काठमाडौँ, २ फागुन । शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने भएको छ । विभागले देशभरमा ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण दिएपछि नयाँ रोजगारीका अवसर खुलाउन थालेको हो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले फागुन महिनामै शिक्षकको विज्ञापन गरिने बताए ।
नेपालको सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षक दरबन्दी रिक्त रहेका छन् । सो विकास क्षेत्रमा माध्यमिक तहमा मात्र कुल १ सय ९२ शिक्षकको पद रिक्त रहेको शिक्षा विभागका निर्देशक तथा प्रवक्ता वैकुण्ठ अर्यालले बताए । उनका अनुसार माध्यमिक तहका लागि ६ सय ११ दरबन्दी विवरण शिक्षक सेवा आयोगलाई पठाएको हो । अन्य तहका लागि पनि विभागले विवरण माग गरेको छ । एकैचोटी धेरै तहमा विज्ञापन गर्दा सेवा आयोगको परीक्षा दिने व्यक्तिदेखि व्यवस्थापनमा समेत समस्या पर्ने भएकाले पटक–पटक गरेर रिक्त पदपूर्ति गर्दैछ ।
सुविधा राम्रो भएकाले यो पेशामा युवाको आकर्षण धेरै छ । शिक्षक सेवामा प्रवेश गर्नका लागि अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । आयोगका प्रशासकीय प्रमुख पौडेलका अनुसार प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक गरी तीन तहमा सात लाखको हाराहारीमा अध्यापन अनुमति लिएर बसेका युवाहरु छन् ।
कुन–कुन विषयमा कति–कति शिक्षक आवश्यक ?
विज्ञानः १४५
अंग्रेजीः १२८
नेपालीः १०७
सामाजिकः ९३
गणितः ८४
लेखाः २०
गणित विज्ञानः ९
स्वास्थ्य, जनसंख्या तथा वातावरणः ७
अर्थशास्त्रः ६
संस्कृत साहित्यः ३
कम्प्युटर विज्ञानः ३
संस्कृत भाषाः ३
शिक्षाः २
ज्योतिष तथा वेदः १
कृषि शिक्षाः १
प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम