कथा
"साइत बिग्रेको दशैं"
दशै बिदा हुनु भन्दा दुई दिन अगाडि बिहिबारको दिन भुक्त मान छिटो छिटो ओरालो झर्दै थियो । ओरालो बाटोका एक दुई सीढ़ीहरु नाघ्दै आधा घण्टाको बाटो उसले दश मिनेट मैं पार गरयो । मानौ ऊ आफ्नो घडिको रफ्तार भन्दा कैयौ गुणा बढ़ी दौडि रहेको छ ।
हिजो बाटोमा दगुर्दै गर्दा चौतारीमा रित्तो डोको बोकेर हसियामा धार लगाउँदै गरेकी भाउजुले प्रश्न गरिन -- बाबु आज निकै हतारमा हुनुहुन्छ । के भयो । कि कतै टाढा को साइत त होइन ? । रित्तो डोको देखि हाल्नु भो । साइत नपर्ने हो कि ? राम्रो सँग जानु होला है ।
बोल्न समेत हतार भएको भुक्त मानले भन्यो--" ठिकै छ भाउजु । मैले खासै यस्ता कुराहरुको मतलब राख्दिन । " आफ्ना अगाडी बढ़ी रहेका पाइलाहरु लाई बिश्राम नदिई एकै सासमा जवाफ फर्काउंदै बाटो लागेको थियो । त्यति मात्र कहाँ हो र । बाटोमा देख्दा साइत पर्दैन भन्ने अरु धेरै कुराहरु समेत उसले भेट्न पुग्यो । बोरामा फलाम बोकेर पसिना पूछ्दै उकालो लॉग्दै गरेका माथिल्लो गाउका आइते दाइले उस्लाई बाटोमा भेटेर जदौ गरे । त्यसको केहि बेरमा एउटा कालो सर्पलाई झण्डै उसले टेकि सकेको थियो ।
हिजो यस्ता कुनै कुराहरु उसले भेटेको थिएन । तर ऊ तीन घण्टा सम्म बैंकको लाइनमा बसेर रित्तो हात घर फर्केको थियो ।
कतै आज पनि काम नबन्ने हो कि भन्ने उसको मनमा थोरै आशंका पाल्दै ऊ सड़क छेउ पुगि सकेको थियो । त्यसैले त ऊ आज बैंकको गेटमा चार बज्नु भन्दा अगाडि नै पुगि सक्ने दौडाहामा निस्कीएको छ । बैंक को अतिरिक्त समयको सेवा पाँच बजे सम्म चल्दो रहेछ । एक घण्टामा त जसै पालो पाइने उद्देश्य बोकेर ऊ हतारिइ रहेको थियो ।
संयोग भनौ वा साइत सड़कमा पुग्दा बित्तिकै बस टुप्लुक्कै आई पुग्यो र उसको सामु रोक्यो । अरु बेला बस कुर्दा लामो प्रतिक्षा गर्ने गरेको भुक्त मान खुशी हुँदै भित्र सीटमा बस्यो । सानो माइक्रो बस भएकोले तीब्र गतिमा उस्लाई सदरमुकाम पुग्न धेरै बेर लागेन । उसले सोचेको समय भन्दा दश मिनेट अगाबै ऊ बैंक भित्र छिरयो । त्यहाँ उसले हिजो देखे जस्तो कुनै लाइन थिएन । तीन चार जना सेवा ग्राही मात्र थिए । उसले पर्स बाट दुई ओटा चेक निकाल्यो र काउण्टर मा दियो । दुई मिनेट मैं रकम बुझ्यो र आफ्नो बाटो लाग्यो ।
ऊ हस्याङ फस्याङ गर्दै बैंकको गेटनेर पुग्यो । गेट बन्द भइसकेको रहेछ । आफू जस्तै गरी दौडि रहेको आफ्नो हातमा रहेको घडी हेरयो । एक बज्न तीन मिनेट बाँकी रहेछ । कतै आफ्नो घडी बिग्रेको हो कि भनेर आफु सँगै बाहिर रहेका एक जना सेवा ग्राहीलाई समय सोध्यो । उनको मोबाइलले पनि उही समय देखायो । अनि चेन गेट भित्र रहेको सुरक्षा गार्ड संग गेट बन्द हुनुको कारण सोध्यो । एक बजिसकेको हुनाले बन्द गरिएको जवाफ पायो ।
उसले आफ्नो पैसा पठाउने जरूरी काम भएको र बाहिर आफु जस्तै धेरै सेवा ग्राहि रहेकोले शाखा प्रबन्धक संग भित्र पस्नको लागि अनुमति दिन सन्देश पठायो । तर प्रत्युत्तरमा समय ढ़िला भइसकेको जवाफ आयो ।
आफुसंगै रहेका झण्डै ८/१० जना अन्य ब्यक्तिहरु दशै खर्चको लागि पैसा निकाल्न भनेर आएका रहेछन् । उनीहरु अझ बढ़ी चिन्तित मुद्रामा देखिन्थे ।
त्यसो त उसले बिगतमा पनि यस्तै अबस्था भएर कार्यालय प्रमुखलाई नै फोन गरेर भित्र पसेको थियो । तर त्यो बेला पनि काम भने भएको थिएना । यस पटक उसले त्यसो गर्न चाहेन ।
उ त्यहाँ बाट निरास हुदै निस्कियो । बस आइरहेको थियो । सदरमुकाम को बैंकमा गएर सेवा लिनु नै उसको अन्तिम बिकल्प थियो । दशैको बेला यात्रुहरुले खचाखच भरीएको बस भित्र खुट्टो छिराउने कुनै ठाउ थिएन । तै पनि बल्ल तल्ल नहै
लघु कथा
"जिब्रो र दाँतको झगड़ा "
---भुमिराज शर्मा
एक दिन अम्बा खांदै गर्दा झुक्कीएर दाँतले जिब्रो टोक्न पुग्यो । टोकाईले गर्दा जिब्रोबाट अलिकति रगत पनि आयो । धेरै बर्ष अघि देखि मिलेर बसेका जिब्रो र दाँतहरु बीच यहि कारणले गर्दा बिबाद शुरू भयो ।
जिब्रोले रुदै दाँतलाई भन्यो --" तिमीले मलाई धोका दियौ । तिमीले जानी जानी मलाई टोक्यौ । मेरो रगत आई रहदा पनि तिमीहरु हासिरहेका छौ । पख ! तिमीहरुलाई दुख पर्दा मैले पनि रमिता हेर्नेछु ।"
जिब्रोको यति कुरा सुनेपछि दाँतलाई रिस उठ्यो ।
दाँत लाई आफू जिब्रो भन्दा बलियो भएको घमण्ड पनि थियो ।
रिसाउदै दाँतले भन्यो -- "तैले के गर्न सक्छस । तं भन्दा म बलियो छु । कडा छु । मोती जस्तै चम्किलो छु । तं एक्लै छस् । हामी धेरै छौं । हामीलाई कसैले केहि गर्न सक्दैन । तं हामीबाट घेरिएको छस् । तलाई हामीले जे पनि गर्न सक्छौं । "
दाँतको यो धम्की सुनेपछि जिब्रोलाई साह्रै रिस उठ्यो । राम्रा, नम्र, शिष्ट र असल कुराहरु बोल्ने जिब्रो एका एक अभद्र र अशिष्ट शब्दहरु बोल्न थाल्यो ।
सबै सँग झगडा गर्न थाल्यो ।
एक दिन मूर्ख मानिस सँग झगडा गर्दै गर्दा त्यो मानिसले प्रहार गरेको मुक्का लागी जिब्रो लाई धम्की दिने दाँत सहित अगाड़ीका दुई ओटा दाँत भुईमा खसे ।
भुईमा झरेको दाँतलाई जिब्रोले भन्यो --" देख्यौ ! को बलियो रहेछ ? "
