Skip to main content

सामाजिक अध्ययन सहयोग सामग्री

आयोग सामग्री
नेपालमा सामाजिक अध्ययन
शिक्षणको विद्यमान अवस्था : समस्या
र समाधान
अवधारणा :
सामाजिक अध्ययनको शुरुआत सर्वप्रथम
सन् १८९२ मा अमेरिकामा भएको थियो
। अर्थशास्त्र, इतिहास,
राजनीतिशास्त्र आदि विषयहरूमा
सीमित रहेको यो विषय सन् १९१६ मा
Committee on the social studies of the
National Education Association for the re-
organization of secondary education को
प्रतिवेदनमा यस विषयलाई छुट्टै
विषयका रूपमा मान्यता दिइयो ।
त्यसपछि अमेरिकामा सामाजिक
अध्ययन विषयले छुट्टै महत्व पायो । यस
विषयको विद्यालयको क्षेत्रलाई
व्यापक बनाउन अनुसन्धान, अन्वेषण तथा
विश्लेषण गर्न सन् १९३४ मा सोसल स्टडिज
नेसनल काउन्सिलको स्थापना गरिएको
थियो । अमेरिकी विद्यालयमा १९२०
देखि १९५५ को समयलाई सामाजिक
ज्ञानको युग भनिन्छ । यसै
सिलसिलामा सामाजिक विषयले
विश्वव्यापी रूपमा मान्यता पाउन
थालेको हो ।
सामाजिक अध्ययनको केन्द्रविन्दु
मानिस र उसको अन्य मानिस र
वातावरणसँगको अन्तरसम्बन्ध हो ।
सामाजिक अध्ययनको विषयवस्तु
सामाजिक विज्ञानका विषयहरूबाट
लिइएको हुन्छ । द्रुत गतिमा भइरहेको
समाजको विकासलाई समेट्नुपर्ने भएकाले
विषयवस्तुमा समयसमयमा अद्यावधिक
गर्नुपर्ने माग राख्दछ । सामाजिक
अध्ययनको विषयवस्तुले मानिसको
विगतको इतिहासलाई भन्दा
समकालीन मानवीय जीवन र यसका
समस्याहरूमा बढी जोड दिन्छ ।
सामाजिक अध्ययन इतिहास, भूगोल,
अर्थशास्त्र, नागरिकशास्त्रजस्ता
सामाजिक विज्ञानका विषयवस्तुहरू
छनोट गरी लिने भएकाले यस विषयलाई
आइसक्रिम (Ice-cream) को स्वादसँग पनि
दाँज्ने गरिन्छ ।
अवधारणाहरू विषय
भौगोलिक अवस्थिति, प्राकृतिक स्वरूप
र हावापानी भूगोल
आर्थिक क्रियाकलाप र स्रोतसाधन
अर्थशास्त्र
शासन, प्रशासन पद्धति
राजनीतिशास्त्र
प्राचीन घटना र अवस्था इतिहास
मानवको उत्पत्ति र सभ्यता
मानवशास्त्र
मानव समाजको विकास, पारिवारिक
जीवन र त्यसको असर समाजशास्त्र
मानसको इच्छा, चाहना र रुचि
मनोविज्ञान
मानव समाजको विश्वास, दर्शन र
दृष्टिकोण दर्शनशास्त्र
सामाजिक अध्ययनको परिभाषा :
• मानवसम्बन्धसँग सम्बन्धित विषयहरू नै
सामाजिक अध्ययन हो । – Wisley
• मानव सम्बन्धसँग सम्बन्धित मानवको
सामाजिक र भौतिक वातावरणसँगको
अन्तर्क्रिया नै सामाजिक अध्ययन हो ।
– मिखालिस (Mikhacilis)
• कसैले यो निश्चिय गर्नु उचित हुँदैन कि
सामाजिक अध्ययन इतिहास, भूगोल
तथा नागरिकशास्त्रको मानवीय योग
मात्र हो । निश्चित नै यसले यी
विषयहरूबाट सामग्री प्राप्त गर्दछ तर
यसले त्यस्तो सामग्रीलाई मात्र ग्रहण
गर्दछ जसले मानवको वर्तमान तथा दैनिक
जीवनको सम्बन्धलाई स्पष्ट गर्दछ । यस
कुरामा सावधानीपूर्वक ध्यान दिनुपर्दछ
। यसको स्वरूप परम्परागत विषय जस्तो
नभएर एउटा क्षेत्र जस्तो छ । –
Encyclopedia of educational research
उपर्युक्त छलफलका आधारमा सामाजिक
अध्ययन मानिसको अध्ययन हो र मानवकै
वरिपरि रहेको हुन्छ । यसमा मानिसको
दैनिक जीवन एवम् रहनसहन उसको
आवश्यकताको परिपूर्ति लगायतका
पक्ष, अन्य व्यक्तिसँगको सम्बन्ध तथा
भौतिक र सामाजिक वातावरण
आदिको अन्तर्क्रियाको अध्ययन हुन्छ ।
विद्यार्थीहरूमा उसका आचरण, बानी,
असल विचार र आदर्शको निर्माण गर्न
आवश्यक व्यावहारिक कुरा परिवर्तन
गरी उनीहरूलाई असल र योग्य नागरिक
बनाउन मद्दत गर्दछ ।
सामाजिक अध्ययनको क्षेत्र :
सामाजिक अध्ययनको क्षेत्र, व्यक्ति,
परिवार, छिमेक, स्थानीयस्तर,
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म
फैलिएको छ । विद्यार्थीहरूलाई
पारिवारिक जीवनमा दैनिक
सम्बन्धहरूदेखि अन्तर्राष्ट्रियस्तरका
समस्यालाई बुझ्न मद्दत गर्दछ । यसभित्र
खास गरेर मानिस मानिसबीचको
सम्बन्ध मानिस र वातावरणबीचको
पारिवारिक सम्बन्धका क्षेत्र पर्दछन् ।
यसैगरी सामाजिक विज्ञानका
विषयहरू तथा समकालीन समाजको
जल्दाबल्दा विषयवस्तुहरू यस विषयको
क्षेत्रभित्र पर्दछन् । यसको साँघुरो
घेराभित्र राख्न यस विषयप्रतिको
अन्याय हुन जान्छ ।
सामाजिक विज्ञान, सामाजिक
अध्ययन र सामाजिक शिक्षाबीच
भिन्नता :
सामाजिक विज्ञानले मानव समाजको
व्यापक क्षेत्र ओगटेको हुन्छ । यसले प्रौढ
पद्धतिलाई प्रतिनिधित्व गरेको छ भने
बढी सैद्धान्तिक हुने ज्ञानमा जोड दिने
र एउटै क्षेत्रमा विस्तृत अध्ययन गरी
विशिष्टीकरणमा जोड दिन्छ ।
यसअन्तर्गत भूगोल, इतिहास,
राजनीतिकशास्त्र, अर्थशास्त्र,
मानवशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र,
मनोविज्ञानजस्ता विषयहरू पर्दछन् । तर
सामाजिक अध्ययन सामाजिक
विज्ञानका केही भागहरूलाई छनोट
गरिएको हुन्छ । यो
बालबालिकाकेन्द्रित मानवका दैनिक
क्रियाकलाप तथा व्यावहारिक र
कार्यमूलक ज्ञानमा जोड दिन्छ । यसले
प्रौढहरूलाई सामाजिक विज्ञानका
क्षेत्रमा पत्ता लगाएका तथ्यहरूलाई
छनोट गरी बालबालिकाहरूसँग
आदानप्रदान गर्ने अवसर प्रदान गर्दछ ।
यसरी सामाजिक अध्ययनले व्यक्ति र
समाजका व्यावहारिक ज्ञानमा जोड
दिन्छ । यसैगरी सामाजिक शिक्षामा
सामाजिक जीवनस“ग सम्बन्धित जुनसुकै
पक्ष समावेश हुनाले यसको क्षेत्र
असीमित हुन्छ । यसका लागि
पाठ्यक्रम, पाठ्यपुस्तक, समय र स्थानको
सीमा हुँदैन । यसले बालबालिकाहरूमा
कुनै एक व्यक्ति विशेषलाई भन्दा पनि
समग्र समाजलाई प्रतिनिधित्व गर्ने
भएकाले जुनसुकै समय र अवस्थामा पनि
यसको विषयवस्तु हासिल गर्न सकिन्छ ।
नेपालमा सामाजिक अध्ययनको
पृष्ठभूमि :
नेपालमा सामाजिक अध्ययनको शुरुवात
वि.सं. १९९० सालको एस.एल.सी.
पाठ्यक्रममा समावेश गरिएका भूगोल,
इतिहासजस्ता सामाजिक विज्ञानका
विषयहरूको समावेशलाई लिन सकिन्छ ।
वि.सं. २०११ सालमा नेपाल राष्ट्रिय
शिक्षा आयोगले पाठ्यक्रमको ढाँचा
सिफारिस गर्ने क्रममा सामाजिक
शिक्षा विषयलाई समावेश गरेको
थियो । त्यसैगरी कलेज अफ एजुकेशनको
पाठ्यक्रममा सामाजिक शिक्षा विषय
समावेश भए पनि वास्तविक कार्यान्वयन
वि.सं. २०१७ सालदेखि भएको हो ।
यसैगरी सर्वाङ्गीण राष्ट्रिय शिक्षा
समितिले सिफारिस गरेअनुरूप यसमा
आवश्यक संशोधन गरी अधिराज्यभरिका
विद्यालयमा यो विषय लागू गरिएकाले
राष्ट्रिय शिक्षा पद्धतिको योजना,
२०२८ ले यस विषयलाई अझ बढी
व्यवस्थित बनाउने कार्य भयो । यसमा
प्राथमिक तह र निम्नमाध्यमिक तहमा
१००/१०० पूर्णाङ्कको सामाजिक
शिक्षा र माध्यमिक तहमा कक्षा ८
देखि १० मा भूगोल र इतिहास १००/१००
पूर्णाङ्क र पञ्चायत ५० पूर्णाङ्कलाई
अनिवार्य विषय बनाई लागु गरियो ।
पाठ्यक्रमले माध्यमिक तहमा भूगोल,
इतिहास, अर्थशास्त्रजस्ता विषयहरूमा
ऐच्छिक विषयको रूपमा समाजिक
अध्ययन समूह अन्तर्गत समावेश गरियो ।
विद्यालय तहको पाठ्यक्रमलाई
जनआकाङ्क्षाअनुरूप एवम् देशको
परिवर्तित व्यवस्थाअनुसार सञ्चालनका
लागि सुझाव पेश गर्न गठित राष्ट्रिय
शिक्षा आयोग २०४९ तथा उच्चस्तरीय
राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन
२०५५ ले सामाजिक शिक्षा विषयलाई
अनिवार्य विषयका रूपमा राख्न
सिफारिस गरेअनुरूप माध्यमिक तहमा
१०० पूर्णाङ्क र ५ पाठ्यभार रहने गरी
समावेश गरिएको हो ।
नेपालमा हाल सामाजिक अध्ययन विषय
प्राथमिकतहदेखि उच्च शिक्षासम्म
अध्यापन हुँदै आइरहेको छ । विद्यालय
तहमा कक्षा १ देखि कक्षा १० सम्म
सामाजिक अध्ययनले आफ्नो स्थान
ओगटेको छ । उच्च शिक्षातर्फ काठमाडौँ
विश्वविद्यालय र नेपाल संस्कृत
विश्वविद्यालयले यस विषयमा
शिक्षाशास्त्रमा स्नातक कार्यक्रम
सञ्चालन गरिरहेको छ भने त्रिभुवन
विश्वविद्यालयमा सामाजिक
विज्ञानसँग सम्बन्धित विषयहरूमा
भूगोल, अर्थशास्त्र, इतिहास
नागरिकशास्त्र, समाजशास्त्र,
मानवशास्त्र, दर्शनशास्त्र,
मनोविज्ञानजस्ता प्रमुख विषयहरूमा
स्नातकोत्तर तहसम्मको अध्यापन
भइरहेको छ । नेपालका सन्दर्भमा उच्च
शिक्षामा अध्ययन गर्ने
विद्यार्थीहरूलाई हेर्ने हो भने ठूलो
सङ्ख्याले यी विषयहरू अध्ययन गरिरहेका
छन् । यसबाट नेपालमा समाजिक
विषयको भूमिकालाई महत्वपूर्ण रूपमा
लिन सकिन्छ । यसैगरी विद्यालयस्तरमा
सामाजिक अध्ययन विषयलाई
प्रभावकारी रूपमा शिक्षण गर्नका
लागि शिक्षकहरूलाई आवश्यक ज्ञान
तथा सीप प्रदान गर्न शैक्षिक जनशक्ति
विकास केन्द्रले प्राथमिक तहदेखि
माध्यमिकतहसम्म सक्षमतामा आधारित
सामाजिक अध्ययन शिक्षण विषयका
लागि १० महिने शिक्षक तालिम
सञ्चालन गर्दै आएको छ ।
एस.एल.सी. परीक्षामा सामाजिक
अध्ययन विषयमा विद्यार्थीको
उपलब्धि :
सामाजिक अध्ययन विषयको पढाइ
विद्यालय तहको कक्षा १ देखि १० सम्म
हुँदै आएको छ । विद्यालयतहको अन्त्यमा
हुने एस.एल.सी परीक्षामा विगत चार
वर्षका विद्यार्थीहरूले प्राप्त गरेको
उपलब्धि निम्नअनुसार रहेको छ :
एस.एल.सी परीक्षामा सामाजिक
अध्ययन विषयमा विद्यार्थीहरूको
उपलब्धि
साल २०५७ २०५८ २०५९ २०६०
उत्तीर्ण प्रतिशत ८८.१२ ८३.२२ ८६.५६
८७.१०
औसत प्राप्ताङ्क ४२.४२ ४०.५७ ४०.८३
४२.२७
स्रोत : परीक्षा नियन्त्रण कार्यालय ।
उपर्युक्त नतिजालाई हेर्दा सामाजिक
अध्ययन विषयमा विद्यार्थीहरूको
उत्तीर्ण प्रतिशत चार वर्षमा नै ८०
प्रतिशतभन्दा माथि रहनु पक्कै पनि
राम्रो नतिजाका रूपमा लिन सकिन्छ
भने अर्कोतर्फ यस विषयको औसत
प्राप्ताङ्क भने ४२ भन्दा माथि नहुनुले
पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरू
हासिल हुन नसकेको अवस्था झल्कन्छ ।
तसर्थ पाठ्यक्रमले निर्दिष्ट गरेका
उद्देश्यहरू हासिल गराउन
शिक्षणसिकाइमा प्रभावकारिता
ल्याउनु जरुरी छ । त्यसैगरी मूल्याङ्कन
प्रणालीमा देखिएका समस्याहरूलाई
सुधार गरी अगाडि बढ्नुपर्ने अवस्था
रहेको छ ।
समस्याहरू :
नेपालमा सामाजिक अध्ययन विषयको
अध्ययन विद्यालयतहमा प्रा.वि. देखि
मा.वि.सम्म नै भइरहेको छ । पाठ्यक्रम
तथा पाठ्यपुस्तक, शिक्षक विद्यालय
व्यवस्थापन तथा कक्षाकोठा शिक्षण
सिकाइजस्ता पक्षमा समस्याहरू
देखापरेका छन् । तीमध्ये केही प्रमुख
निम्नअनुसार छन् :
क) नेपालमा उच्च शिक्षामा
सामाजिक अध्ययन विषयको
विशिष्टकरण गर्ने व्यवस्था नभएकाले यो
विषय अध्ययन गर्ने योग्य र पर्याप्त
शिक्षकको अभाव ।
ख) सामाजिक अध्ययन विषय शिक्षण
गर्दा Learning by Doing लाई जोड
दिनुपर्ने भए पनि अधिकांश
विद्यालयमा व्याख्यान विधिको
प्रयोग हुनु ।
ग) व्यवस्थापन पक्ष लगायत सबैले यस
विषयलाई सरल मानी जुनसुकै विषयगत
योग्यता भएको शिक्षकलाई यो विषय
अध्ययन गर्न दिने प्रचलन रहनु, जसले गर्दा
यस विषयको अवधारणाअनुसार शिक्षण
नहुनु ।
घ) यो विषय अध्यापन गर्ने सबै
शिक्षकहरूलाई तालिमको अभाव छ ।
उनीहरूको इच्छा, आवश्यकता र
मागबमोजिमको तालिम दिन
सकिएको छैन । जसले गर्दा विभिन्न
सामाजिक विज्ञानका विषयहरूको
अवधारणाका लागि आवश्यक पर्ने ज्ञान
तथा सीप हासिल गर्न कठिनाइ रहनु ।
ङ) विद्यालयस्तरको सामाजिक
अध्ययनको पाठ्यक्रम तथा पाठ्यपुस्तक
क्रियाकलापमुखी भए पनि
सोहीअनुसारका क्रियाकलापका
लागि शिक्षकहरूलाई आवश्यक ज्ञान
तथा सीप प्रदान गर्न नसकिएको ।
पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा
सम्बन्धित शिक्षकहरूलाई अनिवार्य
रूपमा प्रबोधीकरण गर्न नसकिनु ।
च) सामाजिक अध्ययन शिक्षण विषयको
तालिम प्रदान गर्न केन्द्रीय र
जिल्लास्तरीय पर्याप्त योग्य
प्रशिक्षकको अभाव रहनु ।
सुझावहरू :
सामाजिक अध्ययन शिक्षणमा
देखिएका समस्याहरूलाई समाधानका
लागि निम्नलिखित कार्य गर्नुपर्ने
देखिन्छ :
क) देशभरका विद्यालमा सामाजिक
अध्ययन शिक्षणका लागि यस विषयमा
विशिष्टकरण गर्ने व्यवस्थाका हुनुपर्दछ ।
जसका लागि प्रमाणपत्रतहदेखि मास्टर
तहसम्म यसको पढाइ हुने व्यवस्था सबै
विश्वविद्यालयहरूले गर्नुपर्दछ ।
ख) जुनसुकै विषय पढेको व्यक्तिलाई यो
विषय अध्यापन गर्न दिने परिपाटीको
अन्त्य गरी हाललाई सामाजिक
अध्ययनअन्तर्गतक
ा विषयहरूमा आवश्यक योग्यता भई
तालिम दिई अध्यापन गर्ने व्यवस्था
गर्नुपर्दछ ।
ग) सामाजिक अध्ययन शिक्षण गर्दा “गर
र सिक” को अवधारणालाई जोड
दिनुपर्दछ । सामाजिक अध्ययनमा
सामाजिक विज्ञान विषयहरूबाट
छनोट गरिएको विषयवस्तु समावेश हुने
भएकोले शिक्षण विधिमा विशेष ध्यान
पुर्याउनुपर्दछ । जसका लागि सबै
शिक्षकहरूले लामो र छोटो अवधिका
तालिम लिने अवसर प्रदान गर्नुपर्दछ ।
घ) सामाजिक अध्ययनमा सामाजिक
विज्ञानका विभिन्न विषयको ज्ञान
तथा अवधारणाहरू समावेश हुने तर शिक्षक
कुनै एक दुई विषयमा मात्र अध्ययन गरेको
हुने भएकाले शिक्षकहरूलाई थप
विषयवस्तुमा आवश्यक ज्ञान तथा सीप
हासिल गर्न स्वअध्ययनका लागि
सामग्रीहरू उपलब्ध गराउने र शिक्षकहरूमा
समेत निरन्तर रूपमा अध्ययन गर्ने
परिपाटीको विकास गर्नुपर्ने ।
ङ) सामाजिक अध्ययनले व्यक्ति र
समाजको अध्ययन गर्ने भएकाले
कक्षाकोठा शिक्षण सिकाइलाई पनि
परीक्षामुखीभन्द
ा विद्यार्थीको व्यवहारमुखी बनाउन
जोड दिनुपर्ने । यो विषयको
मूल्याङ्कनमा Paper and pencil test लाई
भन्दा विद्यार्थीले गरेका क्रियाकलाप
र उसको सहभागितालाई आधार
मान्नुपर्ने । यसका लागि अवलोकनलाई
जोड दिनुपर्ने हुन्छ ।
च) सामाजिक अध्ययन विषयले
व्यक्तिलाई आप्mनो जीवन कसरी सुखमय
रूपमा बिताउने, मानिसलाई बाँच्ने
सिकाउने उपायहरूका बारेमा यसले जोड
दिने भएकाले समकालीन सामाजिक
मुद्दाहरूलाई यसमा समेट्नुपर्दछ ।
मानवअधिकार, बालअधिकार, महिला
अधिकार दलित तथा आदिवासी
जनजातीका अधिकारहरूमा संरक्षण र
विकासका सम्बन्धमा विषयवस्तुहरू
समावेश गरिनुपर्दछ ।
छ) समाजका विद्यमान समस्याहरूमा
दुव्र्यसनी, धुम्रपान, मध्यपान, चोरी,
डकैती, हिंसा, द्वन्द्व, भ्रष्टाचार,
बालश्रम तथा चेलिबेटी बेचविखनले
समाजमा पार्ने प्रभाव र त्यसबाट बच्ने
उपायहरू, त्यसमा प्रत्येक व्यक्तिको
भूमिकाका बारेमा विश्लेषण र
समाधानहरू समुदायलाई कसरी जागृत
गराउने सीपहरू हासिल गराउने कार्य
गर्नुपर्दछ ।
ज) मानिस एकअर्कासँग मिलेर बस्ने काम
गर्ने, एक ठाउँबाट अर्को ठाउँमा
गइसकेपछि त्यहीँको समुदायमा
समायोजनको लागि आवश्यक पर्ने
सामाजिक सीप विकास गर्ने,
विद्यमान प्रविधिसँग परिचित हुन
सूचना तथा सञ्चार सीप, त्यसैगरी
प्राकृतिक घटनाहरूबाट बच्ने
उपायलगायत बौद्धिक सीप हासिल
गराउन पाठ्यक्रम पाठ्यपुस्तकदेखि
शिक्षणसिकाइ क्रियाकलाप र
मूल्याङ्कनमा समेत सोहीअनुसार
समायोजन गरिनुपर्दछ ।
झ) सामाजिक अध्ययन विषयको
शिक्षक तथा प्रशिक्षकमा कक्षाकोठा
व्यवस्थापन, सञ्चार अन्तर्क्रियात्मक,
शैक्षणिक सामग्री विकास तथा प्रयोग
गर्ने तथा व्यवहार र मनोवृत्ति सुधार गर्न
सक्ने जस्ता शिक्षण सीप रहेमा यस
विषयलाई प्रभावकारी रूपमा शिक्षण
गर्न सकिने भएकोले यस्ता सीपहरू
हासिल गर्ने अवसर प्रदान गर्नुपर्दछ ।
ञ) सामाजिक विषय एक बहुरूपी भएकाले
यसलाई सहज तरिकाले अगाडि बढाउन
शिक्षणमा विभिन्न गुणहरू हुनु आवश्यक
हुन्छ । मानवीय सम्बन्धमा विशिष्टता,
वस्तुनिष्ठता, विषयवस्तुमा दक्ष,
क्षेत्रभ्रमणमा सैद्धान्तिक र
व्यावहारिक रूपमा दक्ष, असल
सञ्चारकर्ता, आधुनिक प्रविधिसँग
परिचित, अनुभवी, समसामयिक
विषयवस्तुको राम्रो जानकारी र
बारम्बार भ्रमण गर्न सक्ने जस्ता विशेष
गुणहरू हुनु अति आवश्यक भएकाले यस्ता
पक्षमा शिक्षक विकासमा जोड
दिनुपर्दछ ।
सामाजिक अध्ययनको उद्देश्य आजका
बालबालिकाहरूबाट समाज उपयोगी
असल नागरिक बनाउनु हो ।
विद्यार्थीहरूमा पारिस्परिक प्रेम,
आपसी सहयोग, सहानुभूति र भातृत्वको
भावना विकसित गर्ने एकमात्र विषय
सामाजिक अध्ययन भएकोले यसलाई
प्रभावकारी रूपमा शिक्षण सिकाइ गर्नु
आजको आवश्यकता हो । सामाजिक
अध्ययनको विगतलाई भन्दा व्यक्तिसँग
सम्बन्धित समसामयिक पक्ष तथा
मुद्दाहरूलाई समायोजन गर्ने सीप प्रदान
गर्न सकेमा मूल्य र मान्यताको विकास
गर्न सकिन्छ । यसले गर्दा हिंसा, द्वन्द्व,
भ्रष्टाचार, सुशासन तथा आपसी सद्भाव
र नैतिकताको विकास
बालबालिकाहरूमा गर्न सकिन्छ । यसर्थ
यस विषयलाई व्यवस्थित रूपमा अगाडि
बढाउन सम्बन्धित सबै पक्षको
जिम्मेवारी उत्तिकै महत्वपूर्ण रहेको छ ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव