गजल
बोटमैं फल कुहिएपछि भुईमै किन झर्नु परयो ।
ज्यूँदो लास भैसकेपछि फेरि किन मर्नु परयो ।
गाँजा भाँग धतुरोमा लठ्ठीदैछौ आज तिमी ।
शिबजीले छुट्टै रूप किन धारण गर्नु परयो ।।
कलियुगका सीताहरु आफै भाग्न थालेपछि ।
नानाभाँति गरी अब रावणले किन हर्नु परयो ।।
कुकर्म त गरी सक्यौ पखालिन्न जे गरे पनि ।
शाश्त्रको त्यो बैतरणी नदी किन तर्नु परयो ।।
असली रूप के हो तिम्रो खुलेआम भनि देऊ ।
दुनियालाई अनाबश्यक भ्रम किन छर्नु परयो ।।
२०७३/१२/०४
गजल
जलस्रोतको धनी देशमा गाग्री हानाहान भयो ।
लोकतन्त्रको नाम जप्दै कुर्ची तानातान भयो ।।
दश पढयो गाउँ छोड्यो बाह्र पढयो देशै छोड्यो ।
रोजगार खोज्दै बिश्वभरि डुल्ने पहिचान भयो ।।
पछि परे जागिर खाने भन्दै गाउँमा अल्झिनेहरु ।
दुई चार बर्ष बिदेश बस्ने आज नम्बर वान भयो ।।
पढयो लेख्यो काम छैन हात मुख जोर्न माम छैन।
दक्षता र योग्यताको आज यहाँ अपमान भयो ।।
२०७३-०१-१५/९:१७
१४ अञ्चल र ७५ जिल्लाको गीत:-
=======================
.
> मेची
ताप्लेजुङ पाँचथर जिल्लामा
इलाम झर्यो झापाको किल्लामा
चिया सस्तो छ
पुगेर फर्कनु मेची कस्तो छ ?
> कोसी
संखुवासभा, भोजपुर, तेह्रथुम
धनकुटामा विकास छ उधुम
मोरङ, सुनसरी
कोसीको तीरमा पुगौँ कसरी ?
> सगरमाथा
सोलुखुम्बु, खोटाङ, उदयपुर
ओखलढुङ्गा जाने छ अझै सुर
सगरमाथा गेट
सप्तरी काटेर सिरहामा भेट ।
> जनकपुर
महोत्तरी, दोलखा, रामेछाप
जनकपुरमा सीताको ठूलो छाप
धनुषाको दाइ
सिन्धुली पुगेर झर्नोस् सर्लाही ।
> नारायणी
मकवानपुर, वारा र पर्सा
चितवनमा गैँडा छन् सर्वत्र
नारायणी पुल
रौताहट पुगेर परेँ रनभुल ।
> वागमती
सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर
नुवाकोट, काभ्रे र ललितपुर
वागमतीको तीर
रसुवा, धादिङ जान लाग्छ पिर ।
> गण्डकी
लमजुङ आउनु मनाङे नानी
गोरखा तनहुँ जाने कि नजाने
अञ्चल गण्डकी
कास्की र स्याङजामा बित्यो जिन्दगी ।
> लुम्बिनी
नवलपरासी, गुल्मी र पाल्पा छेउ
अर्धाखाँची, रुपन्देही जान देऊ
कपिलवस्तु गाउँ
लुम्बिनी अञ्चल बुद्ध खेल्ने ठाउँ ।
> धवलागिरी
धवलागिरी हिउँ पर्यो सेतै
म्याग्दी जानु कि जानु पर्वतै
वाग्लुङ कस्तो छ ?
मुस्ताङको रातो स्याउ साह्रै सस्तो छ ।
> राप्ती
रुकुम, रोल्पा अञ्चल रापती
प्युठान जान पर्ने भो आपत्ति
सल्यानको वन
दाङ पुग्ने कसरी रुन्छ मेरो मन ।
> कर्णाली
हुम्ला, जुम्ला, मुगुमा रारा ताल
कालीकोटे नानीको के छ हाल ?
डोल्पा यस्तै छ
कर्णाली अञ्चलमा हिउँ सेतै छ ।
> भेरी
जाजरकोट भेरीको छेउछाउ
दैलेखबाट सुर्खेत जाने दाउ
बर्दियाको फाँट
के कामले होला नि बाँके जाने आँट ।
> सेती
अछाम डोटी, बझाङ, बाजुरा
कैलालीमा झरौँ न हजुर
सेती अञ्चल
पाँच जिल्ला घुमेर मन भो चञ्चल ।
> महाकाली
बैतडी र त्यै डडेलधुरामा
होला भेट कञ्चनपुरमा
छुट्ला दार्चुला
महाकाली अञ्चल पुगी फर्कौंला ।
गजल
बाहिर अमृत तर भित्र जहर भेटेको छु ।
जिन्दगीको मोडमा दुखद प्रहर भेटेको छु ।।
जोखिम मोलि धनको पछि दौडिदैछ मान्छे ।
छोटो बाटो धन कमाउने रहर भेटेको छु ।।
छाडिदेउ अस्मिताका कुरा गर्न मेरो सामु ।
जवानीको लिलाम हुने शहर भेटेको छु ।।
बाहिरि रूप एकथरि बास्तबिकता अर्कै ।
आफन्तकै भर नपर्ने ठहर भेटेको छु ।।
२०७३-०२-०६/७:५०am
गजल
बिदेशको भिसामा पार्टी, खुवाउने चलन आयो ।
बृद्धाश्रममा बाबु आमा, रुवाउने चलन आयो ।।
दूध,दही,घ्यू, मोहि लोप हुने पो हुन कि हजुर ।
बियर ह्विस्की ब्राण्डीले नुहाउने चलन आयो ।।
नागरिकलाई करको भारी ऋण मात्रै बोकाएर ।
भित्र भित्रै राजश्वलाई चुहाउने चलन आयो ।।
गरिबीको दुष्चक्रमा धेरै जनता फसेका छन ।।
भोका नांगाको देश भन्न सुहाउने चलन आयो ।।
ठूला ठूला योजनाको हल्ला खल्ला गरी गरी ।
बिकासको काम गर्भभित्रै तुहाउने चलन आयो ।।
२०७३-०३-०१/९:३०am
गजल
साउनको भेल छल्दै भंगालोमा आइन् ऊनी ।
एक्लै भाको मौका पारी बंगालोमा आइन ऊनी ।।
ओठ टोक्दै मुस्कुराउंदै नजरहरु जुधाउंदै ।।
ठट्टा गर्दै जिस्किएर अंगालोमा आइन् ऊनी ।।
यौवनको उन्मादमा अनि के के गरिन कुन्नि ।
हरपल यादहरूको संगालोमा आइन ऊनी ।।
सम्झनाको लागि एउटा रुमाल छोडी गइन ।
निचोरेर सुकाउंदा टगालोमा आइन ऊनी ।।
२०७३-०४-२२/८:१५
याद आयो ।
😴😴😴😴😴😴😴😴😴😴😴
रानी बनमा गाई बाख्रा चराएको याद आयो ।
अलि पर गर्जिदै बाघ कराएको याद आयो ।।
उता बाघ कराऊँदा यता मलाई झम्टिएर ।
म भन्दा नि उनी बढ़ी डराएको याद आयो ।।
गोठालो जांदा ऐसेलु र काफल टिपि दिंदा ।
भित्र भित्रै उन्ले मन पराएको याद आयो ।।
अंगालोमा बेरिएर नछुट्टिने कसम खांदै ।
बादलभित्र हामी दुई हराएको याद आयो ।।
२०७३-०४-२३/०६:१८pm
गजल
बोले बोली पासो हुन्छ भने किन बोल्नु परयो ।
हार सुनिश्चित भए जोखिम किन मोल्नु परयो ।।
तिम्रो मेरो प्रेमको घोल्य मात्रा फरक भएपछि ।
जिन्दगीको बिकरमा राखी किन घोल्नु परयो ।।
जे हुनु भो भैगो प्रिय बिर्सि देउ अतीतका कुरा ।
भो अब नबोल आफ्नै पोल किन खोल्नु परयो ।।
दिन दिनै चस्किरहन्छ घाइते मुटु अझै पनि ।
त्यसै माथि पीडाको रापले किन पोल्नु परयो ।।
२०७३-०४-२६ / ८:०१ pm
के अर्थ ?
बिजयोत्सब बिनाको फेताको के अर्थ ।।
कार्यकर्ताहरु बिनाको नेताको के अर्थ ।।
लगाउने निधार नै बिटुलो छ भने यहाँ।
थालीमा मुछेको त्यो अक्षताको के अर्थ ।।
प्रत्यक्षदर्शीले नै झूठो गबाही दिएपछि ।
पापी यो दुनियामा सत्यताको के अर्थ ।।
सुधार गर्नु पर्नेले उल्टै बिगार गर्छ भने ।
स्वार्थी यो समाजमा सभ्यताको के अर्थ ।।
२०७३-०४-३०/९:३० am
स्वार्थी दुनिया !!!
उर्लिएको जवानीको कदर गर्छ मान्छे ।
जस्तोसुकै सर्त पनि सदर गर्छ मान्छे ।।
जब बैश ढल्दै जान्छ रूप रंग हराउंछ ।
अनि त्यहि सम्बन्धलाई बदर गर्छ मान्छे ।।
२०७३-०५-०३/४:३८pm
चाहिंदैन
बर्षाको झरी बग्न कुलो चाहिंदैन ।
भुसुनो लाई लुक्न दुलो चाहिंदैन ।।
सच्चा छ माया यदि मुटुमा भने ।
प्रेममा माया जोख्न तुलो चाहिंदैन ।।
आपसमा कुरा यदि मिलेन भने ।
झगडाको बीऊ यहाँ ठूलो चाहिंदैन ।।
झुपडी नै नभएका दुखिया लाई ।
ब्यर्थको आगो फुक्न चुलो चाहिंदैन ।।
२०७३-०५-०७/८:००am
आफू तल रही उस्लाई शिखर चुमाएं मैले ।
जिन्दगी मा थोरै पाउन धेरै गुमाएं मैले ।।
कस्तुरीको जस्तै बिना आफै भित्र हुँदा हुँदै ।
ब्यर्थै किन बाहिर बाहिर नजर घुमाएँ मैले ।।
२०७३-०४-२६/६:३५ am
गजल
माला उन्दा फरक फूलको
थुङगो काम लाग्न सक्छ ।
गह्रौं बस्तुको बीचमा पनि
हलूंगो काम लाग्न सक्छ ।।
धन हुनेको संगतमा परी
घमण्ड धेरै गर्छौ किन ।
आपत पर्दा आखिर उही
बूङगो काम लाग्न सक्छ ।।
निहित स्वार्थ पूर्ति भए
पिठ्यू फर्काउँछौ किन ।
आचि पुछि फालेको नि
ढूंगो काम लाग्न सक्छ ।।
आफै मात्र जान्ने सुन्ने
जस्तो ठान्ने गर्छौ किन ।
तिम्रो गलत नजरको त्यो
लफूंगो काम लाग्न सक्छ ।।
२०७३-०५-२६/०६:३०am
मुक्तक
निशाना खै के लगाउनु तीर नभए पछि ।
बहकिन्छ यो मन त्यसै स्थिर नभए पछि ।।
प्रयास जति गरे पनि सफलता टाढा रह्यो ।
यस्तै हुँदो रैछ क्यारे तक्दिर नभएपछि ।।
२०७३-०५-२६/ साँझ ५:५५ बजे
जिन्दगीका रंगहरु बदलिन थालिसके ।
ती पुराना ढंगहरु बदलिन थालिसके ।।
ख्याल ख्यालमै समयले नेटो काटेपछि ।
आज धेरै प्रसंगहरु बदलिन थालिसके ।।
२०७३-०५-२७/साँझ ५:३०बजे
गजल
शीरबाट खसेको त्यो ताज जस्तै बनेको छु ।
पग्लिएको साबुनको गाज जस्तै बनेको छु ।।
खै कसरी चुम्न सक्छु अब मैले गन्तब्यलाई ।
पखेटाहरु काटिएको बाज जस्तै बनेको छु ।।
टूटी गए सपनाहरु अबरुद्ध छन मार्ग हरु ।
कुहिरोबीच हराएको ज'हाज जस्तै बनेको छु ।।
