Skip to main content

हामी शिक्षक

bnkoirala edupati
प्रा.डा. विद्यानाथ कोइराला
बहस

हिजो र आजका हामी
संस्कारले हामीलाई तरेली (hierarchy) मा बस्न सिकायो । त्यसैले हामी तरेलीमै हुर्कियौँ । त्यहीँ शिक्षण गर्न थाल्यौँ । शिक्षण गर्दा पनि हामी तरेलीमै रहयौँ । त्यसैले विद्यार्थीभन्दा हामी ठूलो । एसएलसी नगर्ने भन्दा गर्ने ठूलो । एसएलसीभन्दा आइए ठूलो, आइएभन्दा बिए । बिएभन्दा एमए, एमएभन्दा पिएचडी । यही बुद्धि हामीले कक्षाकोठामा हाल्यौँ । क्याम्पस र विश्वविद्यालयमा पढ्ने ठूला, स्कुले साना ।

अझ बाल विकास झन् सानो । प्राथमिक कक्षा पनि त्यही हो । परिणामतस् हाम्रा व्यवहार प्नि त्यस्तै बने । बच्चाहरू पिट्ने, ठूलासँग पिटिएला कि भनी डराउने । तर, अहिलेको समता र समानताको बुद्धिले हाम्रा सोचमा फरक ल्याउँदै छ । बोलीमा फरक, तँबाट तपार्इंमा । हजुरमा । त्यसैले विद्यार्थीलाई ‘तँ’ भन्न डराउँछौं । तपार्इं र हजुर भन्न थालेका छौँ र सिकाएका पनि छौँ । यस अर्थमा हाम्रो बोलीको तह भत्किँदै छ । त्यही भत्काइमा हामी अभ्यस्त हुँदै छौं । बालमैत्री बसाइको अवधारणाले हाम्रो हैकमी बसाइमा चुनौती ल्याएको छ ।
विद्यार्थी र आफ्नो तहको फरक घटाउँदै लगेको छ । शिक्षक संघ, संगठन, युनियन र महासंघको अवधारणाले हामीलाई हिजोको तहबाट झिक्तै छ । नयाँ तह बन्दै छ । नेतृत्वको तह । नेतृत्वमा हुने ठूला, अरू साना । शक्तिकेन्द्र नजिक हुने ठूला, नहुने साना । किनकि त्यहाँ सबै तहका शिक्षकको प्रतिनिधित्व हुन पुग्यो । नयाँ गतिशीलता जन्मियो । विद्यार्थी युनियनले पनि त्यही कुरा देखायो । बाल अधिकारको चिन्तनले पिट्ने संस्कारमा चुनौती दियो । गाली गर्ने संस्कारलाई हतोत्साहित गर्‍यो ।
परिणामतस् हामी शिक्षकले विद्यार्थी तह लगाउने रणनीति बदल्न थाल्याँै । हिजो हामी शिक्षक जानकार थियौँ, विद्यार्थीभन्दा जान्ने । आजको बढ्दो प्रविधि मोहले स्थिति भिन्न गराएको छ । बालबालिका जान्ने बनेका छन् । हामी क्रमशस् नजान्ने बन्दै छौँ । यस स्थितिमा संज्ञानात्मक चिन्तनका हामी निर्माण र विनिर्माणमा रूपान्तरित हुन बाध्य छौँ । कोही स्वेच्छाले पनि रूपान्तरित भएका छौँ ।
अलमलिएका हामी
हिजो हामीलाई कुनै न कुनै आड थियो । धर्मको आड । संस्कृतिको आड । सम्प्रदायको आड । राजनीतिको आड । अहिले आडहरू खुस्किँदै छन् । मूलत:    राजनीतिक आड कमजोर भएको छ । साम्यवादीहरू शत्रु खोजिरहन्थे । अब शत्रु नै रहेनन् । प्रजातन्त्रवादीहरू लोकतन्त्र भनिरहन्थे । देश लोकतान्त्रिक गणतन्त्र बनिसक्यो । प्रजातन्त्रवादीले खोजेको लोकतन्त्र । साम्यवादीले खोजेको गणतन्त्र । संस्कारतन्त्रीहरू राजा खोज्थे । तिनको नेतृत्व क्षमता कमजोर भइसक्यो । पुस्तौनी हस्तान्तरणको सम्भावना पनि कम हुन पुग्यो ।
जात–जातीय, भाषिक, धार्मिक, क्षेत्रीय राजनीतिज्ञ बलवान् बनिसके । शक्ति सन्तुलन फेरबदल गर्नसक्ने भइसके । यस स्थितिमा हिजोका आड सबै मक्किए । परिणामतस् शिक्षक अल्मलिन थाल्यौँ । मक्किएकै आडमा अडिने कि रु नयाँ आड खोज्ने कि रु यही वेलामा राजनीतिज्ञले भन्न थाले, अब शिक्षा बदलौँ । बदल्ने तपाईंहरूले हो । यो भनाइले हामीलाई आडबोधबाट झिक्न थाल्यो । कर्तव्यबोधमा लान थाल्यो । हाम्रा संघ–संगठन र महासंघले पनि हामीलाई कक्षाकोठामै धकेल्न थाले । परिणामतस् हाम्रा हिजोका आडमा आफैँले प्रश्न गर्ने परिवेश बन्यो ।
यस स्थितिमा हामी अलमलमा रह्यौँ । आड फेर्ने कि आदत फेर्ने रु आड फेरेर जिउन बढ्दो जनसचेतनाले पनि दिएन । त्यसैले हाम्रो अलमल अब सङ्लिन थालेको छ । कक्षाकोठा पहिला । अधिकार दोस्रो । यसरी हामीले अलमलिने बिन्दू फोर्न थालिसक्यौँ । कति शिक्षकले पहिले नै अलमल तोडेका थियौँ । कति अहिले तोड्ने क्रममा छौँ । कति दाउ खोज्दै छौँ । कोही सेवा परिवर्तन गर्ने मुडमा छौँ ।
अपेक्षित हामी
हामीलाई सबैले वर्गीकरण गरिसके । कोही चाहनावाला । कोही बहानावाला । कोही साधनावाला । कोही नजान्नेवाला । कोही अटेरवाला, अलमस्तीवाला । यो चिनारीले हामीलाई बाटो दिएको छ । चाहनावालाहरूले अरूले के गरे म के गर्नसक्छु भन्नुपर्ने भयो । घरछिमेकीसँग सिक्ने । स्वनामधन्य निजी स्कुलसँग सिक्ने । राम्रा सरकारी स्कुलसँग सिक्ने । आफ्नै अनुभूतिसँग सिक्ने । बहानावालाहरूले कि त मैदान छोड्ने वा चाहनावाला बन्ने । साधनावालाहरू नवीन खोजमा लाग्ने । नजान्नेवालाहरूले चाहनावालाहरूको तरिका अपनाउने । अटेरवाला र अलमस्तीवालाले बाहनावालाको नियति भोग्ने ।
समकालीन समुदायले यही खोजेको छ । त्यसका निम्ति हामीले आधुनिक प्रविधिको प्रयोग गर्न थाल्नुपर्छ । मोबाइलबाट कसरी पढाउने भनेर, रेडियो र टिभीबाट कसरी सिकाउने भनी घोत्लिएर । पत्रिकाबाट कसरी अध्ययन गराउने भनी सोचेर । अन्तर्वार्ता, अवलोकन र प्रत्याभूतिबाट कसरी ज्ञान अर्जन गर्ने भनी चिन्तनशील भएर । किताबबाट मात्रै पढ्ने, पढाउने दिनहरू गए । त्यसैले अबको विद्यार्थीले शिक्षासम्बन्धी जानकारी दिने वेबसाइट खोजे ।
बाल वेबसाइट, युवा वेबसाइट, जनावरसम्बन्धी वेबसाइट । विज्ञानसम्बन्धी वेबसाइट । थ्रिजीका प्रयोगकर्ताले जहाँ पनि खोज्ने भए । वाइफाईका पहुँचवालाले निश्चित ठाउँमा खोज्ने भए । यी पहुँचवाला अरूका शिक्षक बन्ने भए । बनाउनैपर्ने भयो । अबको विद्यार्थी जहाँ पनि विषयवस्तु देख्ने भयो । कारण खोज्ने भयो । असरको विश्लेषण गर्ने भयो । यस स्थितिमा भोलिको शिक्षकले खोजाउनुपर्ने भयो ।