भुईमा झरेको दाँतको घमण्ड चकनाचूर भयो ।
कुनामा बसेर यी सबै गतिबिधि नियालेर हेरिरहेको
बुद्धि बंगाराले जिब्रो र दाँत बीच बढिरहेको तनाब र क्षति कम गर्न समझदारीको लागि एउटा संयुक्त बैठक बोलायो ।
दुबै थरी बैठक बसे । सो बैठकमा एक छिन भनाभन चल्यो । दुबै थरीले आफ्नो घमण्ड र प्रतिशोधको कारण क्षति बेहोर्नु परेको महशुस गरे ।
अब आइन्दा दाँतहरुले जिब्रोलाई एक्लो देखेर नहेप्ने, रूप र बलियोपनको घमण्ड नगर्ने प्रण गरे । जिब्रोले पनि जथाभाबी नबोल्ने र झुक्किएर हुने गल्तीमा दाँत माथि कुनै शंका नगर्ने प्रतिबद्धता गरयो ।
त्यस दिन देखि दाँत र जिब्रो बीच कुनै झगड़ा भएन ।
दुबै थरी सँगै मिलेर बसे । उनीहरुको बीच प्रेम बढ्दै गयो ।
उमेर ढल्किदै जाँदा दाँतहरु झर्दै गए । जिब्रो लाई नरमाइलो लाग्न थाल्यो । धेरै बर्ष सँगै बसेका साथीहरु छुट्टीएर जाँदा पीडाको अनुभूति गर्न थाल्यो । वरिपरि रहेका दाँतहरु झरेपछि जिब्रोलाई
जाडो को महशुस भयो । उसले स्वाद पनि काम थाहा पाउन थाल्यो । बोली बुझिन छोड्यो । उसले अन्त्यमा बाँकी रहेको र झर्ने अबस्थामा पुगेको बुद्धि बंगारो सँग आफूलाई एक्लै छोडेर नजान अनुनय बिनय गरयो ।
त्यसै बेला बुद्धि बंगारोले गम्भिर मुद्रामा भन्यो --" के गर्ने जिब्रो दाई ।
जून बस्तु कडा छ त्यो छिटो नास हुँदो रहेछ । तिमी भन्दा म बीस बर्ष कान्छो हूँ तर म पहिला जाँदै छु । अब म गए पछि तिम्रो रक्षा गर्ने कोहि बाँकी छैन । आफ्नो सुरक्षा आफै गर्नु । नम्र र मीठो बोली गर्नु । हामी झरे पनि तिमी धेरै बर्ष बाचिरहनु । "
यति भने पछि बुद्धि बंगारो झरयो । एक छिन त जिब्रोले आफू सँगै बंगारोलाई यता उता खेलायो । स्पर्श गरयो । तर ऊ मरिसकेको थियो । केहि समय पछि भाब बिह्वल हुँदै पातीको गाँजमा लगेर अंत्येष्टी गरेर फर्क्यो । त्यो दिन उसले खानामा रत्तिभर स्वाद पाएन । त्यसै टोलाइ रह्यो ।
२०७३-०६-२१/ बिहान ८:३६
लघुकथा २
"जड्याहासँग जम्काभेट "
केहि दिन पहिले एउटा गाउँलाई मदिरा मुक्त गाउँ घोषणा गरिएको थियो । यो कार्यबाट केहि जड्याहाहरु रूस्ट भएका थिए । दशैंको निहु पारेर पारी गाउँको भट्टीमा टन्न रक्सी पिएर दुई जना जड्याहा सडकमा हिडिरहेका थिए । मदिरा बिरुद्धको अभियानका एउटा अभियन्ता शिक्षक आफ्ना साथीहरुका साथ सोहि बाटो जादै थिए । एक्कासि तिनीहरुको जम्का भेट भयो ।
पहिलो जड्याहाले प्रश्न गरयो -- ए मास्टर , भन त स्याउ खान हुन्छ कि हुदैन ?
शिक्षकले जवाफ दिए -- हुन्छ । किन नहुनु ।
दोस्रो जड्याहाले अर्को प्रश्न थप्यो -- तिमीले अंगूर खान्छौ कि खादैनौ ?
प्रत्युत्तरमा शिक्षकले भने -- अंगूर त झन मीठो लाग्छ ।
फेरि मुख बटार्दै पहिलो जड़याहाले सोध्यो - कोदोको ढ़िडो खान हुनि कि नहुनि ?
अकस्मात जड्याहाका एकोहोरो प्रश्नहरुको जवाफ दिई रहेका शिक्षकले भने - "तिमीहरुले भनेका सबै चीज खान हुन्छ । ती कुराहरु स्वास्थ्यका लागि धेरै लाभदायी छन । बरु आज जे खाएर तिमीहरु मलाई यी प्रश्न गरि रहेका छौ त्यो चाहि खान हुँदैन ।"
शिक्षकको कुरा सुन्ने बित्तिकै पहिलो जड्याहाले जन्गीदै भन्यो -- ए स्याउ खान हुने, अंगूर खान हुने, ढ़िडो खान हुने तर त्यसै बाट बनेको रक्सी खान नहुने ?
त्यस पछि शिक्षकले शान्त हुदै प्रति प्रश्न गरे -- " ल भन त मैले एक मुठी माटो र एक गिलास पानीले तिमीहरुलाई हाने भने कत्तिको दुख्छ ? "
एउटाले भन्यो - दुख्दैन ।
शिक्षकले अर्को प्रश्न गरे -त्यहि माटो त्यहि पानीमा डल्लो पारेर हाने भने कत्तिको दुख्छ ?
दोश्रोले भन्यो -- अलिअलि दुख्छ ।
शिक्षकले मुस्कुराउदै तेश्रो प्रश्न गरे -- त्यहि माटोको एउटा इट्टा बनाएर तिम्रो थाप्लोमा हाने के हुन्छ ?
दुबै जना जड्याहाले एक स्वरमा जवाफ दिए -- "टाउकै फुट्छ । मरि हालिन्छ नि ।"
त्यसपछि शिक्षकले सम्झाउदै भने -- "हेर भाई हो,
जसरी त्यो ईटले हान्दा तिमीहरुलाई चोट लाग्छ, त्यसै गरी रक्सी सेबन गर्दा तिमीहरु, तिम्रो परिवार र समाज लाई नै चोट पुग्छ । यसले सबैलाई असर गर्छ । झगड़ा गराउछ । स्वास्थ खराब गर्छ । जीवन नै बर्बाद गरी दिन्छ । जुन असर स्याउ, अंगूर र ढ़िडो खांदा हुदैन ।"
शिक्षकको कुरा सुने पछि दुबै जड्याहाहरु नतमस्तक भए । उनीहरूले अब आइन्दा कहिल्यै पनि जाँड रक्सी नपिउने कसम खाए । शिक्षक सँगै मदिरा बिरुद्धको अभियानमा अगाडि बढ़े ।
२०७३-०६-२०
कथालेखनको मेरो पहिलो प्रयास
लघुकथा १
"पाँच साथीहरु "
-- भुमिराज शर्मा
फरक स्वभाब भएका दुई जना दाजु भाइ दुई छिमेकी बिद्यालयका प्रधानाध्यापक थिए । कान्छो भाइ प्रअ भएको बिद्यालयमा पढ़ाई त्यति राम्रो थिएन । शिक्षकहरु आपसमा झगडा गरिरहन्थे । बिध्यार्थिहरु पनि अनुशासन हीन थिए । उपद्रो मच्चाइ रहन्थे । बिद्यालयको नतिजा ओरालो लागिरहेको थियो । बिद्यार्थी संख्या दिन प्रतिदिन घट्दै गैरहेको थियो ।
