Skip to main content

प्रतिबद्धता

ने.क.पा.माओवादी (केन्द्र)
नार्गाजुन न.पा.वडा नं. ४ को चुनावी प्रतिवद्धता पत्र ।
वडाबासी दाजुभाइ तथा दिदीबहिनी, आमाबुबा, युवा वर्ग तथा भद्रभलाद्मी वर्ग हामी प्रति देखाउनु भएको विश्वासलाई उच्च सम्मान र आत्मसाथ गर्दै यस वडाको विकास र प्रगतिको लागि कठिबद्ध भइ अहोरात्र लागि पर्ने प्रतिवद्धता व्यक्त गर्न चाहनछौ । यस वडाको प्रगति, उन्तति, समृद्धी तथा विकासका हाम्रो प्रतिवद्धतालाई साकार–सफल बनाउनको लागि वडा वासीको साथ आवश्यक पर्ने भएकोले आगामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा ने.क.पा.माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हतौडामा अमुल्य मतदान गरी हाम्रा युवा उमेद्वारहरुलाई अत्यधिक बहुमतले विजयी गराउन विशेस अनुरोध गर्दछौ ।

‘‘विकासको काममा नगरौ वाहना,
हामी सबै युवाको एउटै चाहाना”

ने.क.पा.माओवादी (केन्द्र)
नार्गाजुन न.पा.वडा नं. ४ को चुनावी प्रतिवद्धता पत्र ।

१) शिक्षाका लागि कार्यक्रम
क) एक मात्र सामुदायिक विद्यालय सितापाईला उ.मा.वि.को स्तर उन्नती तथा–भौतिक संरचना वृद्धी गर्ने ।
ख) संपुर्ण प्राईभेट विद्यालयको शुल्कमा एक रुपता ल्याईने ।
ग) सामुदायिक तथा प्राईभेट विद्यालयमा गरिव तथा जेहन्दार विद्यार्थीरुलाई पुर्ण रुपमा छात्रवृतीको व्यवस्था गर्ने ।
घ) वडामा साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
२) युवाहरुका लागि कार्यक्रम
क) युवा हरुको लागि जिम सेन्टर, खेलकुद स्थल र खेलकुद कार्यक्रम सञ्चालन गर्ने ।
ख) सबै टोलमा युवा क्लव गठन गरी खेलकुदमा प्रतिस्पर्धा गराउने र यस वडाबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने ।
ग) कुलतमा लागेका युवाहरुलाई मेडिटेशन तथा पुर्नस्थापना केन्द्र स्थापना गरी काउन्सिलिङ द्धारा सामाजिक कार्यमा सहभागी गराउने ।
३) रोजगारीको कार्यक्रम
क) वडा कार्यालयमा कर्मचारी नियुक्ति गर्दा सर्वप्रथम यसै वडाको बासिन्दाहरुलाई प्रथामिकता दिने ।
ख) बेरोजगार युवाहरुलाई युवा समुह गठनगरी सामुहिक रुपमा सहुलियत दरमा ऋण प्रदानगरी रोजगारी श्रृजना गर्ने ।
ग)यस वडामा सञ्चालन हुने घरेलु तथा साना उद्योगमा कर छुट  को सहुलियत दिने । कर छुट दिए वापत वडा बासिहरुलाई     सोहि उद्योगहरुमा रोजगारी दिने व्यवस्था गराउने ।
घ) रोजगारी श्रृजनाको लागि वडाबाट विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने ङ)शारिरीक, मानसिक अपाङ्गगता भएका व्यक्तिहरुको पहिचानगरी जीवन जिउन आवश्यक तालिम रोजगारीको  व्यवस्था गर्ने ।
४) सबैका लागि स्वास्थ्यको कार्यक्रम
क) सामुदायिक एम्वुलेन्स सञ्चालन गर्ने ।
ख) स्वास्थ्य चौकी सञ्चालन गरी सबै वडा वासीहरुलाई प्रत्येक महिनाको एक पटक निशुल्क स्वास्थ्य परिक्षण गराउने ।
ग) वासीहरुलाई स्वास्थ्य विमा गराउने ।
घ) हस्पीटलहरुमा वडाबासीहरु लाई न्युनतम मुल्यमा औषधि उपचारको व्यवस्था गराईने ।
ङ) म स्वास्थ्य मेरो देश स्वास्थ्य कार्यक्रम अन्र्तगत विभिन्न स्वास्थ्यमुलक कार्यक्रम सञ्चालन गर्ने ।
५) वातावरण सम्वन्धि कार्यक्रम
क) हरियाली सार्वजनिक पार्कको व्यवस्था गर्ने ।
ख) सार्वजनिक महत्वपुर्ण स्थलमा अपाङ्गमैत्री सार्वजनिक शौचालयको निर्माण गर्ने ।
ग) भित्री सडकहरुको दुवै लाईनमा धुपी, कपुर, निम, जस्ता औषधिजन्य बोट विरुवाहरुको वृक्षरोपण गरी हरियाली तथा स्वच्छ वातावरण निर्माणगरी नमुना वडाको रुपमा वडालाई चिनाउने ।
घ) घरहरुको नक्शा पास गर्दा एक घर दुई रुखको अबधारण सञ्चालन गरी वडामा हरियाली वातावरणको निर्माण गर्ने ।
ङ) स्युचटार पुल देखी मिलनटोल सम्म चक्रपथ (ग्रिनवेल्ट) सञ्चालन गर्ने ।
च) खोलाको छेउछाउ हरियाली सर सफाई विशेष कार्यक्रम सञ्चालन गर्ने ।
६) सामाजिक सुरक्षा कार्यक्रम
क) भित्री सडक तथा चोकहरुमा सि.सि.क्यामेरा जडान गरी सम्भावित अपराधिक क्रियाक्लापहरुको निगरानी गर्ने । 
