
शिक्षकले कक्षाकोठाको शिक्षण अवधि बढाउन सकेमा विद्यार्थीको ज्ञानमा अभिबृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय नियोगहरुले प्राथमिक विद्यालयहरुलाई प्रत्येक वर्ष ८५० देखि १००० घण्टा सञ्चालनमा रहन सुझाएका छन् । तर वितेको दशकमा संसारभरि प्राथमिक र निम्न माध्यमिक कक्षामा औषत वार्षिक शिक्षण अवधि घटेर एक हजार घण्टाभन्दा पनि तल झरेको छ ।
खास गरी गरिव समुदायहरुमा शिक्षक अनुपस्थित हुँदा, सरुवा भएका शिक्षकको पदस्थापनमा ढिलाइ हुँदा, शिक्षकहरु तालिममा सहभागी हुँदा, बन्दहडताल हुँदा र सशस्त्र द्वन्द्वका कारण विद्यालयहरुले छुट्याएको वार्षिक शिक्षण अवधि झन छोट्टिएको छ । 

धेरै गरिव देशहरुमा प्राथमिक विद्यालय बजेटमा शिक्षक तलबको हिस्सा सबैभन्दा बढी छ 
न्यून तथा निम्न माध्यम आय भएका देशहरुमा प्राथमिक शिक्षाको कुल चालु खर्चमा शिक्षक तलबको हिस्सा सरदर ८२ प्रतिशत थियो । उच्च आय भएका देशहरुमा भने सो को औषत ६४ प्रतिशत थियो । यसले गर्दा धेरै देशहरुमा गुणस्तर सक्षमता हासिल गर्ने लक्ष्यतर्फ स्रोतको कमी भएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै शिक्षासचिव विश्वप्रकाश पण्डितले शिक्षकले राजनीतिक दलको सस्यता लिँदासम्म पूर्ण समयसम्म कक्षाकोठामा रहेर पढाउन नसक्ने बताउनुभयो ।
उहाँले राज्यले सामुदायिक विद्यालयको पूर्वाधारमा लगानी बढाउन नसकेको बताउनुभयो ।
शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमालले मुलुकभरि २७ हजार शिक्षक अभाव भएको उल्लेख गर्दै यसले गर्दा गुणस्तरमा प्रभाव परेको बताउनुभयो ।
युनेस्को नेपालका शिक्षाविद् तपराज पन्तले गरिव बालबालिकालाई विद्यालयमा ल्याउन कठिन भएको र ल्याइएपछि उनीहरुलाई टिकाउन झन् गाह्यो भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले युरोपेली मुलुकले प्रतिवर्ष प्रतिविद्यार्थी आठ हजार अमेरिकी डलर खर्च गर्ने गरेको भए पनि नेपालले एक सय अमेरिकी डलरमात्र खर्च गर्ने गरेको उल्लेख गर्नुभयो ।
सहसचिव डा. हरि लम्सालले पहँुच, गुणस्तर र व्यवस्थापनमा नै वितेका १५ वर्षमा नेपाल रुमल्लिनुपरेको गुनासो गर्नुभयो । 
source:educationkhabar.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...