Skip to main content

मेरा आफ्नै केही गजल , मुक्तक र कविताहरु

1.
"फूल, निलो आकाश'
फूल जस्तै सुन्दर मान्छे बन्न सकिएन 
किन यस्तो हुदो रैछ भन्न सकिएन
मौसमी पो हुँदो रैछ राम्रो फूल पनि
कति फुले कति झरे गन्न सकिएन
माथितिर निलो आकाश टोलाएर हेर्छु
किन छोप्छ बादलुले जान्न सकिएन
कति थिए चाहना, इच्छा अनि अभिलाषा
जिन्दगीको बाटो अझै खंन्न सकिएन
2072 -07-18
2
दुई दुई जोड्दाखेरी चार नभएपछि
नियम कानून बनाउनुको सार नभएपछि
नाच्न थाल्छन सांढेहरु उन्मत्त भै वरिपरि
वल्लो पल्लो छुट्टाउने बार नभएपछि

3  नेता
बर्गीय हित गर्छु भन्थ्यो, 
परि आए मर्छु भंथ्यो
गाउ अनि देशको बिकाश, 
गर्न अघि सर्छु भन्थ्यो
अज्ञानतालाई हटाउंदै ,
ज्ञानको ज्योति छर्छु भंथ्यो
दुखिहरुको मुहारमा ,
लाली किरण भर्छू भंथ्यो
कहॉ गयो थाहा छैन,
गायब भयो गाउ बाट
कति खोजें भेटिएन ,
उहि पूरानो नाउ बाट
आज भोलि सुनेको छु,
शहरतिर बस्या रे
दुस्मनसँगै साइनो गांसि,
सिंह दरबार पस्या रे
रूप फेरेछ नाम फेरेछ ,
आफु बस्ने गाम फेरेछ
पुरै बदलिएछ ,
उस्ले गर्ने काम फेरेछ
2072-07-19

4
सानो हुन कोहि नमान्ने
सबै ठूलो हुनै पर्ने
दक्षताको खडेरी
पदले आकाश छुनै पर्ने ।।
एउटा प्रधान सघाउनलाई
आधा दर्जन उपप्रधान
हरे ईश्वर तिम्ले पनि
कस्तो दिन्छौ बरदान ।।
अब कस्तो चमत्कार
ल्याउने होलान यिनले
पक्कै पनि बताउने छन
भोलि आउने दिनले ।।
2072-07-19

5  हामी हाम्रो देश
अरेबियन धनी बने तेल कूटनीतिले
हामी भने गरीब भयौ फेल फुटनीतिले
ग्यास भेटिए उनीहरु सिलिन्डरमा भर्छन
यहां भने आगो झोसि ईश्वर पूजा गर्छन्
स्वर्गद्वारी, मुक्तिनाथमा ग्यासको बत्ती पुज्ने
बैज्ञानिक तथ्य के हो कहिले कुरा बुझ्ने
फलाम खानी बन्द भए तामा खानी बन्द
त्यसैले बिकासको गति भयो मन्द
बन्द भए ढुङ्गा खानी घर गोठ छाउने
छानो छाउने जस्ता पनि बाहिरबाटै आउने
बगरमा सुन भेटिन्छ खोज्ने ज्ञान छैन
अपार छन् संभाबना रोज्ने ध्यान भैन
जल, बायु सौर्य शक्ति खेर गैरहने
देशभित्र ऊर्जा संकट सधैं भैरहने
बांझो रहे खेतबारी छैन जनशक्ति
हामी भने देखाइरहने सधैं बिदेशभक्ति
अथाह छन संभाबना खोजी गर्न थालौं
आजै देखी स्वाधीनताको एउटा दियो बालौ
2072-07-20

6. यस्तो हुन्छ
जब प्रणाली मिचिने गर्छ
कमजोर अंग थिचिने गर्छ
लड्न थाले भने सांढेहरु
निर्धो बाच्छो मिचिने गर्छ
सानो शक्ति भएको चुम्बक
ठूलो भए तिरै खिचिने गर्छ
जोगाउन जति नै खोजे पनि
आखिर भुसुनो किचिने गर्छ
2072-07-21

7
बिशाल फॉट भएर पो के भो
खेति गर्ने कुनै छाँट छैन भने
सुनौलो अबसर पाएर पो के भो 
गरि खाने हिम्मत ऑट छैन भने

8
हिजो सम्मको हितैषी मित्र
अचानक किन बांगो भएछ
चरित्रका उपदेश दिंदै हिड्थ्यो
आखिर किन नाङ्गो भएछ


9
दुःख दिने नियत भए
कस्को के नै लाग्दो रैछ
नजिक आको मौका पनि
टाढा टाढा भाग्दो रैछ
आफ्नो भन्ने मान्छे पनि
पराइ जस्तो लाग्दो रैछ
अति गर्न थाले पछि
सोझो पनि जाग्दो रैछ
2072-07-22

10 . सेल्फ़ी
एक्लै थीएं बसको सीटमा
एक्स्क्युज्मि भन्दै उनी बसिन
साथमा रैछ सेल्फी स्टिक
सुइरो तान्दै मोबाइल कसिन
किट्ट पार्दै सेल्फी हानिन
मलाई समेत कैद गरिन
कस्तो छनि पिक्चर भन्दै
देखाउदै मै तिर सरिन
राम्रो भनु राम्रो छैन 
नराम्रो भन्न भैन
लाज लाग्यो आफैलाई
उन्लाई कत्ति संकोच छैन
मेरो भन्दा तिन्को उमेर
अलि बढ़ी जस्तो लाग्थ्यो
उन्को तडक भडक देख्दा
मलाई कस्तो कस्तो लाग्थ्यो
2072-07-22

11. भाउ
पहिले भाउ बढथ्यो सुनको
अहिले तेल नुनको
किन होला बढ़िरहने
सधै भाउ उनको
दिनमा भाउ बढ्ने घामको
रातमा तारा जुनको
किन कहिल्यै भाउ बढेन
मैले लाको गुनको
2072-07-23

12
केटा केटी पड्काएर मान्ने हुँदैनन् 
कक्षा मात्रै फडकाएर जान्ने हुँदैनन्
सानैदेखी सुसस्कार अनुसासन सिकाएमा
दिउसै भोडका, गाँजा चुरोट तान्ने हुँदैनन्
ठुला भन्नेहरुले नै नसिकाउने हो भने
सडकमा निस्की ढुगा हान्ने हुँदैनन्
राम्रो शिक्षादीक्षा दिई बनाएमा नैतिकबांन 
जेल नेल हथकडिले बान्ने हुँदैनन्
2072-07-23

13
मागी मागी हिडनु पर्ने बिदेशिको भिक्षा 
कसोगरी सुधार होला हाम्रो देशको शिक्षा
नीति छैन थिति छैन कुरा मात्र हुन्छन् 
सुधारको कहिलेसम्म गर्ने हो प्रतीक्षा
अभियान धेरै आउंछन अबस्था उस्तै
कहिल्यै पनि देखिदैन गरेको समीक्षा
लाखौं खर्च गर्यो पढयो काम लाग्ने हैन
खै कसरी पूरा होलान् नेपालीका इच्छा
बिदेशिको योजनामा शिक्षा चल्ने भएपछि
यहीं पढछ्यौ कि बिदेशतिर लौ भन सदिक्षा
2072-07-24
14
बालक देखि बृद्ध सम्म
सबको हातमा तास देख्छु।
गाउघरका टोल टोलमा 
जुवाडेको बास देख्छु
देउसिरे भैलिनिको
गीत नाच हराएछन
उफर घन्काइ ताली बजाई
डिस्को डान्सको झकास देख्छु
आयातित संस्कृतिमा
रमाउन थालि सके
आफ्नो रीति संस्कृतिको
जताततै ह्रास देख्छु
रातैभरी कोलाहल 
निदाउन पाइने हैन
बिहान हेर्दा बगैचामा
फलफूल सत्यानास देख्छु
2072-07-25

15
देशको उत्कृष्ट मस्तिष्क 
अन्तिम बेन्चमा भेटिन सक्छ
जीबनका हजारौ सफलताहरु 
एउटै गल्तीले मेटिन सक्छ
ख्याल गरौ बोल्दा मान्छेको मन
एउटै शब्दले रेटिंन सक्छ
2072-07-26

16 . "घरपालुवाको आक्रोस"
कागको पूजा गर्दाखेरि 
परेवा रिसायो
कुकुर पूजा गर्न थाल्दा 
बिरालोले बिन्ति बिसायो
गोठमा गई गाई पूजें
भैसी करायो
चौथो दिन गोरु पुज्दा
पाडो बर्बरायो
उता खोरमा बाख्रा पनि
रिसले चुर भाका
के भो भन्दै हेर्न गको
झण्डै मार्न आका
कुखुराको भाले रिसले
बास्न छोडी सक्यो
हिजै मात्र हाँसले पनी
नाता तोडी सक्यो
पोहोरसम्म मिलीजुली
बस्ने गर्थे सबै
अबदेखि छुट्टै दिबस
हुदैन रे नभै
2072-07-26

17
गीत
भैंसी भन्छ खै मेरो के  
गोरु माग्छ स्वायत्त प्रदेश
कसो गर्नि हो, 
फुकाउंदा चर्नि ठाम् बाख्रालाई 
दिन पर्नि हो

18
ठूला भन्दा अझ धेरै सानाहरु आए,
देउसिरे भैलिनिका गानाहरु गाए
एकैछिन टोलाएंछु अतित संझिएर,
झलझलि स्मृतिका पानाहरु आए
देउसिरे भन्थिन् उन्ले मैले भट्याउंदा,
साइनो गास्ने कति धेरै 'हानाहरु आए
सेलरोटी फलफूल खान्थ्यौ बाँडिचूडि,
हाम्ले साटि लाउंथ्यौ नया नानाहरु पाए
2072-07-27

19
दीदी भाइको नाता संधै सुम'धुर रही रहोस् ,
दुःख कष्ट रोग बाधा सबै दूर भइ रहोस
उन्नति प्रगतिका पाइलाहरु अघि बढून् ,
दुस्ट जनका सपना चकना' चूर भइ रहोस्
2072-07-27






Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव