Skip to main content

परीक्षा टिप्स

यहि भाद्र ११ गते शनिबार निम्न माध्यमिक बिद्यालयमा ९ बिषयका १११७ शिक्षक पदको लागि लिखित परीक्षा हुंदैछ । कुल ११६३४० जना उम्मेदबारले प्रतिस्पर्धा गर्दैछन् । प्रबेश पत्रमा, प्रश्न पत्रमा र उत्तरपुस्तिकामा दिएका निर्देशन राम्ररी नपढ्दा वा ध्यान नदिंदा, लेख्ने तरीका नजान्दा र समय ब्यबस्थापन गर्न नसक्दा धेरै परीक्षार्थी क्षमता हुंदा हुदै पनि परीक्षामा सफल हुन सकेका छैनन् । अतः तल उल्लेखित पक्षहरुमा ध्यान पु¥याउन सके परीक्षामा सफल हुन सहयोग पुग्नेछ ।
1. प्रबेश पत्रमा भएका निर्देशन राम्ररी पढ्ने र पालना गर्ने,
2. परीक्षा दिन जांदा चिन्ता नलिई ताजा भएर र सकारात्मक सोच बनाएर जाने,
3. परीक्षाको लागि चाहिने सामान प्रबेश पत्र, कलम आदि रुजु गरेर लिने, उस्तै मसि भएका दुइवटा कलम लाने,
4. परीक्षा केन्द्रमा आधा घण्टा अगाडि पुग्ने,
5. परीक्ष हल भित्र लान नहुने सामान जस्तै किताब, नोट कपी, मोबाईल आदि नलाने,
6. परीक्षा हल खुलेपछि आफ्नो सम्बिल नं खोजेर बसिहाल्ने,
7. उत्तरपुस्तिकामा भएका निर्देशन राम्ररी पढ्ने र सोहि अनुसार नाम थर लगायत बिबरण भर्ने,
8. प्रश्नपत्र बितरण गर्न अगाडि नै उत्तर पुस्तिकामा नाम रोल नं लगायतका बिबरण भरी सक्ने ताकि प्रश्न पत्र पाउनासाथ उत्तर लेख्न अलमलिन नपरोस्, तीन वटा उत्तर पुस्तिका हुने हुनाले बिबरण लेख्न समय लाग्छ,
9. उत्तरपुस्तिकामा चिनाउने खालका संकेत ( जस्तै ठेगाना, फोन नं. आदि )नलेख्ने, दुख देखाएर अनुरोध नगर्ने कपी रध्द हुन सक्छ,
10. बस्तुगत प्रश्नमा भएको संकेत नंबर उत्तर पुस्तिकामा अनिबार्यरुपमा लेख्ने, अन्यथा उत्तरपुस्तिका नै रध्द हुन्छ,
11. २० मिनेट पहिले नै बस्तुगत प्रश्न सकेमा तुरुन्त बिषयगत प्रश्न मागिहाल्ने,
12. बिगायगत प्रश्नको उत्तर लेख्नुभन्दा पहिला प्रश्नपत्रमा भएका निर्देशन ख्याल गर्ने,
13. थप गरेको कपीमा नाम थर नलेख्ने, मुल उत्तर पुस्तिकामा कपी थपगरेको जनाउने, कपी थप गरेपछि तुरुन्त स्ट्रिच गराउने,
14. बिषयगत परीक्षाको लागि खण्ड (क) र खण्ड (ख)को लागि अलग अलग उत्तरपुस्तिका हुन्छ, खण्ड (क) र खण्ड (ख) का उत्तर सम्बन्धित खण्डमा लेख्नुपर्छ । खण्ड (क) का प्रश्नको उत्तर खण्ड (ख) मा र खण्ड (ख) का प्रश्नका उत्तर खण्ड (क) मा लेखेमा उक्त उत्तर परीक्षण हुंदैन,
15. प्रश्न नं गलत लेखि उत्तर लेखेमा वा प्रश्न नं नै नलेखि उत्तर लेखेमा उक्त उत्तर नै परीक्षण हुंदैन,
16. मसी परिबर्तन गरेको भए निरीक्षकबाट अनिबार्यरुपमा प्रमाणित गराउने अन्यथा उत्तरपुस्तिकामा संका गर्ने ठाउं हुन्छ,
17. उत्तरपुस्तिका र हाजिरी फाराममा समाबेशी समुह अनिबार्यरुपमा लेख्ने,
18. गणित, बिज्ञान र कम्प्यूटरका प्रश्न अंग्रेजीमा भए पनि उत्तर नेपाली वा अंग्रेजी वा दुबै भाषामा लेख्न सकिन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...