Skip to main content

म उपकुलपति हुनेछु -- प्रा.डा. मनप्रसाद वाग्ले


बलजफ्ती पढेर करै करमा
तीन चोटी ब्याक पेपर लागेर
स्नातकोत्तर उत्तीर्ण भएछु
धन्य कापी जाँच्नेहरु
मैले आफैंले चित्त नबुझाएको बिषयमा पनि
उच्चतम अंक प्रदान गरी मलाई उम्काएछौ

क्लास त टेकेकै छैन
तर पनि नोट सार्ने निहुमा एक दर्जन जति
साथी बनाइएछ
धन्य ती सच्चा मित्र जसले
चिट पास नगरेका भए
म आजसम्म लण्ठु हुनेथिएँ

कलेज नगएर पनि म व्यस्त थिएँ
पार्टी कार्यालयले मलाई जिम्मा दियो
सडकमा ढुंगा हान्ने र आन्दोलनमा मान्छे कुट्ने
लुट्ने चुट्ने र तह लगाउने
ठेक्का पट्टामा दादागिरी गरेर
पार्टीलाई धनी बनाउने

उमेर चढ्दै जाँदा झल्याँस्स भएछु
भोलीको मेरो भविष्य के होला
एउटा गतिलो ठाउँमा खुट्टा नटेके
न परिवारले पत्याउँछन् न छिमेकीले
पार्टी गुहारें र लुसुक्क विश्वविद्यालयमा छिरें
सहायक प्राध्यापक भएर

पार्टी कामले पढाउन गइएन बरु
काजमै पार्टीको काम गरियो
उपकुलपति आफ्नै पार्टीको भएकाले
कुनै रोकतोक बिना मस्ती गरियो
बरु सिनेट र कार्यकारी जस्तो शक्तिशाली ठाउँमा
जिम्मेवार सदस्य पड्काइयो

त्यसै कारण त नपढ़ाए पनि
बिद्याबारिधी नगरेपनि
आर्शिवादले प्राध्यापक बनियो
धन्य मेरा मूल्यांकनकर्ता 
जसले शक्तिकै पूजा गरे
र मलाई त्यो उच्च सम्मान दिलाए

मलाई यस्ता चिट्ठाले अझ हौस्यायो
पिएचडी गरे त उपकुलपति पो भइन्छ की जस्तो लाग्यो
काठमाडौँ कै कुनै कुनामा
केही लाख बुझाए पछि तीनै बर्षमा
डिग्री पाउने कुरा पत्ता लाग्यो
धन्य ती संस्था जसले यो देशमा म जस्ता लण्ठुलाई
धेरै गुण लगाई विद्यावारिधि दिलाएको छ
अनि त्यसैका कारण आज मेरो नाम
उपकुलपतिको खाली पदमा अग्रस्थानमा छ

मेरा बिगतका सफलता हेर्दा
म ढुक्क छु यस बर्ष पक्कै
यो देशकै प्रतिष्ठित विश्वविद्यालयको
म उपकुलपति हुनेछु 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...