अर्को तर्फ जेठो भाइ प्रअ भएको बिद्यालय धेरै राम्रो थियो । त्यहाँको पढ़ाई, प्रशासन, अनुशासन, ब्यबस्थापनको सबैले प्रशंशा गर्थे । बिद्यार्थी संख्या दिन प्रतिदिन बढ़िरहेको थियो । शिक्षक बिद्यार्थी निकै अनुशासित र परिश्रमी थिए ।
यो देखेर भाइलाई निकै ईर्ष्या र डाह लागेको थियो । आफ्नो स्कूल बिग्रदै गएकोले ऊ निकै चिन्तित पनि थियो । उसले एक दिन दाजुलाई भेटेर उसको स्कूल राम्रो हुनुको कारण सोध्यो ।
दाजुले जवाफ दियो - " यो सबै मैले गर्दा होइन मेरा पाँच जना साथीहरुको कारणले सम्भब भएको हो । यति कुरा सुने पछि उसको मनमा ती पाँचै जना साथीहरुलाई थप सेवा सुबिधा दिएर आफ्नो स्कूलमा सरुवा गर्ने बिचार आयो । आफ्नो स्कुलका झगड़ालु शिक्षक दाजुको स्कुलमा पन्छाउने बिचार गरयो । दाजुसंग उसले सोहि कुरा प्रस्ताब गरयो ।
भाईको प्रस्ताब सुनेर दाजुले मुस्कुराउंदै भन्यो - "भाई तिमीले यति ठूलो झंझट गरिरहनु पर्दैन । मेरोमा भएका साथीहरु राम्रो सँग चिन । तिमीले आफैमा भेट्न सक्छौ । "
आश्चर्य चकित हुँदै भाईले सोध्यो - कसरी ?
दाजुले भन्यो - " मेरो सफलताका पाँच साथीहरु मध्ये पहिलो मित्र सत्य हो , जसले मलाई कहिल्यै असत्य बोल्न दिदैन ।
दोश्रो मित्र हो प्रेम, जसले मलाई कसै प्रति घृणा गर्न दिदैन । सबैलाई माया गर्न सिकाउछ । अरुको बिचारको सम्मान र कदर गर्न सघाउछ ।
तेस्रो मित्र हो इमान्दारी, जसले मलाई लोभ लालचबाट टाढा बस्न सिकाउछ । बेइमानहरुबाट बच्न सहयोग गर्दछ ।
मेरो चौथो मित्र हो त्याग अर्थात समर्पण , जसले म भित्र कहिल्यै ईर्ष्या पैदा हुन दिदैन । डाह र ईर्ष्याबाट
जोगिन सिकाउछ । अरुको खुशीमा आफ्नो खुशी खोज्न प्रेरित गर्दछ ।
मेरो अन्तिम एबं पाँचौ मित्र हो कर्तब्य परायणता, जसले मलाई अरु सबै कुरा छोडेर सदैब आफ्नो कर्तब्य पथमा निरन्तर लम्किन सहयोग गर्छ । "
दाजुको कुरा सुने पछि भाई एकै छिन टोलाइ रह्यो । उसले आफ्ना सबै शिक्षक कर्मचारी र बिधार्थी हरुलाई सम्झ्यो । आफूले उनीहरुसँग गरेका ब्यबहारहरु उसका मष्तिस्कमा घुम्न थाले ।
अनि दाजुले सुझाएका पाँचै जना मित्रहरु आफैभित्र खोजी गर्ने प्रण गर्दै आफ्नो बाटो लाग्यो ।
२०७३-०६-१९ बुधबार
क्रमशः
तपाईको सुझाब र सल्लाहको अपेक्षा गर्दछु ।