किन स्टिलको गिलासमा राखेको चिया बढी तातो भयो रु किन काँचको गिलासमा राखेको चिया कम तातो भयो ? किन प्लास्टिकको गिलासमा चिया खानुभन्दा माटोको भाँडामा चिया खानु उपयुक्त ठानियो रु प्रत्येक कुरामा उसले कारण खोज्छ । असर खोज्छ । ती दुईको सम्बन्ध खोज्छ । ख्यालख्यालमै विज्ञान बुझिसक्छ ।
त्यही चियामा चिया कति छ ? पानी कति  ?  चिनी कति ?  यी थरीथरीका गिलासको आकारमा चिया कति जान्छ ? यो खोजले भोलिको विद्यार्थीले गणित बुझिसक्छ । अनुपात । नाप । नापको किसिम । विभिन्न भाँडामा चिया पिउँदाको अनुभूति खोज्छ । अनुशरणात्मक अनुभूति । अनुकरणात्मक अनुभूति । आत्मानुभूति । यसो गर्दा विद्यार्थीले साहित्य बुझिसक्छ ।
आ–आफ्ना भाषाको साहित्य । एक–अर्काको भाषामा रूपान्तरण गर्दाको अप्ठेरो तथा मज्जाको साहित्य । यसरी हेर्दा भोलिको विद्यार्थी किताबमा अटाउँदैन । किताब, जीवन र कल्पनाबीच अन्तरसम्बन्ध खोज्छ । यही अन्तरसम्बन्धबाट ऊ विज्ञ बन्छ । बनेकै छ । किनकि ऊ जन्मँदै धेरै पाते भएको छ । हामी थरीथरीका शिक्षक छौँ । बजारका होटेलजस्ता । भोलिको विद्यार्थीले हामी कुनथरी भनी खोज्दैन । बरु किन स्विकार्‍यौँ त त्यो सर्त भन्न थाल्छ । त्यो भनाइले हामीलाई थप ग्लानि दिन्छ । यो ग्लानिबाट बच्न हामीले शिक्षक महासंघलाई गुहार्नुपर्छ । अर्थात् यो आन्तरिक समस्या बन्न जान्छ । अहिलेको जस्तो सार्वजनिक बन्दैन ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एवं संयुक्त राष्ट्रसंघीय संस्थाका कर्मचारीको तलबजस्तो हुन्छ । कसैले कसैलाई नभन्ने तलब । नभन्ने सुविधा । त्यस स्थितिमा दुई चिन्तन हुन्छ । घटाघट । न्यूनतमबाट बढाबढ । यी दुवै अवस्थामा शिक्षकले आफूलाई ‘काम नै भगवान्’ भन्ने चिन्तन बोक्नुपर्ने हुन्छ । काम नगरी दाम लिए हरामीको खाना हुन्छ भन्ने सोच लिनुपर्छ । परिणामतस् झुन्डिएर, थर्काएर र भनसुन लगाएर जागिर अड्याउने अहिलेको संस्कार स्वतस् बदलिन्छ । 
निचोड
हामी के थियौँ प्रश्न रहेन । के बन्न चाहन्छौँ भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी बन्यो । साधक ?  त्यसो भए नवीन सोचका धनी बनौँ । चाहनावाला ?  त्यसो भए जे पनि, जहाँ पनि र जोसँग पनि सिक्न थालौँ । मैदान छाड्ने रु त्यसो भए खुसीसाथ नयाँ पुस्तालाई ठाउँ दिऔँ । खराब रु त्यसो भए बदनाम बनिरहौँ । शिक्षक समुदायलाई बदनाम गराइरहौँ । हाम्रै रहरमा भोलिको नेपालको भविष्य छ ।
सोचौँ बहानाबाजका हिजोका आडहरू मक्किइसके । अब थाम्ने कोही छैनन् । हुँदैनन् । थामिहाले भने पनि त्यो बाल्यावस्थामा ओछ्यानमा पिसाब गर्दाको तातोझैँ हो । निर्णय हामी शिक्षकको, व्यक्तिगत रूपमा, सामूहिक रूपमा ।
साभार :नयापत्रिका

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...