मरुभूमिमा पानी खोज्दै तृस्ष्णा बोकि हिड्ने ।
मृगको लागि नभेटिने मि'राज जस्तै बनेको छु ।।
रचना : भुमिराज शर्मा
पर्बत
२०७३-०५-२८/४:२३pm
प्रेरक कथा"अलि हफिद "
अलि हफिद मेसोपोटामिया, इराकका सामान्य किसान थिए । एकदिन उनको एक फकिरसँग भेट हुन्छ, जसले उनलाई सम्झाउदै भन्छन्, 'दरिद्र जीवन बाँच्नका लागि परमात्माले हामीलाई पठाउनु भएको होइन । उहाँले सबैको बरोबर भलो चाहनुहुन्छ । त्यसैले त उहाँले कतिपय जमिन मुनि हीराको खानी समेत बनाउनु भएको छ । अब उठँ, त्यो हीरा खोज र धनी भएर बाचँ ' त्यस दिन देखि उनलाई निन्द्रा पर्न छोड्छ, कहाँ होला त त्यो हीरा-खानी । एकदिन ऊ आफ्नो सबै सम्पती बेचेर हीराको खानीको खोजमा निस्किन्छ । हीरा खोज्दै ऊ देशको सबै कुना-काप्चा पुग्छ । भेटे जती जमिन खन्छ । सारा सम्पत्ती-समय कुर्वान गर्छ तर अफसोस खानी भेट्टाउदैन । अन्ततः ऊ दरिद्र भएरै मर्छ ।
उसको मृत्युको केही समय पछी एउटा सनसनीखेज समचार सुन्नमा आउछ - हफिदले बेचेको खेत खन्दा हीराको खानी भेट्टाइयो । खेत किन्ने मालिक रातारात अपार सम्पतीको मालिक बन्न सफल ।
हफिदले बाहिरी सारा जमिन खन्छ तर आफ्नो जमिन खन्दैन । हो, हामी यसरी नै सबैथोक बाहिर खोज्छौ तर आफैभित्र कहिल्यै चिहाएर हेर्दैनौ । हफिदको जस्तै, यही हो हाम्रो दरिद्रताको कारण, असफलताको कारण । यसर्थ आफैलाई चिनौ ।
एक जना सूफी सन्तलाइ एक व्यक्तिले खुब अपशब्द भन्दै गाली गरी उनको अपमान गर्यो । सन्तले उक्त व्यक्तिलाइ बिनम्रता पुर्वक भने ठिकै छ म तिमीलाइ यसको जवाफ भोली दिन्छु । भोली पल्ट सन्त त्यो व्यक्ति सँग गएर भने अब पनि तपाइलाइ जवाफ दिनु पर्छ र ? त्यो व्यक्तिलाइ आश्चर्यमा पर्यो र उसले भन्योः- गुरूवर, जुन तरीकाले मैले तपाइलाइ अपशब्द भने, जसरी तपाइको अपमान गरे, ततपश्चात जस्तो सुकै शान्ति प्रिय व्यक्ति पनि उत्तेजित हुन्छ र गाली गर्न थाल्छ । तर, तपाइ त साँच्चै महान हुनुहुन्छ । सन्तले भनेः-
मलाइ मेरो गुरूले भन्नु भएको छ "बादबिबादमा तत्काल दिने जवाफ आफ्नो अवचेतन मस्तिषकले दिने जवाफ हो । त्यसैले केही समय पर्ख, चिन्तन मनन गर, उद्वेग आँफै मथ्थर हुन्छ, मस्तिष्क विस्तारै शान्त हुन्छ । आँखा अगाडीको अँधेरो हट्दै जान्छ । चौविस घन्टा वित्न देउ अनी जवाफ देउ ।"
आइन्स्टाइनको स्वभाव
एक पटक आइन्सटाइन नुहाउन भनी बाथरूम भित्र छिरे । छिरेको धेरै समय बितिसके पनि उनी बाहिरै निस्किएनन् । उनको बहिनीले अब निस्कलान, अब निस्कलान भनि कुर्दा कुर्दा ननिस्किएपछी उनलाई डर लाग्यो र ढोक ढक्ढक्याउदै बोलाइन् । केही समयपछी जस्तो छिरेका थिए उस्तै ननुहाइकन हातमा टावल बोकेर बाहिर निस्किदै भने, 'आई एम् सरी, म त आफ्नै विचारमा हराउदा नुहाउन नै बिर्सेछु ।' यती भनेर उनी फेरी नुहाउनलाई बाथरूम भित्र छिरे । बहिनी त हेरेको हेरेइ भइचन रे नि त।
मुक्तक
भाग्य हेर्ने आधार छैन चिना हराएछ ।
गरी खाने साहस छैन पसिना हराएछ ।।
बेबारिसे लास जस्तै बनेको छ जिबन ।
कस्तुरीको जस्तै आफ्नै बिना हराएछ ।।
२०७३-०५-३०/साँझ ६:२५
मुक्तक
दुनियामा एक्लो बनि जिउनु परेपछि ।
च्यातिएको मन आफै सिउनु परेपछि ।।
हिजो आज नशामा झुम्न थालेको छु ।
जिउन कै लागि यहाँ पिउनु परेपछि ।।
२०७३-०५-३०
गजल
नखुलेको पोल खोल्छन् दारू पिएपछि ।
नशामा जवानी घोल्छन दारू पिएपछि ।।
नानी देखि नसिकेको अंग्रेजी भाषा पनि ।
खैरे भन्दा बढ़ी बोल्छन दारू पिएपछि ।।
को हो आफ्नो को अर्को हो अत्तोपत्तो छैन ।
आफन्त कै मुख पोल्छन दारू पिएपछि ।।
थरथर काप्दै फरियाभित्र लुक्नेहरु पनि ।
जस्तोसुकै जोखिम मोल्छन दारू पिएपछि ।।
२०७३-०६-०१/९:३५pm
रिसानि माफ होस्
दूधमा दारू मिसेपछि तर कसरी हुन्छ ।
दिन दिनै खाए पछि दर कसरी हुन्छ ?
