Skip to main content

निमाबि बस्तुगत प्रश्नोत्तर

शिक्षक सेवा आयोगको निमावि तहको लागि अति महत्वपूर्ण प्रश्नोत्तर
१• अक्षरांक शिक्षा पुस्तकका लेखक को हुन् ?
>जयपृथ्वीबहादुर सिंह
२• भारतले प्राथमिक शिक्षालाई कस्तो शिक्षाका रुपमा लिएको छ ?
>आधारभूत शिक्षा
३• बालअधिकार सम्बन्धी अवधारणको सूत्रपात सर्वप्रथम कुन घोषणाले गरेको हो ?
>जेनेभा घोषणा
४• सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९)अन्तर्गत विद्यालय तहको शिक्षामा सान्दर्भिकता अभिवृद्धिका लागि तय गरिएको एउटा रणनीति तलकामध्ये कुन हो ?
>२० प्रतिशत स्थानीय परिवेशका विषयवस्तु पाठ्यक्रममा समावेश गर्ने
५• माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३–२००८) को उद्देश्य तलका मध्ये कुन होइन ?
>शिक्षक शिक्षा
६• तलकामध्ये कुनचाहिं दैनिक पाठयोजनाको अंग होइन ?
>पाठ्यवस्तु
७• निर्माणात्मक मूल्यांकनका मुख्य उद्देश्यमा तल लेखिएकामध्ये कुन पर्दैन ?
>उपलब्धिका आधारमा कक्षा पदोन्नति गर्न
८• राष्ट्रीय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले माध्यमिक शिक्षाको संरचना कति तहको हुनुपर्ने सुझाव दिएको छ ?
> ३तह
९• उत्तर बाल्यावस्थाका बालबालिकाहरुलाई शिक्षाविदहरुद्वारा प्रयोग गरिने नाम तलका मध्ये कुनचाहिं हो ?
>प्रारम्भिक विद्यालय उमेर
१०• विद्यालय सुधार योजना निर्माण गर्दा कतिओटा चरणहरु पूरा गर्नुपर्छ ?
>१२ चरण
११• समान कामका लागि महिला र पुरुषबीच पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन- यो हक नेपालको अन्तरिम संविधान २०६३ को कुनचाहिं मौलिक हक अन्तर्गत पर्दछ ?
> समानताको हक
१२• नेपालको अन्तरिम संविधान २०६३ ले नेपालको कार्यकारिणी काम कसको नाममा हुने व्यवस्था गरेको छ ?
> नेपाल सरकार
१३• शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समिति विघटन गर्ने अधिकार कुन निकायलाई हुन्छ ?
> जिल्ला शिक्षा समिति
१४• अध्यापन अनुमतिपत्र नलिई शिक्षक पदको उम्मेदवार हुन नपाउने व्यवस्था शिक्षा ऐन २०२८ को कुन संशोधनले गरेको हो ?
> सातौं संशोधन
१५• गाउँ शिक्षा समितिमा कतिजना सदस्यहरु रहने व्यवस्था शिक्षा ऐन २०२८ (संशोधनसहित) ले गरेको छ ?
> ७ जना
१६• शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार सामुदायिक विद्यालयको व्यवस्थापन समितिले तलका मध्ये कुन काम गर्दछ ?
> शिक्षकलाई तालिमका लागि छनोट गर्ने
१७• स्थायी नियुक्ति भएको शिक्षक सेवा अवधि कति वर्ष पुगेपछि एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने व्यवस्था छ ?
> १ वर्ष
१८• विद्यार्थीले पालना गर्नुपर्ने थप आचारसंहिता कसले निर्धारण गर्दछ ?
> विद्यालय व्यवस्थापन समितिले
१९• शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार अन्तर्वार्ताका लागि छुट्याइएको अंकमध्ये शैक्षिक योग्यताका लागि कति अंक छुट्याइएको छ ?
> ३ अंक
२०• प्रधानाध्यापक र शिक्षक समान तह र श्रेणीको भएमा प्राथमिक र निम्नमाध्यमिक शिक्षकको सुपरीवेक्षकको हैसियतले कसले अंक प्रदान गर्ने व्यवस्था छ ?
> स्रोत व्यक्ति

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...