पर्वत, ३० पुस । पर्वतको ठूलीपोखरीमा रहेको जनता शुदर्शन उच्च माध्यामिक विद्यालय ५० वर्ष पुगेको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सवको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । ५ दिनसम्म आयोजना गरिएको कार्यक्रममा विद्यालयले हालसम्म गरेका प्रगतिको समिक्षा, आगामी कार्ययोजनाका साथै विविध साँस्कृतिक कार्यक्रमहरु गरि सम्पन्न भएको छ ।
सोही अवसरमा विद्यालयको भौतिक संरचना निर्माणका साथै दश जोड २ मा विज्ञान विषय संचालन गर्ने तयारीका साथ २ करोड रुपीयाँको कोष स्थापना गरिएको छ । कोषमा हालसम्म करिब २० लाख संकलन भईसकेको छ भने यो कार्य आगामी वर्षसमम निरन्तर रहने विद्यालयले जनाएको छ ।
कोष निर्माणका लागि स्थानीय गाविसका साथै छिमेकी गाविसहरु खौलालाँकुरी, आर्थरडाँडाखर्क, कार्कीनेटा, राम्जादेउराली र कुस्मा नगरपालिकाका विभिन्न वडाका स्थानीयहरुलाई आयोजक बनाई रकम संकलन गरिएको छ । १ वर्षसम्म संचालन हुने स्वर्ण महोत्सव आगामी असोज ४ गते विद्यालय स्थापनाको दिन पारेर समापन गरिने मूल आयोजक समितिका संयोजक हेमराज सापकोटाले बताउनुभयो ।
जिल्लाको उत्तर पूर्वी गाविसको केन्द्र भाग मानिने ठूलीपोखरीमा रहेको सो विद्यालय २०२१ सालमा स्थापना भई हालसम्म यस क्षेत्रका करिब ३ हजार विद्यार्थीले एसएलसी उत्तिर्ण गरेको विद्यायलको तथ्याङ्कमा उल्लेख रहेको छ । विद्यालयका भूतपूर्व शिक्षक, विद्यार्थीहरुले समेत विद्यालयको आर्थिक तथा भौतिक विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ देश विदेशका विभिन्न ठाउँहरुमा अभियान चलाएर आर्थिक संकलनका कार्यहरु भईहरेको सापकोटाले जानकारी दिनुभयो ।
स्वर्ण महोत्सव वर्ष २०७२÷०७३ भरमा विद्यालयले ५० वर्षको अवधिमा गरेका कार्यहरुको बस्तुस्थिति झल्कने गरि स्वर्ण स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ र स्वर्णद्वार निर्माण गर्ने गरि तयारी शुरु गरिएको छ । स्वर्णद्वार र स्वर्ण स्तम्भको पर्वतका सांसदद्वय कल्पना चापागाई र अर्जुन प्रसाद जोशीले संयुक्त रुपमा शिलान्याश गरेका छन् । दुबै संरचना निर्माणका लागि सांसदद्वयले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
सोही अवसरमा विभिन्न साँस्कृतिक तथा सांगितिक कार्यक्रमहरु समेत संचालन भएका थिए । कार्यक्रममा लोक गायक पशुपती शर्मा, चोलेन्द्र पौडेल, राजन कार्की, ज्योती लोहनी, कृष्ण अखेली, लक्ष्मी नेपाली, चन्द्रा कार्की, तुलसी लामिछाने लगायतका कलाकारहरुले आफ्ना साँगितिक प्रस्तुतीहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
एक्सन रिसर्च सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...