Skip to main content

प्रस्तावित विद्यालय शिक्षा नीति,२०७२ --- प्रा.डा. विद्यानाथ कोइराला


शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा नीति कस्तो हुनुपर्दछ भनेर व्यक्तिगत रुपमा मस्यौदा तयार गर्नुभएको छ । उहाँले वहस सिर्जना गर्न यो मस्यौदा तयार गर्नुभएको हो । मस्यौदाका प्रतिहरु उहाँले शिक्षा मन्त्रालयका पदाधिकारीहरुलाई पनि हस्तान्तरण गर्नुभएको छ । उहाँले यसबारेमा आफ्ना सुझावहरुको पनि अपेक्षा गर्नुभएको छ । 

प्रस्तावित विद्यालय शिक्षा नीति,२०७२

नीति १ः– सबै बालबालिकालाई अनिवार्य एवं निशुल्क रुपमा आधारभूत शिक्षा उपलव्ध गराइने छ । 
रणनीतिः– स्थानीय सरकारले अनिवार्य तथा निशुल्क शिक्षाको जिम्मेवारी लिने छ ।कार्यनीतिः– बालबालिकाको सामाजिक एवं आर्थिक अवस्थालाई दृष्टिगत गरी अनिवार्य एवं निशुल्क आधारभूत शिक्षाको लागि नियमित एवं खुला मोड प्रणाली लागु गरिने छ । स्थानीय विद्यालयमार्फत द्वैध मोड लागु गरिनेछ । अनौपचारिक शिक्षा सञ्चालक तथा तिनका संयन्त्रहरु विद्यालयद्धारा सञ्चालित द्वैध मोड प्रणालीलाई प्राविधिक सहयोग उपलव्ध गराउँने छन् । 
क्Should we say something about how economically disadvantaged region (where local govt can't raise fund to invest in education) will manage.।

नीति २ः– खुला शिक्षालयहरुलाई सँस्थागत गरिने छ । 
रणनीतिः– उपलव्ध आम सञ्चारका साधनहरुको उपयोग गरिने छ ।
कार्यनीतिः– आम सञ्चारका साधनहरुलाई एक अर्काको परिपूरक हुने गरी विकसित गरिने छ ।तीनै तहका सरकारको तहमा कार्यान्वयन भएका खुला शिक्षालयका कार्यक्रम सम्वन्धी प्रतिक्रिया बटुल्न र आवश्यक सर सल्लाह दिन आम सञ्चारसंग सम्बद्ध व्यक्तिहरुलाई सञ्चालन गरिने छ । खुला शिक्षालयहरुलाई औपचारिक शिक्षालयका पूरक एवं स्वतन्त्र डिग्री प्रदायक सँस्थाको रुपमा विकसित गरिने छ । 

नीति ३ः– प्राविधिक एवं व्यावसायिक शिक्षालय प्रभावकारी बनाउँन तीन खुट्टे नीति अपनाइने छ । पहिलो खुट्टा अन्तर्गत एकल तथा बहु प्राविधिक÷व्यावसायिक शिक्षालयहरुको विस्तार गरिने छ । दोस्रो खुट्टा अन्तर्गत परियोजना कार्य तथा अन्य शैक्षणिक उपायबाट सबैलाई प्राविधिक तथा व्यवसायउन्मुख बनाइने छ । तेस्रो खुट्टा अन्तर्गत विशेष तालिम दिने सँस्थाहरुसँग सहकार्य गरिने छ । 
रणनीतिः–निजी तथा सरकारी संघ सँस्थाहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तारका लागि क्रियाशील बनाइने छ । 

कार्यनीतिः– जिल्लाका कुन कुन विद्यालयमा के कस्ता संभावनाहरु छन् भनी खोजी गरिने छ । संभावनाको आधारमा विद्यालयले अनिवार्य रुपमा उल्लेखित तीनवटै,, दुईवटा, वा कुनै एउटाखुट्टाको उपयोग गर्ने छ । 

नीति ४ः– बहुमोडेलका बालविकास कार्यक्रमहरुको परीक्षण एवं सञ्चालन गरिने छ । 
रणनीतिः– एकल, द्वैध, वा एकीकृत बहुमोडेलका बालविकास कार्यक्रमहरुको परीक्षण एवं सञ्चालन गरिने छ । 

कार्यनीतिः– केन्द्रमा आधारित बालविकास कार्यक्रम सञ्चालन गरिने छ । विद्यालयमा आधारित बालविकास कार्यक्रम सञ्चालन गरिने छ । छरिएको वस्तीका लागि घरमा आधारित बालविकास कार्यक्रम सञ्चालन गरिने छ ।विद्यालय एवं क्याम्पसका विद्यार्थीहरुलाई बालविकास कार्यक्रमको अभिमुखीकरण गरिने छ । 

नीति ५ः सबै तहका शैक्षिक कार्यक्रमहरुलाई सुनिश्चित ढँगले गुणस्तरीय बनाउनका लागि बहुबैकल्पिक उपायहरु अपनाइने छ । 
रणनीतिः– शिक्षक, अभिभावक, एवं विद्यार्थीको तयारी गरिने छ । आवश्यकता अनुसारका भौतिक सुविधाहरु उपलव्ध गराइने छ । सरकारका तीनवटै तहका लागि अपेक्षित गुणस्तर मापकहरु तयार गरिने छन् । 

कार्यनीतिः– स्वतालिम, जोडी–तालिम, समूह तालिम र सामूहिक तालिमका प्याकेजहरु बनाइने छ ।निर्मित तालिम प्याकेजहरुलाई सञ्चारका बहु साधनहरुमार्फत सबैका पहुँचमा पु–याइने छ । विद्यार्थी, शिक्षक एवं अभिभावहरुको अध्ययन चक्र (reading circle) बनाइने छ । अध्ययन चक्रहरुको सञ्चालन गरी शिक्षक, विद्यार्थी र अभिभावकमा अध्ययन संस्कृति (भिबचलष्लन अगतिगचभ) को सुनिश्चित गरिने छ । सरकारका तीनै तहका लागि निर्धारित शैक्षिक गुणस्तरमापन अनुसार प्रत्येक शिक्षण सँस्थाहरुले आफनो शैक्षिक स्तर सुनिश्चित गर्नेछन् । 

नीति ६ः– शैक्षिक अनुसन्धानलाई सँस्थागत गरिने छ । 
रणनीतिः– सबै तहका शिक्षक एवं विद्यार्थीलाई अनिवार्य रुपमा अनुसन्धानमा संलग्न गराइने छ । 
कार्यनीतिः– शिक्षणकलाको रुपमा अनुसन्धानलाई सँस्थागत गरिने छ । माथिल्ला कक्षाहरुमा शिक्षक, विद्यार्थी एवं अभिभावकको सहभागितात्मक अनुसन्धान कार्य लागु गरिने छ । प्रत्येक शिक्षालयमा अनुसन्धान कोष खडा गरी त्यसैबाट अनुसन्धानलाई सँस्थागत गरिने छ । 
रणनीतिः– सानै तहदेखि सिकाइ संस्कृतिको विकास गरिने छ । सिकाइ संस्कृतिलाई विविध उपायहरुबाट सँस्थागत गरिने छ । 
कार्यनीतिः– विद्यार्थीलाई सर्जक लेखाइका लागि उत्प्रेरित गरिने छ । एक अर्काले लेखेका कुराहरु पढ्ने पढाउने संस्कारलाई सँस्थागत गरिने छ । टोल टोलमा पुस्तकालय र सिकाइ स्थान (learning node) स्थापना गरिने छ । सिकाइ चक्रलाई सँस्थागत गरिने छ । विभिन्न स्रोतबाट आर्जेका ज्ञान एवं सीप बाट्न सिकाइ आदान प्रदान गर्ने प्रबन्ध मिलाइने छ ।

नीति ७ः– अनौपचारिक शिक्षालाई औपचारिक शिक्षाको समकक्षी, परिपूरक र प्रतिस्पर्धी बनाइने छ । 
रणनीतिः– पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक, अभिभावक र विद्यार्थीलाई अद्यावधिक गरिने छ ।अद्यावधिक गर्न आम सञ्चारका साधनहरुको सँस्थागत प्रयोग गरिने छ । 
कार्यनीतिः– समकक्षता सूची तयार पारिने छ। सबै विद्यार्थीलाई परिपूरक कोर्षको रुपमा अनौपचारिक शिक्षा मार्पmत सांदर्भिककोर्षहरु पढ्न अनिवार्य गरिने छ । मौखिक साक्षरता देखि खुला शिक्षा तहसम्मका सबै शिक्षार्थीलाई स्व सिकाइ, जोडी सिकाइ, समूह सिकाइ, जन सिकाइ (mass learning) का कार्यक्रममा आवद्ध गरिने छ । सीप र ज्ञान दुवै खाले सिकाइमा कार्यक्रम सञ्चालन गरिने छ । एक अर्को धारबाट पढेकाको समकक्षताका लागि गुणस्तर नपुगेमा पुलेसा कोर्षहरु सञ्चालन गरिने छन् । 

नीति ८ः– खुला शिक्षालयहरु सञ्चालन गर्ने दुई खुट्टे नीति अवलम्बन गरिने छ ।
रणनीतिः– सबै शिक्षालयहरुले अनिवार्य रुपमा द्वैध मोड सञ्चालन गर्ने छन् । केन्द्रले खुला शिक्षालयका कार्यक्रमहरुको संयोजन र नियमन गर्ने संयन्त्र बनाँउने छ रकार्यक्रमको अनुगमन गर्ने छ । 
कार्यनीतिः– सरकारका तीनै तहले शिक्षालयको क्षमता आँकलन गर्नेछनु । क्षमता अनुसार शिक्षालयले मौखिक साक्षरताका सूचना शिक्षादेखि लिखित साक्षरतासम्मको बहुकार्यक्रमहरु लागु गर्नेछन् । उपलव्ध संचारका साधनहरुले एक अर्काका परिपूरक हुने गरी खुला शिक्षालयका शिक्षार्थी सुहाँउदा पाठ्य÷दृश्य, श्रव्य सामग्री प्रसारित गर्नेछन् । 

नीति ९ः– निजी शैक्षिक सँस्थाहरुको व्यवस्थापन र नियमन गरिने छ । 
रणनीतिः– सरकारका तीनै तहले कहाँ र कस्तो ठाँउ वा समुदाय विशेषका लागि के कस्तो निजी शिक्षालयहरुका आवश्यकता पर्छ भनी यकिन गर्नेछन् । यकिन गरिएको आधारमा कार्यक्रम तोकी निजी शिक्षण सँस्थाहरुलाई कार्य गर्ने प्रबन्ध मिलाइने छन् । 
कार्यनीतिः– व्यवस्थापन गरिएका निजी शिक्षण सँस्थाहरुको लगानी सुरक्षाको पूर्ण प्रत्याभूति दिइने छ । निजी र सरकारी शिक्षालाई एक अर्काको प्रतिस्पर्धी एवं परिपूरक बनाइने छ । 

नीति १०ः– शिक्षालयदेखि केन्द्रसम्मको शैक्षिक लगानीलाई सूत्रीय ढँगले व्यवस्थित गरिने छ ।
रणनीतिः– केन्द्रदेखि शिक्षालयतहसम्मको लगानी सूत्र विकसित गरिने छ । सूत्रहरुलाई पारदर्शी गरिने छ । 
कार्यनीतिः– कुल आम्दानीको कम्तिमा ६०% शिक्षक तलबमा खर्चिइने छ । निजी शिक्षालय सञ्चालकहरुले १५% नाफा लिनेछन् । सबैखाले शिक्षालयहरुले ५% रकम शैक्षिक सामग्रीमा खर्चिने छन् । बाँकी २०% चाँहि विद्यालय विकासमा खर्चिने छन् । स्थानीय सरकारले आफनो आम्दानीको कम्तिमा १०% रकम शिक्षा विकासको निम्ति खर्चिने छ । यसका लागि उसले शिक्षा कर लगाउने छ । 
नीति ११ः– विद्यार्थी, शिक्षक, एवं कर्मचारी कल्याण कार्यक्रमलाई व्यवस्थित गरिने छ । 
रणनीतिः– सेवा, ऋण सुविधा, विशेष सहयोगको प्रबन्ध गरिने छ । 
कार्यनीतिः– एउटा गाँउमा कम्तिमा एक सार्वजनिक पुस्तकालयको प्रबन्ध गरिने छ । विशेष समूह र विषम आर्थिक परिस्थितिका विद्यार्थीहरुलाई छात्रवृत्ति र आवास सुविधा उपलव्ध गराइने छ । विद्यालयमा रहँदै वा विद्यालय छोडेपछि व्यवसाय शुरु गर्न आवश्यक पर्ने ऋण प्रदान गरिने छ । यी सबै कार्यका लागि प्रत्येक विद्यालयमा स्वदेशी तथा विदेशी दाताको सहयोगमा अक्षयकोष स्थापना गरिने छ । 

नीति १२ः– प्रधानाध्यापकलाई शैक्षिक व्यवस्थापनको जिम्मेवार व्यक्ति बनाइने छ । 
रणनीतिः– विद्यालय तहको सर्वस्वीकृत कार्ययोजना सहितको आवधिक प्रधानाध्यापकको व्यवस्था गरिने छ । 
कार्यनीतिः– विद्यालय विकासको प्रस्तावित शैक्षिक कार्ययोजनाको आधारमा प्रतियोगीतात्मक रुपले प्रधानाध्यापक नियुक्त गरिने छ । प्रधानाध्यापक स्वयंले बनाएकोकार्ययोजनाको कार्यान्वयन भए÷नभएको कुराको लेखाजोखा गर्न सम्बन्धित विद्यालयको शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाप्रेमी, राजनीतिज्ञ सहितको ७ सदस्यीय समिति गठन गरिने छ । काम समाप्त भएपछि समिति स्वतः विगठन हुने छ । समितिको लेखाजोखा अनुसार प्रधानाध्यापकको मूल्याँकन गरिने छ । प्रत्येक ३ वर्षको मूल्याँकनको आधारमा प्रधानाध्यापक पदमा बहाल राख्ने, सरुवा गर्ने, वा निस्कासन गर्ने प्रबन्ध गरिने छ । 

नीति १३ः– भाषिक व्यवस्थापनका लागि अनेकन् उपायहरु अवलम्बन गरिने छ । 
रणनीतिः– भाषिक अवस्थिति अनुसार भाषिक व्यवस्थापन गरिने छ । 
कार्यनीतिः– एकल भाषी समूह मात्र भएको कक्षा वा विद्यालयमा क्रमशः नेपाली धाषामा भाषिक स्थानान्तरण गर्ने प्रबन्ध मिलाइने छ । द्विभाषी कक्षा वा विद्यालयमा द्विभाषी शिक्षणकला अपनाइने छ । बहुभाषी कक्षामा भाषिक सहअस्तित्व (एक अर्काको भाषा सिक्ने सिकाउने, भाषिक कुना बनाउने र सबैका भाषामा सहजीकरण गर्ने) को शिक्षणकला लागु गरिने छ । विद्यार्थी, शिक्षक, अभिभावक निर्मित बहुभाषी शव्दकोष एवं बाक्यकोष बनाइने छ । 

नीति १४ः– शिक्षालाई व्यावसायिक, प्राविधिक र रोजगारोन्मुख बनाइने छ । 
रणनीतिःः–स्थानीय सरकार, परामर्श समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, विद्यार्थी, कर्मचारी, उद्यमी र स्थानीय रोजगारदाता तथा उद्यमीहरुसंग सहकार्य गरी शिक्षालाई व्यावसायिक, प्राविधिक र रोजगारोन्मुख बनाइने छ । 
कार्यनीतिः– पढाउने पाठको स्थानीयकरण गर्ने, सान्दर्भिकरण गर्ने, राष्ट्रिय मापदण्ड अनुरुपको बनाँने, र भूमण्डलीकरण अनुकुलको बनाउने तरीकाबारे आमसञ्चारका माध्यमबाट शिक्षक तयारी गरिने छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक र तिनले गरेका कामको लेखाजोखा गर्न बनाइने समितिले तदनुकुलको काम भए नभएको कुराको लेखाजोखा गरी आवश्यक सुझाव दिनेछन् । सुझाव अनुसार पुनः शिक्षणकला बदल्ने काम सम्बन्धित शिक्षकको हुनेछ ।

नीति १५ः– जन शिक्षाको उत्खनन् गर्ने, तिनको बैज्ञानिकता खोज्ने र विकसित गर्ने व्यवस्थालाई सँस्थागत गरिने छ । 
रणनीतिः स्थानीय सरकारको सहयोगमा विद्यालयहरुले आफना मानवीय एवं आर्थिक स्रोत परिचालन गरी जन ज्ञान(indigenous knowledge_) एवं सीपको खोजी गर्ने छन् । 
कार्यनीतिःमानवीय एवं आर्थिक स्रोत परिचालनगर्नका लागि शिक्षक, विद्यार्थी, अभिभावकका एकल वा संयुक्त कार्यक्रम बनाइने छन् । सरकारका तीनै तहमा ती जनज्ञान तथा सीपहरुको लिखत र अनलाइन सामग्री तयार पारिने छ । ती सामग्रीको आधारमा उच्च शिक्षाका शिक्षक, विद्यार्थीको सहकार्यमा थप शोध गरी आय आर्जनको संभावना खोजाइने छ । जनज्ञान र जनसीपलाई आधुनिक बनाँउन आवश्यक पर्ने सीप एवं ज्ञान जनसमुदायलाई प्रदान गर्न विद्यालयपिच्छे स्वैच्छिक समूह गठन गरिने छ । सो समूहलाई सम्बन्धित विद्यालयका शिक्षक एवं समुदायका विज्ञहरुले सघाउने प्रवन्ध मिलाइने छ । 

नीति १४ः– स्थानीय सरकारहरुलाई शैक्षिक व्यवस्थापनको लागि जिम्मेवार बनाइने छ । 
रणनीतिः– सरकारका तीनै तहमा सरकार, कर्मचारी, स्थानीय विद्यालय एवं सामुदायिक बुद्धिजीवीहरुको शैक्षिक व्यवस्थापन समिति गठन गरिने छ । समितिहरुले आ–आफ्ना क्षेत्रमा बालविकास कार्यक्रम, अनौपचारिक शिक्षा कार्यक्रम, निजी शिक्षालय, औपचारिक शिक्षालय र धार्मिक शिक्षालयहरुको नक्साँकन, व्यवस्थापन, मिलान (merger), भौतिक सुविधा र शिक्षक दरबन्दी र शैक्षिक गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी लिनेछ । 

कार्यनीतिः– तीनै तहका समितिहरुलाई सबल र सक्षम बनाउन आवश्यक पर्ने नीति नियमहरु बनाइने छ । बनाइएकाथप नीति नियमका आधारमा समितिले कार्यक्रम लागु गर्ने छ । 

नीति १५ः– विद्यार्थी एवं शिक्षकलाई समालोचनात्मक एवं सर्जक व्यक्ति बनाइने छ । 
रणनीतिः– समसामयिक विषयमा बहुदृष्टिकोणहरु निम्त्याइने छ । ती दृष्टिकोणहरुबाट आउने साझा तथा नवीन सोचहरु पहिल्याउने छ । 
कार्यनीतिः– विद्यालयपिच्छे दलीय आग्रह एवं पूर्वाग्रहका आधारमा साप्ताहिक रुपमा प्यानल बनाई विषयगत छलफल गरिने छ । अन्तरपुस्तैनी सीप तथा ज्ञानहरुको बारेमा विषयगत छलफल गरिने छ । सर्जक सोचहरु निम्त्याउने र तिनको परीक्षण गर्ने सँस्कार बनाइने छ । भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक एवं मानव सिर्जित समस्या र तिनका स्थानीय समाधानका बारेमा छलफल गरिने छ । जातजातीय, बर्गीय, धार्मिक, क्षेत्रीय, लैंगिक, अपाँगीय, भाषिक छुवाछुत जस्ता सामाजिक एवं आर्थिक विभेदका बारेमा प्यानल छलफल गरी स्थानीय तहमै समाधान खोजिने छ । खोजिएका समाधानका आधारमा विद्यालयले नै मानवीय समताका लागि तत्स्थानमा अभियान सञ्चालन गर्ने छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...