Skip to main content

तीज गीत

=====तिज गित ====
घुम्दै फिर्दै आयो तिज फेरी बर्ष दिनमा ।
जसरी नि आउनु दिदि आईन लिन म ।।
फोनमै भएनि बोलाकोछु गाह्रो कत्ति नमान्नु ।
कान्छो भाईले हेला गर्यो भन्ने नठान्नु ।।
पोहोर पनि आइनौ दिदी सुन्य भयो आगन ।
यो साल पनि आउन पाइन फेरी नभन ।।
भान्जा भान्जि ठुला  भए अब घर धान्छननि ।
कहिलेकाहि त गाई भैसीले पराल खान्छननि ।।
अब त सक्यौ होला धान Mकोदो गोडेर ।
सानि भान्जि ल्याउनु होला भान्जा छोडेर ।।
पानि आउछ पहिरो जान्छ भर हुदैन बाटाको ।
डाइरेक बस चढ्नु होला नारनघाटको ।।
बुहारी पनि माइत जान्छिन घर मैले धान्निहो ।
दिदी भाई सगै बसी तिज मान्निहो ।।
झिनुवाको चामल खोज्ने गरेको छु बिचार ।
। टुसा बोडिको बन्छ अचार ।।
॥॥॥॥॥ आचार्य निरस ॥॥॥॥
..........,...2073/05/14

तीज गीत

बर्ष र दिनको तीजै र आयो
आउ दिदी बहिनी हो नाचम बरिलै ।
तीजको बेला रमाइलो मेला
बारुले कम्मर भाचम बरिलै ।।

आयौ आज गीत गाउन घरको काम छोडेर ।
अभिबादन गर्छौ हामी दुई हात जोडेर ।।

महिलाभित्र लुकेको छ प्रतिभाको खानी ।
त्यसै खेर फाल्नु हुन्न हाम्रो जबानी ।।

उठ दिदी बहिनी हो अझै कति रूनी हो ।
महिला अघि बढ़े मात्रै बिकास हुने हो ।।

सहनु हुन्न अब हाम्ले अन्याय र अत्याचार ।
संबिधानले दिएको छ महिला अधिकार ।।

नारीहरु पुगि सके संबैधानिक अंगमा
देश चल्न थालि सक्यो नयाँ ढंगमा ।

राष्ट्रपति सभामुख उच्च पदमा महिला छन ।
जागिर खाने ठाउमा पनि नारी पहिला छन ।।

इतिहासमा भृकुटी र सिताले नाम लेखाए ।
महिला शक्ति कस्तो हुन्छ भन्ने देखाए ।।

पासांग ल्हामु हिमाल चढ़िन ठूलै साहस बोकेर ।
दंग पर्दै हेरे सबले जिब्रो टोकेर ।।

सेना पुलिस कर्मचारी भित्र महिला गका छन ।
राम्रो कर्म गरी झन उत्कृष्ट भका छन ।।

देशको बिकास गर्नलाई महिला अघि सरौं है ।
यो देशलाई झलमल पार्न योगदान गरौं है ।

छरिएको श्रम  सीप अब  स्वदेशमा जुटाई दिउं
आजै देखि बिकासको मूल फूटाई दिउं ।।

नारी हामी अघि बढ़ी देखाउनु छ चमत्कार ।
यति भन्दै बिदा हुन्छौं हस्त नमस्कार ।।

रचना : भुमिराज शर्मा, पर्बत
२०७३-०५-१६/९:०४pm

1) बाबाजि का दैला मुनि ठुलो रुख बडर,
धेरै छोरि छन भनेर हेलानगर...
2)जति छोरी भयनि आफ्नो कर्म खानि हो,
रुदै रुदै अरिकाको घर्मा जानि हो,
3)अरिकाको घर्मा गई आगन छेऊमा बस्नि हो,
कस्को मुख हेरेर भित्र पस्नि हो।
4)शासु मुख हेरम भने खुन खायको बाघ झै,
शसुरालाई हेरम भने कालि नाग झै।
5)जेठानि लाई हेरम भने भित्र तिर दकुरि,
जेठाजु लाई हेरम भने ताक्छ खुकुरि।
6)देवर लाई हेरम भने नुन खायको ढुकुर झै,
नन्न लाई हेरम भने भोटे कुकुर झै.........
७) सम्पति ले नपुगेर गैरि खेत राजिनाम, केछतनि जिन्दगि मा लाउनि खानि काम।। 
८)दुबै पाथि धान दिनुस अहिले तिज मान्न लाई, तिज पछि आउछु म बिटा बान्नलाई।।
९) धान पाईयन भनेर बाबा खोलि झर्नुभो, आमा जित घरैमा मुर्छा पर्नु भो।।
१०) शाहुजिका छोरि लाय मिठो खाई चुठन , हाम्ले पनि खाम्ला आमा मकै भुटन, 

शिव सस्मित

#तिजी गीत#
१. हे ! बटुलेर दायाँ बायाँ वारीका र पारीका,
     सुनाउंछौं गुनासा यी हामी नारीका ।
२. संविधान नियम कानुन जजसले बनाए,
     लागू गर्न तिनैले टाउको कन्याए ।।
३. बढेकै छ हिंसा अनि चेलीमाथि दमन,
     सिहंदरवार पसेपछि सक्यो नभन ।
४. समानताका कुरा त कागजमै लेखिए,
     विभेदका रुपहरु बाहिरै देखिए ।
५. नारीबाटै हुन्छ अझ नारीकै शोषण,
     यसो हुंदा कसले गर्छ पक्षपोषण ।
६. सबै नारी मिली अब अघि बढ्नु पर्दछ,
     चेतनाको हतियारले लड्नु पर्दछ ।
............ ... ...........
२०७३/५/१९ तिजको दिन ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...