Skip to main content

छोराछोरी सरकारी विद्यालयमै पढाउँ भन्दा शिक्षकको जागिर चट्


shiv-kumar-pathak_

सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा नै पढाउनुपर्छ भन्दा एक शिक्षकको जागीर चट् भएको छ । सो माग राख्दै अदालत पुगेपछि निज शिक्षकलाई सरकारले बर्खास्त गरेको छ ।
उनले केहि दिन पहिला सरकारी विद्यालयको अवस्था विग्रीएको र यसको सुधारका लागि सम्पूर्ण सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने माग गर्दै अदालतमा मुद्धा दायर गरेका थिए ।
उनको मुद्धामा सुनुवाइ गर्दै भारतको इलाहाबाद उच्च अदालतले सम्पुर्ण सरकारी तलव सुविद्या खाने कर्मचारीहरुले अनिवार्य रुपमा प्राथमिक तहमा पढाउनुपर्ने फैसला गरेको थियो । फैसलापछि उत्तरप्रदेश राज्यका सम्पूर्ण सरकारी सुविधा लिने मन्त्री, सांसद, विधायक, डाक्टर, वकिल, कर्मचारी शिक्षकहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ ।
यस फैसलाबाट आगो बनेको सरकारले मुद्धा दायर गर्ने शिक्षक पाठकलाई जागीरबाटै बर्खास्त गरेको हो । विना जानकारी १२ दिनसम्म विद्यालयमा गैरहाजीर भएको आरोप लगाउँदै जिल्लाशिक्षा कार्यालयले उनलाई जागिरबाट बर्खास्त गरेको हो ।
तर शिक्षक पाठकले भने आफुले विद्यालयबाट विदा लिएरै गयल भएको दावी गरेका छन् । उनले आफ्नो बर्खास्तीको कारण अदालतको आदेश भएको समेत दावी गरेका छन् । गएको भाद्र १ गते उच्च अदालतले सो फैसला गर्दै त्यसलाई शिक्षा सुधारको लागि ऐतिहासीक कदम भएको बताएको थियो ।
सुल्तानपुर जिल्ला लम्भुवा तहसील निवासी शिक्षक पाठक सोहि गाउँका नजिकै रहेको पाण्डेपुर प्राथमिक विद्यालयमा कार्यारत थिए । उनी सो समय शिक्षक प्रशिक्षणको जिम्मेवारीमा थिए । विदा लिइएको भएपनि सरकारले विरामी बाहेक अन्य विदामा गैरहाजीरी हुन नपाउने भन्दै बर्खास्त गरेको हो ।
अदालतले सम्पुर्ण सरकारी कर्मचारीका छोराछारीलाई सरकारी विद्यालयमा पढाउन आदेश दिएपछि उत्तरप्रदेश सरकारलाई कार्यान्यनको चुनौती थपिएको थियो । यसले सरकारलाई नै दबाबमा पारेको थियो । यसले भारतभर हंगामा नै मच्चाएको थियो । कतिपय अन्य राज्यहरुमा समेत यस किसीमको माग राख्दै अदालतमा मुद्धा पर्ने क्रम बढेको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...