Skip to main content

सामाजिक शिक्षा

सामाजिक अध्ययन शिक्षणको मूल मर्म

मानिस सामाजिक प्राणी हो। उसको व्यक्तिगत उन्नति र प्रगति उसको सामाजिक परिवेशमा निर्भर पर्दछ। समाजका हरेक तत्वहरुबाट मानव प्रभावित हुन्छ,त्यसैले उसलाई आफ्नो समाज र सामाजिक परिवेशका बारेमा पहिचान जरुरी छ।यसै तथ्यलाई मध्य नजर राखी विद्यालय शिक्षामा सामाजिक अध्ययन विषयलाई अनिवार्य विषयका रुपमा समावेश गरिएको छ। यस विषयको मूल उद्देश्य “आŠनो समुदायसँग परिचित हुँदै त्यसको विकासका निम्ति काम गर्नु”हो।
यस विषयको पाठ्यक्रमबाट विद्यार्थीहरुमा सामुदायिक भावना विकसित हुन सकोस्, विद्यार्थीहरुले आफ्नोमुलुकको वास्तविक विकासका अवधारणा पहिचान गर्न सकून्, आफ्ना सामाजिक मूल्य तथा मान्यतासँग परिचित भई एक लगनशील, कर्तव्यनीष्ठ, इमान्दार र असल नागरिक बनून्, नेपाल र विश्वको भौगोलिक परिवर्तनसँग परिचित होऊन्, विगतका ऐतिहासिक घटनाक्रमबाट पाठ सिकी वर्तमान अवस्थामा आफूलाई परिवर्तन गर्न सकून्, आर्थिक क्रियाकलापसँग परिचित भई श्रमप्रति लगनशील हुन सकून्, विश्व परिस्थितिका नयाँ नयाँ परिवर्तनहरुको जानकारी राख्दै स्वतन्त्रता, समानता र विश्वबन्धुत्वको भावना अनुरुप आफूलाई समायोजन गर्न सकून्, विश्वमा विकसित विज्ञान र प्रविधिबाट मानव समाजमा परेका प्रभावहरुलाई आत्मसात् गरी मुलुकको विकासमा सहयोग गर्न सकून् भन्ने उद्वेश्य राखिएकोछ। साथै सिकाइमा कुशल सीपको प्रयोगबाट विद्यार्थीहरुमा समस्या समाधान गर्ने, सुझबुझपूर्ण निर्णय लिने, सक्रिय सहभागी हुने, उपयुक्त सञ्चार क्षमता प्रदर्शन गर्ने र आŠनो विचार निर्धक्क राख्न सक्ने सीप आदि जस्ता पक्षको विकास गर्न सक्षम हुने अपेक्षा गरिएको छ।
यस विषयले बाल बालिकामा सैद्धान्तिक पक्षभन्दा व्यावहारिक पक्षको विकास गराउने मुख्य उद्देश्य राखेको छ। विषयवस्तुको व्यावहारिक पक्षको विकास गराउने मुख्य उद्देश्य राखेको छ। विषयवस्तुको व्यावहारिक ज्ञान दिनका लागि कक्षा कोठा भित्र वा वाहिर आ–आŠनो टोल, समुदायसँग सम्वन्धित क्रियाकलापहरु गराउनु पर्ने हून्छ । पाठ्य विषयवस्तुलाई जस्ताको तस्तै कण्ठ गराउने शिक्षण पद्दतिलाई निरुत्साहित गरी विद्यार्थीहरूलाई आ–आŠना समुदायमा खोज गरी सिर्जनात्मक प्रतिभाको विकास गर्न प्रोत्साहन गर्नुपर्ने छ । विद्यार्थीहरूलाई “गर र सिक भन्ने धारणाको अभिवृद्धि गराउनु नै यस विषयको मूल लक्ष्य हो। बालबालिकाले आफूले गरेर सिकेका कुराहरूमा बढी विश्वास गर्दछन् । मनमा विश्वास जागेपछि उक्त सिकाइले व्यवहारमा सुधार ल्याउँछ । त्यसैले यस विषयमा सिकाइ सहजीकरण गर्दा निम्न प्रकारका विद्यार्थी केन्द्रित शिक्षण विधिहरुरू प्रयोग गर्नु उपयुक्त हुन्छः
१) प्रश्नोत्तर विधि २)प्रदर्शन विधि ३)समस्या समाधान विधि ४)छलफलविधि ५)अवलोकन विधि ६)खोज विधि७)अभिनय विधि ८)परियोजना विधि ९)प्रयोगात्मक विधि १०)क्षेत्र भ्रमण विधि ११)आगमन विधि १२)निगमन विधि १३)घटना अध्ययन विधि १४) समालोचनात्मक चिन्तन विधि शिक्षकले सिकाइमा सहजीकरण गर्दा विद्यार्थीको उमेर, तह, रूची, बहुबौद्धिकता, मनोविज्ञान, सामाजिक पृष्ठभूमि, विद्यार्थी सँख्या, शैक्षिक सामग्रीको उपलव्धता आदि समेतलाई ध्यान दिनुपर्ने हुन्छ। सहजीकरण गर्दा विद्यार्थीहरूको सहभागिता एवं सामूहिक तथा सहयोगात्मक सिकाइलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ । विद्यार्थीहरुलाई समस्या समाधान गर्न गाह्रो, अप्ठ्यारो परेको अवस्थामा उनीहरूको कमी कमजोरीलाई राम्ररी केलाई शिक्षकद्वारा समस्या समाधान गरिदिनु पर्ने हुन्छ। विद्यार्थीहरू सिर्जना र प्रतिभाका भण्डार हुन्, त्यसैले उनीहरूका प्रतिभा प्रष्फूटनका लागि उपयुक्त वातावरण सिर्जना गरी दिनुपर्ने हुन्छ। शिक्षकले एउटा सहजकर्ताका रूपमा विद्यार्थीहरूलाई सही बाटो देखाउन सहयोग पु¥याउनु पर्ने हुन्छ। सामाजिक अध्ययनमा उल्लेखित विधिहरूका अतिरिक्त कथाकथन, मतिष्क मन्थन, कार्यशाला विधि, प्रवचन विधि, अनुसन्धान विधि पनि आवश्यकता अनुसार प्रयोग गर्नु उपयुक्त हुन्छ । वर्तमान समयमा सूचना प्रविधिको समेत सहयोग लिएर सिक्न सक्ने वातावरण तयार गर्नु आवश्यक देखिन्छ । अर्को पक्ष विशिष्टिकरण तालिकाको मर्म बुझेर कुन एकाइबाट कुन तहका समस्याहरू समाधान गर्न सक्षम बनाउने हो ? त्यस तर्फ पनि शिक्षकले ध्यान दिनुपर्ने हुन्छ ।
सामाजिक अध्ययन कसरी शिक्षण गर्ने
 कक्षामा पाठ्यपुस्तकमा भएको विषयवस्तुको हरेक लाइन पढ्दै व्याख्या नगरौं । त्यो विद्यार्थी आफैं पढ्न सक्छन् ।
 विद्यार्थीहरुलाई क्रियाकलापहरूमाक्रियाशिल बनाउने र सामुहिक छलफलमा संलग्न गराउने ।
 विद्यार्थीहरूले गरेका क्रियाकलापहरू कक्षामा नै प्रस्तुत गर्न लगाई निष्कर्षमा पुग्ने ।
 विद्यार्थीको विचार र सिर्जनशील प्रतिभा बाहिर आउने पूरा मौका दिने ।
 हामी सामाजिक शिक्षक हौं । भूगोल, इतिहास, अर्थशास्त्र, राजनीति शास्त्रको होइन। त्यसैले तपाई विषयगत गहिराइमा जानु आवश्यक छैन् । हामीले ती विषयहरूले समाजमा पार्ने र समाजले तिनमाथि पार्ने प्रभावहरूमा केन्द्रित हुनुपर्छ।
 सामुदायिक कार्य गर्न झन्जट नमानौं, सामाजिक अध्ययनको मुख्य अवधारणा नै सामुदायिक कार्य हो किनकी विद्यार्थी भोलि त्यही समाजमा सामाजिकीकरण भएर बस्नु पर्ने हुन्छ ।
 कक्षामा जानु अघि शिक्षक निर्देशिका, सन्दर्भ सामग्री हेरी तयारी साथ जाने ।
 कक्षामा विद्यार्थी मेहनत गर्छन, शिक्षकले कक्षा बाहिर मेहनत गर्नु पर्ने हुन्छ ।
 हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्ने अभ्यास आँफू पनि गरौं र विद्यार्थीलाई पनि गराऔं ।
 समसामयिक घटनाहरूसँग परिचित गराउँदैं त्यसको प्रभावसँग समेत परिचित गराऔं ।
 शिक्षक आँफू विज्ञान प्रविधिसँग परिचित भई शिक्षण सिकाइमा सूचना र प्रविधिको प्रयोग गरौं र विद्यार्थीलाई पनि त्यस तर्फ उत्प्रेरित गरौं ।
लेखकः नयाँ किरण मा.वि.,
भरतपुरका शिक्षक हुनुहुन्छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...