ख) सम्भावित अपराधिक क्रियाक्लापहरुको सुचनाका लागि टोल टोलमा सुरक्षा साईरनको व्यवस्था गर्ने ।
ग) प्रहरी चौकी स्थापन गरी रातको समयमा अपराधिक क्रियाक्लापहरुको नियन्त्रण गर्न प्रहरी गस्ती सञ्चालन गर्ने ।
७)सञ्चार विद्युत
क) हातहातमा मोवाईल र घर–घरमा ईन्टरनेटको अवधारण अनुसार वडा वासीहरुलाई फ्रि वाईफाईको व्यवस्था गर्ने ।
ख) वडावासीहरुलाई कम्पयुटर शिक्षा सञ्चालन गर्ने ।
ग) यस वडामा सञ्चालनमा रहेका टि.भी. केबल फाईवर नेट कम्पनीहरुलाई न्युनतम मुल्यमा सेवा प्रदान गर्न लगाउने ।
घ) ट्रान्सफरमरको स्तर उन्नती गर्ने ।
ङ) अव्यवस्थित केवल, विद्युतीय तार, टेलिफोन तार लगायतका तारहरुलाई व्यवस्थित गर्ने ।
८) सास्कृतिक
क) सास्कृतिक र धार्मिक धरोहर (मठ–मन्दिर, मस्जिद, गुम्वा) हरुको संरक्षण र सम्वद्र्धन गर्ने ।
ख) नेपाल सम्वतलाई संरक्षण सम्वद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने । धिमे वाजा संरक्षण गर्ने ।
९) फोहोरमैला व्यवस्थापन
क) फोहोर मैला कम्पनीको शुल्क न्युनतम गर्ने ।
ख) कुहिने र नकुहिने फोहोर छुट्टयायर व्यवस्थित बनाउन हरेक घरमा प्लास्टीकको डष्टवीन उपलव्ध गराउने ।
ग) फोहोरलाई प्राङगरीक मल बनाउन घर–घरका गृहिणीहरुलाई तालिमको व्यवस्था गर्ने ।
१०) खानेपानी
क) खानेपानी नपुगेका स्थानमा  खानेपानी पुर्याउन डिप बोरिङ्ग लगाएत विशेष कार्य गर्ने ।
ख ) सञ्चालनमा रहेको सामुदायिक तथा प्राईभेट बोरिङ्ग (खानेपानी) को न्युनतम शुल्कमा एकरुपता ल्याउने ।
ग) बोरिङ्गहरुले सार्वजनिक स्थलहरुमा कम्तीमा ५ वटा सार्वजनिक धाराको व्यवस्थागरी दैनिक २ घण्टा पानी वितरणको व्यवस्था मिलाउने ।
घ) बाटो छेउका प्रत्येक विद्युतिय पोलमा सोलार बत्तिको तथा विद्युतिय सडक वत्ती व्यवस्था गर्ने ।
ङ) मेलम्चि खानेपानी वडामा  ल्याउन विशेष पहल गर्ने ।
च¬) खानेपानी नपुगेको स्थानमा खानेपनी पु¥याउने र आवश्यकता अनुसार डिप वोरिङ्ग गरी खानेपानी वितरण गर्ने ।
११) महिला वृद्धा
क) महिलाहरुको लागि सिपमुलक तालिम (व्युटिसियन, सिलाई, हाते पेपर, मैनवत्ती बनाउने) जस्ता तालिम दिई रोजगारी श्रृजना गर्ने ।
ख) महिला हिंसा, वाल हिंसा अन्त्यगरी विशेष कार्यक्रम सञ्चालन गर्ने ।
ग) मदिरा पसल, रेष्टुरेष्टहरुलाई करको दायरामा ल्याई समय सिमा भित्र व्यवस्थित तरिकाले सञ्चालन गर्न अनुमती दिने ।
        घ) लैङगिक असमानता अन्त्य गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने । 
ङ) वृद्धा वृदाको लागि धार्मिक कार्यक्रम भजन किर्तन योग, प्रणायम, लगायत अन्य कार्यक्रम सञ्चालन गर्ने ।
च) वृद्ध बृद्धालाई नियमित स्वास्थ्य चेक जाचको व्यवस्था गर्ने ।
छ)वृद्ध बृद्धाको भक्ता घर–घरमा पु¥याउने  व्यवस्था गर्ने ।
१२) प्रकृतिक दैवि प्रकोप
क) प्राकृतिक विपतका लागि २५ लाखको विपत कोष स्थापना गर्ने । 
ख) यस वडामा आई पर्ने प्रकृतिक प्रकोप दैवि प्रकोप आगलागी जस्ता विपतका लागि दमकल र अन्य पुर्व तयारीका सामाग्रीहरुको विशेष व्यवस्था गर्ने ।
१३) अन्य
क) सितापाईला चोक, गणेश चोक, मिलन टोलचोक, व्यवस्थित गरी  सहुलियत दरको पार्किङ्ग स्थल, तरकारी बजार, सुफथ मुल्य खाद्य पसलको व्यवस्था गर्ने ।
ख) कुनै सार्वजनिक जग्गा बाटो मिची जग्गा आफ्नो बनाएकोमा बाटो खोल्ने ।
ग) यस वडामा सञ्चालन भएको मासु पसल, मिठाई पसल र अन्य स्वास्थ्यसंग सम्वन्धित सम्वेदनसिल खाद्य वस्तुहरुको पसलहरुलाई स्वास्थ्य सुरक्षा निती अन्र्तगत आवद्ध गराउने ।
घ) टोलवासीको व्यक्तिगत समस्या, सामुदायिक समस्यालाई न्यायिक रुपमा समाधान गर्ने । 
ङ) मनमति खोलाछेउ मा निमार्णाधिन क्रियापुत्री घरलाई सुविधा सम्पन्न तरिकाले निर्माण गरी सञ्चालनमा ल्याउने ।
च) प्रत्येक बाटो पक्की बनाउने । र चलन चल्तीमा आएको बाटोलाई कायम गर्ने ।
छ) पहिले देखी सञ्चालन गरेको र नक्शामा भएको बाटो सञ्चालन गर्ने ।
ज)घरको नक्शा पास गर्दा हुने असुविधा अन्त्य गर्ने ।

हाम्रो प्रतिवद्धतालाई साकार–सफल बनाउनको लागि वडा वासीको साथ आवश्यक पर्ने भएकोले आगामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा ने.क.पा.माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हतौडामा अमुल्य मतदान गरी हाम्रा युवा उमेद्वारहरुलाई अत्यधिक बहुमतले विजयी गराऔ ।
स्थानिय निकाय निर्वाचन पछिको जोड
१. सुशासन सँगै भ्रष्टाचार नियन्त्रण
२. शिक्षा क्षेत्रको गुणस्तर सुधार, त्यसका लागि झन्डावाला शिक्षक संगठनको खारेजी, चर्को राजनीतिक हस्तक्षेपको अन्त्य,उल्लंघन गर्ने शिक्षकलाई कारवाहीको सिफारिस
३. खेलकुद क्षेत्रको बिकास र भौतिक संरचनाको बिकास
४. कर्मचारीतन्त्रको ढिलासुस्ती को निरन्तर अनुगमन, वृद्धि बिकास, सीप-क्षमताको वृद्धिका लागि तालिम व्यव्स्था
५. विधालयहरुमा ICT को ब्यब्स्था र WIFI को उपलब्धता
६. खानेपानी, विधुत तथा यातायातको चौबिसै घन्टा उपलब्धता

यस्तो होला कि नहोला? कुनै उमेदवारले यी सामान्य कुरा पक्कै सोचेको छ होला। कि कसो?

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव