Skip to main content

थप गजल र मुक्तकहरु

"पीडा अस्थायी शिक्षकको "

बिसौं बर्ष पढाएर सेवाबाट बाहिरिदै छु ।
मुटुमा तीर गढ़ाएर सेवाबाट बाहिरिदै छु ।।

डढ़ेलोले सुकाएको जंगलको ठुटो जस्तै ।
आफैलाई डढ़ाएर सेवाबाट बाहिरिदै छु ।।

उर्जाशील जिन्दगानी कर्णधारलाई भनि ।
आज बलि चढाएर सेवाबाट बाहिरिदै छु ।।

आफ्नै चेला  आफू भन्दा धेरै माथि पुगे ।
आशाहरु सडाएर सेवाबाट बाहिरिदै छु ।

सुनौलो हात हल्लाउने नीति आयो अरे ।
झनै ब्यथा बढाएर सेवाबाट बाहिरिदै छु ।।

२०७३-०२-१४/८:३३pm

भुकम्प बिशेष

भुकम्पले घर भत्क्यो आफन्तको लास भयो ।
बर्ष दिन बितिसक्यो त्रिपाल मुनि बास भयो ।।

पीडा अझै मेटिदैन झल्को आउँछ घरि घरि ।
हजारौंको मृत्युसँगै धनजन सत्यानास भयो ।।

पीडितलाई राहत दिने भाषण मात्र गरी बस्यौ ।
गोदाममा राहत सड्यो यता आधा गास भयो ।।

धेरै ठूलो सहयोग आयो कता गयो पत्तो छैन ।
आज भोलि हल्ला सुन्छु नेताजीकै पास भयो ।।

कस्लाई पो सुनाऊँ खै पीडितका दुःख ब्यथा ।
भोट हाली पठाएको नेता झन बदमास भयो ।।

२०७३-०१-१२/६:५२am
जलस्रोतको धनी देशमा गाग्री हानाहान भयो ।
लोकतन्त्रको नाम जप्दै कुर्ची तानातान भयो ।।

दश पढयो गाउँ छोड्यो बाह्र पढयो देशै छोड्यो ।
रोजगार खोज्दै बिश्वभरि डुल्ने पहिचान भयो ।।

पछि परे जागिर खाने भन्दै गाउँमा अल्झिनेहरु ।
दुई चार बर्ष बिदेश बस्ने आज नम्बर वान भयो ।।

पढयो लेख्यो काम छैन हात मुख जोर्न माम छैन।
दक्षता र योग्यताको आज  यहाँ अपमान भयो ।।

२०७३-०१-१५/९:१७

सन्दर्भ " मई दिबस "

गफ गर्ने गफाडिलाई गफै पिच्छे ताली हुन्छ ।
श्रम गर्ने श्रमिकलाई  उल्टै यहाँ गाली हुन्छ ।।

पाऊंदैनन श्रमिकले तोकिएको ज्याला पनि ।
जब शोषक सामन्त नै  सत्तामा बहाली हुन्छ ।।

दिनदिनै हजारौं हजार युबाहरु बिदेशिन्छन ।
गाउँ मात्र होइन अब शहर पनि खाली हुन्छ ।।

पाउने छैनन् श्रमिकले खोसिएको अधिकार ।
बिश्वास गरी पठाएको नेता जब जाली हुन्छ ।।

२०७३-०१-१९/८:५४pm
सरकार ढाल्ने खेल फेरि चल्न थालेको छ ।
सहयात्री बनेकैले किन छल्न थालेको छ ।।

बामपन्थी एकताको कुरो गर्थ्यौ कमरेडहरु ।
सात महिनामै गठबन्धन ढल्न थालेको छ ।।

जनबादी सत्ता ल्याउंछौं भनी कुर्लिएथ्यौ । ।
पूँजी बादी सत्ताकै फल फल्न थालेको छ ।।

काम कुरो एकातिर कुम्लो बोकी सत्तातिर ।
तिम्रै कार्यकर्ताको मन जल्न थालेको छ ।।

कहिल्यै कुरो बुझ्ने हैनौ चल्छौ इशारामा ।
राजनीतिमा रातो बत्ती बल्न थालेको छ ।।

२०७३/०१/२२ Wed 11pm
हिजो रातो बत्ती बल्यो आज हरियो ।
नेताज्यूको यूटर्न देख्दा छक्कै परियो ।।

साँझपख एउटा कुरा बिहानीमा अर्कै ।
रात भरि कता गइयो के के गरियो ।।

सौदाबाजी सत्ताकै छ आलोपालो गर्ने ।
जनतालाई आश्वासनकै भ्रम छरियो ।।

भुकम्पले भत्किएको घर बन्ने कहिले ।
फेरि अर्को त्रिपाल मुनि बसाई सरियो ।।

२०७३-०१-२३/८:१८pm
गजल

शिक्षामा पैसाको खेलो भएको छ ।
रातारात कमाउने मेलो भएको छ ।।

कृतिम नतिजाको बिगबिगी बढ्यो ।
गरी खान नसक्ने चेलो भएको छ ।।

लाखौंको भबिष्य क्षणभरमै जल्ने ।
शिक्षा खडेरीको डढ़ेलो भएको छ ।।

नपढ़ेकाहरुको त कुरै नगरौं हजुर ।
पढेकै मान्छे पनि अर्घेलो भएको छ ।।

२०७३-०१-२५/७:२३am

तिमी नभए

मरे तुल्य हुन्छु म तिमी नभए ।
एक्लै बसी रुन्छु म तिमी नभए ।।

तिम्रै याद आई दिन्छ  घरिघरी ।
तस्बिरलाई छुन्छु म तिमी नभए ।।

कोहि छैन मनको ब्यथा बुझि दिने ।
आँशुले पीर धुन्छु म तिमी नभए ।।

उर्लिएर आएका रहरहरु लाई ।
मन भित्रै थुन्छु म तिमी नभए ।।

कुरा काट्नेहरु  सल्बलाए पछि ।
नराम्रो हल्ला सुन्छु म तिमी नभए ।।

२०७३-०१-२६/६:४०pm

हाम्रो १८ बर्षे सहयात्रा  ।

पत्तै नपाई बिते हाम्रा ती अठार बर्ष ।
धेरै दुःख पीडा झेल्यौ थोरै मात्र हर्ष ।।

जिन्दगानी यस्तै रैछ एक्लै हिड़न गार्हो ।
दुई जनाबीच गर्नु पर्ने बिचार र बिमर्श ।।

कुन मोडले कतातिर लैजाने हो कुन्नी ।
हरेक पाइला पाइलामा गर्नु छ संघर्ष ।।

एउटाको मर्मलाई अर्कोले  बुझ्न सके ।
सफल हुन्छ सहयात्रा  भन्दैछु सहर्ष ।।

२०७३-०१-२९ /८:२९ pm

बाहिर अमृत तर  भित्र जहर भेटेको छु  ।
जिन्दगीको मोडमा दुखद प्रहर भेटेको छु ।।

जोखिम मोलि धनको पछि दौडिदैछ मान्छे ।
छोटो बाटो धन कमाउने रहर भेटेको छु ।।

छाडिदेउ अस्मिताका कुरा गर्न मेरो सामु ।
जवानीको लिलाम हुने शहर भेटेको छु ।।

बाहिरि रूप एकथरि बास्तबिकता अर्कै ।
आफन्तकै भर नपर्ने ठहर भेटेको छु ।।

२०७३-०२-०६/७:५०am
कहिले हुन्छ अनाबृष्टि कहिले अति बृष्टि ।
सताउनु थियो भने किन प्रभु यस्तो सृष्टि ।।

बाली नाली सबै नष्ट पुर्पुरोमा हात भयो ।
सरकारमा रमाउनेको कहिले पुग्ला दृष्टि ।।

२०७२-०२-०३/६:२८am

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...