Skip to main content

पुराना प्रश्नको उत्तर

१. तलका मध्ये कुन चाहि नेपालको शिक्षाको राष्ट्रिय उद्देश्यभित्र पर्दछ ?
– व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदढ बनाउने
२. सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय तहको शिक्षालाई कति तहमा बाडिएको छ ?
– ५
३. गोरखा स्कुल हङकङमा अध्ययन गर्ने विद्यार्थीका निम्ति वि सं २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो ?
– वि सं २०५५
४. जेन्डर शब्दले तलकामध्ये कुन चाहि अवस्थालाई बु झाउछ ?
– महिला पुरुषबीचको सामाजिक अवस्था
५. राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्ष्ा सिकाउने उद्देश्य राखिएको थियो ?
– साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३०/४० प्रतिशत
६. माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८) को तलको उद्देश्य कुन हो ?
– माध्यमिक शिक्षाको समता र पहुचमा सुधार
७. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लाग” गर्ने उल्लेख गरेको छ ?
– कक्षा १ देखि ७ सम्म
८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यमिक शिक्षाका सन्दर्भमा नेपाली विषय अन्तर्गत संस्कृतलाई कुन रुपमा समावेश गर्ने व्यवस्था हुनुपर्ने सुझाव गरिएको थियो ?
– सहयोगीका रुपमा
९. किशोरावस्थाको खास विकासात्मक कार्य कुन हो ?
– मातापिता एवम् अन्य वयस्कहरुबाट संवेगात्मक आत्मनिर्भरता प्राप्त गर्न
१०. प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार निरन्तर विद्यार्थी मूल्यांकनका लागि कति वटा मापदण्डलाई आधार मान्ने व्यवस्था गरिएको छ ?
– ५ वटा
११. नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएबमोजिम कसलाई आफ्नो भाषा, लिपि संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुनेछ ?
– नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई
१२. नेपालको अन्तरिम संविधान २०६३ बमोजिम अभिलेख अदालत भनेर कुन अदालतलाई भनिन्छ ?
– सर्वोच्च अदालत
१३. जिल्ला शिक्षा समितिमा पदेनबाहेक मनोनित सदस्यको संख्या कति किटान गरिएको छ ?
– ८
१४. शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति गर्ने सिफारिस समितिमा कसकसको प्रतिनिधित्व रहने व्यवस्था छ ?
– लोकसेवा आयोगका अध्यक्ष, त्रिविविका उपकुलपति र शिक्षा सचिव
१५. समुदायद्वारा सञ्चालित विद्यालय व्यवस्थापन जिम्मा लिने निकायको काम, कर्तव्य र अधिकारमध्ये तलको कुन पर्दैन ?
– विद्यालयको सुधार गर्न आवश्यकताअनुसार विशेषज्ञ नियुक्ति गर्ने
१६. शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालयमा कम्तीमा कति जना शिक्षक हुन’पर्ने व्यवस्था गरिएको छ ?
– ९ जना
१७. विद्यालय व्यवस्थापन समितिको कार्यभित्र नपर्ने कुन हो ?
– विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोत स्थिर राख्ने
१८. शिक्षकको नोकरी अवधि गणना सम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा त्यस्तो नोकरी अवधि यकिन गरी शिक्षक किताबखानालाई सिफारिस गर्न जिल्ला स्तरमा गठित तीन सदस्यीय नोकरी अवधि निर्धारण समितिको अध्यक्ष को हुन्छ ?
– जिल्ला शिक्षा अधिकारी
१९. शिक्षक पदका लागि उम्मेद्वार हुन नपाउने अवस्था तलकामध्ये कुन हो ?
– नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको
२० शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) अनुसार पिछडिएको क्षेत्र भन्नाले तलको कुनचाहि जिल्ला पर्दैन ?
– मनाङ

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...