कहिले यता पार्टी भन्यो कहिले उतातिर।
घरमा भने बेहाल भो भर कसरी हुन्छ ?
काम छैन काज छैन भन्न केहि हुदैन ।
अति गर्न थाले पछि घर कसरी हुन्छ ?
एक दिने तीजलाई महिना दिन मनाएर।
गरेको त्यो खर्च भन उपर कसरी हुन्छ ?????
२०७३-०५-१५/११:००pm
उम्लिएको दुधको अर्थ आफै पोखिएर हेर ।
दुनिया जोख्ने तराजुमा आफै जोखिएर हेर ।।
पोखिनु र जोखिनुको बल्ल थाहा हुन्छ अर्थ ।
कति ठाउँमा बिटुलो बन्यौ अब चोखिएर हेर ।।
दुख हण्डर खान कति गार्हो हुन्छ भन्ने कुरा ।
नदीमा बग्ने ढुंगा गीटि जस्तै ठोकिएर हेर ।।
अरुलाई पछि पार्दै अघि बढ्न खोज्ने तिमी ।
समयको महत्वलाई एकछिन रोकिएर हेर ।।
२०७३-०५-११/१०:३०pm
गाडी राम्रो भएर के भो
सडकमा ताल भएपछि ।
सवारी नियम भएर के भो
यात्रुको बेहाल भएपछि ।।
सिन्की खांजे जस्तो गरी
बसमा मान्छे खांज्ने गर्छन ।
अरुको के मतलब भयो
आफू मालामाल भएपछि ।।
बर्दी लगाई सडकमा
बसेकोले देख्दैन किन ।
देखेको नदेखे झै गर्छन्
कमाउने चाल भएपछि ।।
हिजो आज यात्रा गर्दा
मुटु काप्न थालेको छ ।
यात्रुहरुको नजर भरि
ड्राईभर काल भएपछि ।।
२०७३-०५-०३/०७:४२am
गजल
खुट्टा तान्न छोडी देउ, पाइला चाल्न सिक ।
बरु तिमीले आफ्नै मनको, दियो बाल्न सिक ।
सकारात्मक सोचले मात्र, बदलिने गर्छ मान्छे ।।
रिस, राग,डाह, ईर्ष्या, मनै देखि फाल्न सिक ।।
दुख्न सक्छ मुटु अनि, च्यातिन सक्छ मन पनि ।
उध्रीएको त्यो मन मुटु, धैर्यताले टाल्न सिक ।।
रुखमा चढ़न लगाएर, फेद ढाल्ने धेरै हुन्छन् ।
आफ्नो पौरखले आफै, नयाँ कर्म थाल्न सिक ।।
भुमिराज शर्मा
पर्बत
२०७३-०६-०४/बिहान ७:२६
जंगलको बीच बाटो मैं हराउन थालेको छु ।
कतै साथ छूटने हो कि डराउन थालेको छु ।।
भन्नेले जे सुकै भनुन आ-आफ्नो रोजाई हो ।
उही पुरानो गाउँघर मन पराउन थालेको छु ।
चिन्ता नगर तेरो म छु भन्नेहरु भेटेको छु ।
मेरो प्रगतिका पाइला गन्नेहरु भेटेको छु ।।
जस्को निम्ति जोखिम मोलि काम गरें हिजो ।
आज आफ्नै तगारो उनै बन्नेहरु भेटेको छु ।।
जसको प्रशंसामा मैले धेरै पल बिताएको छु ।
आज तिनै आफ्नै खोइरो खन्नेहरु भेटेको छु ।।
चामलमा बिया हुन्छन् भन्ने कुरा मनन गरी ।
मित्रताको नाङलोमा निफन्नेहरु भेटेको छु ।।
२०७३-०६-०५/बिहान ९:११
"अहिलेको मान्छे "
आफैलाई ठेस लागे पनि, ढूंगो फाल्दैन मान्छे ।
सुन्दर फूल मन पराउंछ, पानी हाल्दैन मान्छे ।।
पहिले टालोमाथि टालो, हाली सिउने गर्थ्यो ।
अहिले च्यात्छ प्वाल पार्छ, तर टाल्दैन मान्छे ।।
मरीमरी काम गर्थ्यो, स्वाबलम्बी बनेकोथ्यो ।
अहिले गफमात्र गर्छ, सिन्को ढाल्दैन मान्छे ।।
हिजो सडक चौतारो, पोखरी आफै खन्थ्यो ।
समाज सेवातिर आज, पाइला चाल्दैन मान्छे ।।
अतिथि देबो भव:भन्थ्यो, सत्कार कति गर्थ्यो ।
बेफुर्सदको बहाना पार्छ, पाहुना पाल्दैन मान्छे ।।
भूमिराज शर्मा
पर्बत
२०७३-०६-०५/२:००pm
अब्राहम लिंकनका एक परममित्रले समाचारपत्र देखाउँदै भने, 'हेर्नुस् अन्य मानिसहरू तपाईंको कति आलोचना गर्छन् । तपाई यसको प्रतिवाद किन गर्नुहुन्न ?'
लिंकनले बडो धैर्यले संक्षिप्त जवाफ दिए, 'साथी वादप्रतिवादको चक्करमा म परिरहेभने राष्ट्रको सेवा कहिले गर्नु ? यदि मेरो कार्यले जनताको भलो भयो भने आलोचकको मुख आफै बन्द हुन्छ, तर यदि मैले जनताको सुविधालाई ध्यान दिइन भने मलाई यस्तो आलोचनाबाट कसैले बचाउन सक्दैन ।'
शुभ बिहानी ।
सल्लेरीको सुसेलीमा हराएंछु आज ।
एकान्तमा अनायासै कराएँछु आज ।।
पछिबाट उनी आई आँखा छोपिदिंदा ।
झस्किएर उनी संगै डराएछुं आज ।।
नशालु त्यो नजरको बाण लागेछ कि ।
भित्रभित्रै उन्लाई मन पराएछु आज ।।
मेरो राजा भन्दै अंगालोमा बेरे पछि ।
खै कुन्नि के भएछ थर्थराएँछु आज ।।
२०७३-०६-०६/बिहान ६:३०
लामा नङ, कपाल पाल्नु, हुन्न बाबु नानीहरु ।
फोहोर कुरा मुखमा हाल्नु हुन्न बाबु नानीहरु ।।
सफा राख्नु पर्छ आफ्नो घर आगन बिद्यालय ।
जताततै फोहोर फाल्नु, हुन्न बाबुनानीहरु ।।
हतियार नचलाउनु जीउमा घाउ लाग्न सक्छ ।
जथाभाबी आगो बाल्नु हुन्न बाबु नानीहरु ।।
नानीदेखि बसेको बानी छुटाउन कठिन हुन्छ ।
जाँड, रक्सी खान थाल्नु हुन्न बाबु नानीहरु ।।
सानोतिनो लापरबाहीले ज्यानै पनि जान सक्छ ।
खराब काममा पाइला चाल्नु हुन्न बाबु नानीहरु ।।
२०७३-०६-०६/०३:३७pm
मलिलो माटोमा खसेका बीउका दुईवटा दाना आपसमा वातमार्दै थिए । त्यस क्रममा, बीउको पहिलो दानाले भनेछ, “म उम्रिएर, हुर्किएर ठूलो हुन चाहन्छु । म आफ्ना जरा जमीनमा भित्रसम्म फैलाउन र हाँगा–फेद मोटा र बलिया बनाउन चाहन्छु । म मेरा हाँगाहरूमा लटरम्म फूल फुलाएर सबैलाई वसन्त आएको जनाउ दिन चाहन्छु । म घामको न्यानो र शीतका कणहरूको शीतलता पनि अनुभव गर्न चाहन्छु ।”
त्यो बीउ उसले सोचेजस्तै गरी नियत समयमै उम्रियो, हुर्कियो, बढ्यो र एउटा सुन्दर पुष्प वृक्षका रूपमा स्थापित भयो ।
उता बीउको दोस्रो दाना भन्दैथियो, “म चिन्तित छु— के गर्ने, के नगर्ने भन्ने निक्र्योल गर्न सकेको छैन । जराहरू जमीनभित्र पठाऊ भनें त्यहाँ तिनले के कस्तो परिस्थिति भोग्नुपर्ने हो, थाहा छैन । माथि, सुरिलो र खिरिलो भएर बढौं भनें हावाको सानो झेक्काले पनि भाँचिदिन सक्छ । फूल फुलाउँ भने ती जथाभावी चुँडिने र टिपिने डर छ । त्यसैले, अहिले हतारमा केही गर्दिनँ, बरु सुरक्षित समयको प्रतीक्षा गर्दछु ।”
तर, बीउको दोस्रो दानाले सुरक्षित समयको निम्ति धेरैबेर प्रतीक्षा गर्न पाएन । चारो टिप्दै आएको कुखुराको चल्लाले उसलाई पनि टिपेर खाइदियो ।
पाठः अल्छी र अकर्मन्यहरूले हात बाँधेर प्रतीक्षा गर्दैमा सुअवसर आउँदैनन्; विघ्न–बाधा हट्दैनन् । सफलताको भरपर्दो आधार आँट, जाँगर र निरन्तर क्रियाशीलता मात्र हो ।
शुभ बिहानी ! तपाईको आजको दिन शुभ र सफल बनोस् ।
पाउरोटी बेच्नेको कथा
एकजना किसान थियो जसले सधैं एकजना पाउरोटी बनाउने व्यक्तिलाई एक पाउण्ड नौनी घ्यू बेच्ने गथ्र्यो । एक दिन त्यो पाउरोटी बेच्ने व्यक्तिले किसानले दिएको नौनी एक पाउण्ड छ कि छैन भनेर हेर्ने विचार ग¥र्यो । त्यसपछि उसले जोेखेर हेर्दा त नौनी कम रहेको देख्यो । त्यसपछि उसले त्यो किसानलाई लिएर गाउँको पञ्चायत बोलायो । किसानले ठगेको कुरा ग¥यो । गाउँ पञ्चायतले किसानलाई नौनी कसरी जोख्ने गर्छौं भनेर सोध्यो । त्यतिबेला किसानले आफूसँग नौनी जोख्ने तराजु नभएको तर स्केल भएको बतायो । स्केल कहाँबाट आयोभन्दा किसानले महिनौं पहिले आफूले उक्त पाउरोटी बेच्ने व्यक्तिसँग एक पाउण्ड पाउरोटी किनेको र त्यही एक पाउण्डको आधारमा नै आफूले नौनी बेच्नका लागि स्केल बनाएको बतायो र सजाय पाउने भए पनि पाउरोटी व्यापारीले नै सजाय पाउनुपर्ने बतायो । यसरी पाउरोटी बेच्ने व्यापारीले नै एक पाउण्ड भनेर कम पाउरोटी दिने गरेको कुराको खुलासा भयो ।
हामीले जीवनमा अरुलाई जे दिन्छौं घुमीफिरी त्यही हामीले पाउँछौं भन्ने कुरा यो कथाले सिकाउँछ ।
शुभबिहानी । तपाईको आजको दिन शुभ र सफल बनोस् । शुभकामना ।
एकपटक एउटा सानो केटो आफ्नो आमा सँग निकै रिसाउछ र रिसको झोकमा झर्कदै जंगलतिर जान्छ । जंगलमा गएर पहाड़ तर्फ फर्कदै चिच्याउछ, 'मलाई तिमी मन पर्दैन ।' त्यही आवाज प्रतिध्वनित भएर उसको कानसम्म आउछ, 'मलाई तिमी मनपर्दैन ।' उसलाई यस्तो भनेको मनपर्दैन र उ रिसाउदै बोल्छ 'त को होस् मलाई यस्तो भन्ने ?' पुनः उस्तै ध्वनी उसलाई थर्काउछ, 'त को होस् मलाई यस्तो भन्ने ?' उसको रिसको पारो चढ्छ 'पखँ तलाई!' उताबाट आवाज आउछ पख तलाई !
केटो दौडदै घर जान्छ र लामो लौरो उचाल्दै आमालाई भन्छ, 'त्यहा एउटा केटो छ जसले मलाई गाली गर्यो ।' आमाले सबै कुरा बुझ्नदछिन् र छोरालाई त्यही ठाँउमा लगेर भन्न लगाउछिन् 'म तिमीलाई माया गर्छु ।' उताबाट उस्तै मिठो आवाजमा प्रतिध्वनी आउछ 'म तिमीलाई माया गर्छु ।' उ बेस्सरी खुसी हुदै भन्छ 'म तिम्रो साथी बन्न चाहन्छु ।' उताबाट पनि उस्तै अनुरोध आउछ । उसले भन्छ 'तिमी मेरो साथी हौ ।' र पहाडबाट ठोक्किएर आएको प्रतिध्वनीले 'तिमी मेरो साथी हौ' भन्छ र केटो खुसी हुन्छ ।
शिक्षा : तिमी अरूबाट जस्तो व्यवहारको अपेक्षा राख्छौ आफूले पनि उनीहरू प्रति उस्तै व्यवहार गर ।
शुभ प्रभात ।
कथा " मोटी आइमाई "
‘एक दिन बग्गीमा धनीमानी मानिसहरु यात्रामा हुन्छन् जहाँ एक सुन्दर वेश्या पनि हुन्छिन् । उनीहरु जर्मनी सेनाको डरले शहर छोडेर गइरहेका हुन्छन् । वेश्यालाई हेरेर त्यहाँका सभ्रान्त मानिसहरु आपसमा खासखुस र खिसिट्युरी गर्छन् र उनीदेखि पन्छिन चाहन्छन् । यात्रा लामो छ । हतारमा यात्रा गर्नुपर्ने भएकोले ती धनीहरु कसैले पनि खानेकुरा बोकेका हुँदैनन् । बाटोमा ती धनीमानीहरु भोकले लखतरान हुन्छन्, बग्गी हिँडेको हिँड्यै हुन्छ । सबै भोकले मरौंला झैँ इन्तु न चिन्तु हुन्छन् । यसै बेला मोटी आइमाईले बास्केटबाट खानेकुराहरु निकाल्छिन् र सबैलाई त्यो खानेकुरा बाँड्न चाहन्छिन्, ती धनीमानीहरुले सहर्ष स्वीकार गर्छन् र पाउनासाथ कपाकप खान्छन् ।
बाटोमा उनीहरुलाई जर्मन सिपाहीहरुले रोक्छन् । त्यो ठाउँ जर्मनीको कब्जामा रहेको हुन्छ । उनीहरुका अफिसरले सबैलाई गिरफ्तार गर्छन् । तर त्यो ऑफिसर सँग मोटीले एकरात बिताए उसले उनीहरुलाई छोडिदिने शर्त राख्छ । सबै धनीमानी ब्यक्ति हरु त्यो अफिसरसँग सुत्नको लागि मोटीलाई बिन्ती गर्छन् तर मोटी आफ्नो देश हडप्ने अराष्ट्रियसँग सुत्न पटक्क मान्दिनन् । फेरि ती धनी मानिसहरु उनलाई अनुरोध गर्छन् र बिन्तीभाउ बिसाउँदै तिमी महान् नारी हौ, यो पनि एक प्रकारले राष्ट्रप्रेम हो भन्ने तर्क दिन्छन् । अझ भन्छन्, यदि हामीलाई तिमीले यी दुष्ट जर्मनी सिपाहीबाट छुटकारा दिलाए हाम्रो आँखामा सदा तिम्रो इज्जत हुनेछ । अन्तमा मोटी आइमाई गनगन गर्दै मन नलागी नलागी जान्छिन् ।
बिहान मोटी आइमाई फर्किंन्छिन । फेरि यात्रा शुरु हुन्छ । मोटीको खानेकुरा सकिएको हुन्छ तर अरु धनीमानीहरुले खाना त्यति बेलै किनेर ल्याएका हुन्छन् र बाटामा खाँदै जान्छन्, उनीहरुले मोटीलाई हेर्दा पनि हेर्दैनन् । एक टुक्रा रोटी पनि दिँदैनन् । उनीहरुलाई छुटकारा दिलाउनका निम्ति मोटीले गरेको त्यो त्याग उनीहरु बिर्सिन्छन् । मोटी आइमाईका आँखाबाट आँसु झर्छन् ।
“ऊ लाजले रोएकी हो ।” उनीहरुले आपसमा खासखुस गर्छन् ।’
(साभार गरिएको )
यस्तै छ स्वार्थी दुनियां ।
कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो ।
कालिदास : कृपया, पानी दिएर पुण्य कमाउनुहोस् ।
युवती : मैले तपाईंलाई चिनेकै छैन । पहिला आफ्नो परिचय दिनुहोस् । म अवश्य पानी दिनेछु ।
कालिदास : म पाहुना हुँ, कृपया पानी दिनुहोस् ।
युवती : तपाई कसरी पाहुना ? संसारमा त दुईवटा कुरा मात्र पाहुना हुन्छन् । एउटा धन र अर्को यौवन । यिनीहरु आउन र जानमा समय लाग्दैन । सत्य कुरा भन्नुहोस्, खासमा तपाई को हुनुहुन्छ ?
(तर्क दिँदादिँदा हैरान भएका उनी अलि हताश भइसकेका थिए)
कालिदास : म सहनशील हुँ । अब पानी दिनुहोस् ।
युवती : होइन, सहनशील दुई मात्र हुन्छन् । पहिलो, पृथ्वी जसले पापी र धर्मात्मा सबैलाई बोकेकी हुन्छिन् । उनको छाती चिरेर बिउ रोप्नेलाई पनि फल दिन्छिन् । अर्को सहनशील हो वृक्ष जसले ढुंगाले हान्दा पनि फल दिन्छ । तपाई सहनशील होइन । साँचो कुरा बताउनुहोस् ।
(कालिदास लगभग तनावपूर्ण अवस्थामा पुगिसकेका थिए । थप तर्क गर्न थाले)
कालिदास : म हठी हुँ ।
युवती : फेरि झूठ । हठी त नङ र कपाल हुन् । जति काट्नुहोस्, पटक-पटक आउँछन् । सत्य कुरा भन्नुहोस् यहाँ को हुनुहुन्छ ?
(कालिदासले आफूलाई अपमानित महसुस गरे, उनी लगभग पराजित भइसकेका थिए)
कालिदास : त्यसोभए म मूर्ख हुँ ।
युवती : होइन, तिमी मुर्ख कसरी हुन सक्छौ । मुर्ख त दुई हुन्छन्- पहिलो, राजा जसले आफ्नो अयोग्यताको बावजुद पनि योग्यहरुमाथि शासन गर्छन् र अर्को मूर्ख दरबारका पण्डित हुन् जसले राजालाई खुसी बनाउन गलत तर्क गरेर पनि झूठलाई सही सावित गर्न खोज्छन् ।
(केही पनि बोल्न नसकेपछि कालिदास युवतीको पाउ परे र पानी माग्न थाले)
युवती : उठ्नुहोस् महानुभाव ! (आवाज सुनेर कालिदासले माथि हेर्दा त उनी साक्षात् सरस्वती रहिछन्, अनि कालिदास झन नतमस्तक भए)
सरस्वतीले भनिन्- शिक्षाबाट ज्ञान हासिल गर्नु पर्छ न कि अहंकार । तपाईले शिक्षाको बलबाट प्राप्त गर्नुभएको मान र प्रतिष्ठालाई नै आफ्नो उपलब्धि मान्नुभयो र घमण्ड गर्नुभयो । यसकारण तपाईको तेस्रो नेत्र खोल्न म यहाँ आएकी हुँ ।
कालिदासले आफ्नो गल्ती महसुस गरे र टन्न पानी पिएर फर्किए ।
शिक्षा : विद्वत्तामाथि कहिल्यै घमण्ड नगर्नुहोस् । यही घमण्डले तपाईको विद्वत्ता नष्ट गरिदिनेछ ।
अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्गटनलाई समयको महत्व बुझ्ने मानिसको रूपमा विश्वभर उदाहरण स्वरूप प्रयोग गरिन्छ । उनलाई समयको मूल्य थाहा थियो । यसैले सदैव आफ्नो एक-एक पलको सदुपयोग गर्थे ।
एक पटक उनले आफ्ना केही साथीलाई दिउसो ३ बजे भोजनका निम्ती निमन्त्रणा गरे । संयोगवश पाहुनाहरू त्यो समयमा आएनन् तब उनले एक्लै खाना खान सुरू गरे । पाहुनाहरुको लागि टेबलमा खाना ३ बजे नै राखि सकिएको थियो । केही बेर पछी आएका पाहुनाहरूले यो देखेपछी नराम्रो माने । उनीहरुलाई निकै नरमाइलो र अप्ठयारो महशुस भयो ।
जर्ज वाशिंगटनले भने, 'क्षमा गर्नुस् । खाना टेबलमा लगाउनु अगाडि मेरो भान्सेले यो सोध्दैन कि पाहुना आए या आएनन्, केवल यो सोध्छ समय भयो या भएन ?'
उनको यस्तो कुरा सुनेर पाहुना लज्जित भए ।
'सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ ।
कहिले हो ??????????????
देशमा नयाँ बिहानी आउने कहिले हो ।
चुहिएको खरको छानो छाउने कहिले हो ।।
एक छाक खान नपाएर भोकै बस्ने पेटहरु ।
ढुक्कसँग दुई छाक खान पाउने कहिले हो ।।
आंङ ढ़ाक्न नपाएर नाङ्गै हिड्ने तनहरु ।
लाज छोप्ने न्यानो नाना लाउने कहिले हो ।।
क ख लेख्ने उमेरमा गिट्टी कूट्ने हातहरु ।
पुस्तक च्यापी स्कूलतिर धाउने कहिले हो ।।
शोषण दमन उत्पीडनले तनाबग्रस्त मनहरु ।
बिजय र मुक्तिका गीत गाउने कहिले हो ।।
गरीबको रगतमा होली खेल्ने साँढे हरु ।
खोर भित्र जम्मा पारी दाउने कहिले हो ।।
२०६६-६-२३
भुमिराज शर्मा
(पुरानो डायरीबाट)
भदौको एक दिन बलराम दही बेच्न बजार जाँदै थियो । जाँदा जाँदै बाटोमा ठूलो पानी परयो । बर्षाको कारणले उसको बाटोमा पर्ने खोला बढेर तर्न नसकिने भयो । खोलामा पुल थिएन । उसले केहि समय प्रतीक्षा गरयो तर बर्षा कत्ति पनि कम भएन । खोलो झन बढ्यो ।
साँझ परेपछि उसले दहीको बाल्टी त्यहि खोला किनारको धान खेतमा कर्कलाको पातले छोपेर लुकाएर घर फर्क्यो । केहि समय पछि दुई भ्यागुताहरु खेल्दै गर्दा दहीको बाल्टीमा खसे । पहिलो भ्यागुता डरले काप्न थाल्यो । एक छिन पछि डुब्यो र मर्यो ।
तर दोश्रो भ्यागुताले हरेश खाएन । उसले सोच्यो " यदि मर्नु नै छ भने पनि मर्ने बेला सम्म बाच्नको लागि अन्तिम प्रयास किन नगर्ने । केहि उपाय पो आईहाल्छ कि । म अन्तिम घडी सम्म सक्दो प्रयास गर्छु । "
उसले बाहिर निस्कने निरन्तर प्रयाश गरिरह्यो । हात खुट्टाहरु चाली रह्यो । अन्ततः सो भ्यागुताले हात खुट्टा चाल्दै जाँदा दहीमा मख्खनको डल्लो बन्यो । त्यस पछि ऊ त्यही डल्लोमा चढेर फुत्त उफ्रियो र बाहिर आयो ।
अब भन्नोस तपाई कुन भ्यागुता जस्तो बन्न चाहनु हुन्छ ? पहिलो जस्तो वा दोश्रो ?
यदि सफलता चाहनुहुन्छ भने तपाई त्यो दोश्रो भ्यागुतो जस्तो हुनुपर्दछ ।
प्रश्न गर्छु आफैलाई मैले पढ़न जानिन कि ।
कतै मैले चुपचाप तिम्रो आदेश मानिन कि ।।
स्कूल धाएँ कलेज धाएँ डिग्रीहरु हात पारें ।
बेरोजगार जिन्दगी भो राम्रो शिक्षा छानिन कि ।।
चाकडी र चाप्लूसीको जमाना पो रैछ ऐले ।
कतै मैले कुसंस्कारको बिंडो अझै धानिन कि ।।
घुस पेस चल्दो रैछ कदर छैन योग्यताको ।
नाताबाद र कृपाबादको लहरो पो तानिन कि ।।
आक्रोसको ज्वाला दन्क्यो कलम बल्न थाल्यो ।
सायद मैले बिद्रोहको झटारोले हानिन कि ।।
२०६७-०५-०५
(पुरानो डायरीको पानाबाट)
तपाईको बच्चा जसरी हुर्कन्छन्, त्यसैगरी सिक्छन् ।
यदि बच्चा आलोचनाको वातावरणमा हुर्किन्छन् भने उनीहरू निन्दा गर्न सिक्छन् ।
यदि बच्चा डरको वातावरणमा हुर्किन्छन् भने उनीहरू डराउन सिक्छन् ।
यदि बच्चा दुःखको वातावरणमा हुर्किन्छन् भने उनीहरू आफ्नो हालतमा अफसोच गर्न सिक्छन् ।
यदि बच्चा लजाउने वातावरणमा हुर्किन्छन् भने उनीहरू ग्लानी गर्न सिक्छन् ।
यदि बच्चा प्रोत्साहनको वातावरणमा हुर्किन्छन् भने उनीहरू आत्मविश्वासी बन्न सिक्छन् ।
यदि बच्चा प्रशंसाको वातावरणमा हुर्किन्छन् भने उनीहरू तारिफ गर्न सिक्छन् ।
यदि बच्चा समर्थनको वातावरणमा हुर्किन्छन् भने उनीहरू आफैलाई मनपराउन सिक्छन् ।
यदि बच्चा स्वीकृतिको वातावरणमा हुर्किन्छन् भने उनीहरू दुनियाँमा प्रेम खोज्न सिक्छन् ।
यदि बच्चा सम्मानको वातावरणमा हुर्किन्छन् भने उनीहरू लक्ष्य बनाउन सिक्छन् ।
यदि बच्चा मित्रताको वातावरणमा हुर्किन्छन् भने उनीहरू दुनिया राम्रो ठाउ हो भनि बुझ्छन् ।
र, तपाईको बच्चा कुन वातावरणमा हुर्किरहेको छ ?
ख्याल गर्नु होस् ।
उपयुक्त बाताबरण निर्माणको लागि आजै देखि प्रयास गर्नुहोस् ।
शुभ बिहानी । आजको तपाइँको दिन शुभ र सफल बनोस् । शुभकामना ।
मुक्तक
सुन, चाँदी, हिरा मोती सबै खान मिल्ने भए ।
स्वर्ग पुगि फेरि फर्कि आउन जान मिल्ने भए ।।
अझै कति धन दौलत जोड्थ्यो होला मान्छे ।
मृत्यु पश्चात पोको पारी सँगै लान मिल्ने भए ।।
२०७३-०६-०७/१:३०pm
जानिराखौ ।
आफूलाई बाँदर–व्यापारी बताउने एउटा मानिसले गोटाको रु.१० का दरले बाँदर खरीद गर्ने प्रस्ताव राखेपछि गाउँलेले भटाभट बाँदर समातेर उसलाई बेच्न थाले । समय बित्दै जाँदा गाउँ आसपासमा बाँदर पाउन कठिन हुँदै गयो । बाँदरको आपूर्ति घट्दै गएपछि त्यो व्यापारीले बाँदरको भाउ बढाएर रु.२० पुरयायो । केही समयपछि रु.२० मा पनि बाँदर पाउन छोड्यो । त्यसपछि उसले फेरि दर बढाएर रु.२५ हुँदै रु.३० पुरयायो । त्यति गर्दा पनि गाउँलेले बाँदर आपूर्ति गर्न नसकेको देखेपछि एकदिन उसले बाँदरको प्रतिगोटा दर रु.५० तोक्यो । नयाँ दर तोकेलगत्तै जरूरी काम परेको भनेर बाँदर खरीद गर्ने कार्य आफ्नो सहयोगीलाई सुम्पिएर ऊ शहरतिर लाग्यो ।
भाउ बढे पनि भए जति सबैजसो बाँदर पक्रिइसकेका कारण गाउँलेले नयाँ बाँदर फेला पार्न सकेनन् । यसैबीच व्यापारीको सहयोगीले गाउँलेलाई पैसा कमाउने गोप्य जुक्ति सिकाइदियो– “खोरमा थुनिएका बाँदर मसँग रु.३५ को दरमा किनेर साहूलाई रु.५० मा बेच न !” रातारात धनी हुन पाइने उसको सल्लाहले गाउँलेलाई मोहित तुल्यायो । सबैले आफूसँग भएको पैसा ल्याएर उसलाई बुझए । व्यापारीको सहयोगीले पनि पैसा बुझदै बाँदर छोडिदिंदै ग¥यो । कैयौं दिनदेखि भोकाएका÷तिर्खाएका बाँदर गाउँलेका खेतबारीतिर हान्निए । गाउँलेहरू बाली जोगाउन र फेरि समाउन बाँदरका पछाडि दौडिए ।
यसै मेसोमा व्यापारीको सहयोगी चाहिं जम्मा भएको पैसा कुम्ल्याएर डाँडो काटिसकेको थियो । त्यो दिनदेखि व्यापारी र उसको सहयोगीलाई गाउँलेले कहीं पनि देख्न पाएका छैनन् । उनीहरूले प्रति गोटा रु.३५ को दरमा किनेका बाँदरको हजारे हूल भने पछिसम्म पनि गाउँ वरिपरि घुमिरहेका थिए ।
पाठः धन कमाउने छोटो बाटो भ्रम
बाहेक केही होइन,कसैले कठोर श्रम
लगानी विना नै सजिलै धन कमाइने
कुरागर्छ भने त्यो सोहै आना ठगी हो
भनेर बुझ्दा हुन्छ ।
(साभार: शिक्षक मासिकबाट)
शुभप्रभात । तपाईको आजको दिन शुभ र सफल बनोस् ।