Skip to main content

जोमसोम यात्रा

प्रिय मुस्ताङ
म कसरी बर्णन गरूँ
तिम्रो सुन्दरताको
कुन शब्दले पुकारूँ तिमीलाई
भेटेको छैन कुनै शब्दहरु
लेखेको छैन कुनै संस्मरण
मुटु भरि भरिएछौ तिमी
मन मस्तिष्कमा  सजिएछौ ।

हिजो तिमी
हिमाल पारी थियौ
म वारी थिएं
केबल हेरिरहन्थे
तिम्रा तस्बिरहरु
पढ़ी रहन्थे
किताबका पानाहरुमा तिमीलाई
तर आज समिपमै आएछौ तिमी
मन मष्तिस्कमा  सजिएछौ ।

२०७३-०६-२८
७बजे बाट प्रतीक्षा
२७ जनाको समूह
४ बजे नै लाइन लागेको चिया पसलकी एक बूढ़ी आमाको भनाई
काउण्टर को रेस्पोंस अरु कुनै साधन नभएको
रातो टोपी वाला को भनाई
७गाडी बुक १० :३० सम्म
प्रति यात्रु रु ३६० (घासा सम्म)
२५०० भन्दा बढ़ी बाइक गैसकेको -ट्राफिक प्रमुख
बेनी बाट घासा यात्रा शुरू (११:४५)
दाना तितरमा खाना ३:५६
रुप्से झरना
उकालोमा जाम ४:०८
घासा 5:00
1 घण्टा को पर्खाई
जोमसोमको लागि बस चढ़ेको
फेरि सड़क अबरुद्ध
1 घण्टा पछि खुलेको
केहि यात्रु लेतेमा केहि मारफा मा बास बसे ।
हामी जोमसोम 10 बजे पुगेको
होटलहरु भरि भराउ
केहि साथीहरु बसमै बास बसेको
खाना बनाउन ग्यास महँगो भएको होटलवालीको भनाई
एक जना सरकारी कर्मचारीको क्वाटर मा हामी 5 जाना बास बसेको
उदारता मानबियता सहयोगी पन
2 जना काठमांडू कपन का तामांग भाई बिजय र संजिब
1 जना सल्यान कपुरकोटको टूरिस्ट गाइड
रातमा स्याउ टिपेर खाएको
मासुको सुकुटि मा सहमति जुटेंन
आलुको तरकारी र भात
बिहान सबेरै उठेर फोटो सेसन
सुनौलो हिमाल
आकर्षक दृश्य
आत्मियता प्रदर्शन गर्दै 7 बजे छुटेको
पछि बजारमा हिजोकै केहि यात्रु भेट भए
कष्टकर बसाइको अनुभब ब्यक्त
सुबिधा सम्पन्न होटल किन्न सक्ने ब्यक्ति हरुले समेत मात्र एउटा कोठा किन्न सकेनन
मुक्तिनाथ को लागि टिकट लिएको
24 नं पालो
राजनीति शास्त्रका बराल गुरु संगभेट
मेरो आफ्नै चेला नबराज संग पनि भेट
एउटै बसमा सँगै गएको
3 साथी छूटे
नदीको किनार र पहाड़ छिचोल्दै कागबेनि हुदै मुक्तिनाथ पुगेको
गाड़ी भीत्र गर्मी बाहिर निस्के पछि चिसो
केहि मिनेटको पैदल
घोडा चढ़ी
मुक्ति नाथ मन्दिर
भिटा मिन ए । कृष्ण सर संग पुन भेट
महँगी सानो स्प्राइट लाई 100
बिस्कुट 30
पानी 60
स्याउ 100/किलो
स्नान 108 धारा
मन्दिरमा ठूलो भीड़
पौड़ी खेलेको दृश्य
गुम्बा
बुद्धको ठूलो मूर्ति
त्यहि नजिक थकाली खाना
चिनो किनेको
केहि तल झरी याकमाथी चढ़ेको
बसको पहिलो सीट मा बसि
जोमसोम फिर्ता
साथीले खोजिदिएको कोठा मा सामान राखी बजार घुम्न निस्कीएको
पुरानो बजार घर
किनमेल
साथीहरु सँगै चिया पान
प्रति कप 40
कोठामा फिर्ता
शिक्षकको घर
नामबिनाको होटल
राजेन्द्र /रजनी शेरचन
राम्रो आतिथ्यता
गफ गाफ
खाना
तस्बिर हेर्दै 11 बजेको
बिहान 7 बजे टिकट काउण्टर
7:30 मा लाइभ
झापाली बाजेको सरकार प्रतिको आक्रोस
हिन्दू राज्यको प्रसंग
काठमाण्डू को भाईको गुनासो
फिर्ता घासा तर्फ
मारफाको स्याउ बगैचा
टुकुचे मा खाजा
घासामा 11 बजे खाना
छहरो अबलोकन
2 घण्टा प्रतीक्षा

समस्याहरु

कच्ची सड़क
सांगूरो
जाम धेरै गाड़ी
पछिल्ला बर्षहरुमा मुस्तांग आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल मुस्ताङ बन्न थालेको छ । बेनी देखि माथिल्लो मुस्ताङसम्म सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटकको पनि चाप ह्वात्तै  बढेको छ । विशेष गरी यो मौसममा माथिल्लो मुस्ताङ घुम्न लायक गन्तव्य हो ।
जोमसोमबाट सवारी साधनमार्फत एक दिनको यात्रा गरेपछि माथिल्लो मुस्ताङ पुगिन्छ भने पैदल यात्रा गर्दा तीन दिन लाग्छ । माथिल्लो मुस्ताङमा जीवनशैली अन्य जिल्लाहरुको भन्दा फरक भएकोले पनि यो क्षेत्रमा पर्यटकको आगमन बढी हुने गर्छ ।
यति मात्र नभएर देशमा गणतन्त्र आइसक्दा पनि त्यहाँ गरिने मुस्ताङी राजाको सान र सम्मान नमूना नै रहेको छ । यस क्षेत्रमा नौतले गुफा,मौलिक संस्कृति, जीवनशैली, मनमोहक प्राकृतिक दृष्य तथा कोरला नाका प्रख्यात छन् ।
कसरी पुग्ने ?
काठमाडौंबाट नै निजी सवारी साधनमा माथिल्लो मुस्ताङसम्म पुग्न सकिन्छ । काठमाडौंबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ । जोमसोमदेखि छुसाङसम्म बस अथवा जिपको यात्रा गर्नुपर्छ । बाटोमा पर्ने खोलामा मोटरेबल पुल नभएकोले पैदल पुल तरेपछि फेरि अर्को गाडी चढेर माथिल्लो मुस्ताङ ६ घण्टामा पुग्न सकिन्छ ।

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव