शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको माग पुरा गर्न आफु तयार रहेको बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा नसुध्रने भन्दै उनले शिक्षकका सबै समस्याका समाधान हुनुपर्नेमा जोड दिए ।
नवनियुक्त शिक्षामन्त्रीलाई बधाइ तथा शुभकामना दिन गएको नेपाल शिक्षक महासंघको टोलीसँग मन्त्री पोखरेलले शिक्षकका माग र समस्याहरु अध्ययन गरेर समाधानमा पहल गर्ने बताएका हुन् ।
आफुले शिक्षाको जगदेखि नै परिवर्तन गर्न चाहेको भन्दै मन्त्री पोखरेलले यसका लागि सवैभन्दा ठूलो सहयोग शिक्षकहरुको रहेको बताए । अझैपनि उत्कृष्ट जनशक्ति शिक्षक पेशाप्रति आकर्षित हुन नसकेका भन्दै आफुले शिक्षामा सुधार गर्दै दक्ष जनशक्तिलाई शिक्षण पेशामा भित्राउन पहल गर्ने उनले बताए ।
शिक्षाको विकासबाट मात्रै मुलुक विकास हुने र गुणस्तरीय शिक्षकको विकासबाट मात्रै शिक्षा विकास हुने भन्दै पोखरेलले गुणस्तरी शिक्षक निर्माणमा आफुलाग्ने स्पष्ट पारे ।
शिक्षालाई संविधानले मौलिक हकको रुपमा परिभाषित गरिसकेकाले आफुले पनि यसलाई अधिकारवादी दृष्टिकोणले हेर्न चाहेको बताउदै उनले शिक्षामा सवैको पहुँच सुनिश्चित गर्न आफु लागि पर्ने बताए ।
म मन्त्री बन्नको लागि मात्रै नभइ शिक्षाको पुनसंरचना गर्नको लागि यसका रहेका तमाम चुनौति समाधान गर्नका लागि शिक्षामन्त्री भएको भन्दै मन्त्री पोखरेलले सवैले अनुभूति गर्ने गरी काम गर्ने बताए ।
आफुलाई शिक्षा क्षेत्रको जानकारी नभएकोले अहिले आफू विद्यार्थी जस्तै सिक्ने क्रममा रहेको भन्दै उनले सवैपक्षसँग बुझेर शिक्षा सुधारमा केन्द्रित हुने स्पष्ट पारे । शिक्षामा धेरै चुनौती देखेरै म मन्त्री भएको हुँ भन्दै मन्त्री पोखरेलले आफु चुनौती देखेर नभाग्ने बरु डटेर समाधान गर्ने बताए ।
तथ्याङक हेरेर मख्ख हुने भन्दा पनि जोड गुणस्तरमा दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले शिक्षाको गुणस्तर सुधार गर्न तल्लो तहबाटै सुधारको सुरुवात गर्ने बताए । शिक्षाका सवै सरोकारवालाहरुको संयुक्त प्रयासले मात्रै शिक्षामा परिवर्तन गर्न सकिने भन्दै मन्त्री पोखरेलले त्यसमा शिक्षकको भुमिका महत्वपूर्ण रहेको बताए ।
महासंघले शिक्षामन्त्रीलाई शिक्षकको आन्दोलनका वारेमा जानकारी गराएका थिए । शिक्षकहरुले महासंघ आन्दोलनमा रहेको र तत्कालका लागि मात्रै स्थगित गरिएको जानकारी गराउदै शिक्षकको माग पुरा गर्न आग्रह गरेको महासंघका महासचिव तिलक कुवँरले जानकारी दिए ।
शिक्षा ऐन संसदमा जानु राम्रो भएपनि त्यसमा शिक्षकसँग गरिएका सहमति र सम्झौता नसमेटीएका वारे शिक्षामन्त्रीलाई जानकारी गराइएको बताउँदै कुवँरले त्यसमा शिक्षकका माग समेट्न आग्रह गरिएको बताए । शिक्षकका कुरा सुनेपछि शिक्षामन्त्री पोखरेलले शिक्षकका माग सम्बोधन गर्ने प्रयास गर्ने बताएको कुवँरले जानकारी दिए ।
शिक्षामन्त्रीसँगको भेटमा महासंघका तर्फबाट महासंघका अध्यक्ष केशव निरौला, महासचिव तिलक कुवँर, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा, महासचिव लक्षमण पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटा, महासचिव शंकर अधिकारी, सचिव रमेश नेपाली, नेपाल शिक्षक संघका उपाध्यक्ष राजेन्द्रराज पौडेल, अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष घनश्याम पाठक लगायतको २० जनाको टोली सहभागी रहेको थियो ।
महासंघ र शिक्षामन्त्री विचको भेटघाटमा मन्त्रालयका कुनैपनि कर्मचारीको सहभागिता थिएन । शिक्षाका कर्मचारी सहभागि नहुनुलाई महासंघको नेतृतवले गम्भिर अर्थमा लिएको महासंघका महासचिव कुवँरले बताए ।
एक्सन रिसर्च सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...