Skip to main content

भमरकोट

पर्वत जिल्ला हिमालय पर्वतको काख हो ।
प्राचीन पर्वतराज्यका मल्ल राजाहरुले यस राज्यको राज गर्ने क्रममा राज्य विभाजन गरिंदा महाराज रघुदत्त मल्ल पावन देवपुर क्षेत्रको राजा भई अाउनु भएको र मन्त्री या उपासुको रुपमा खड्का एवम् कार्कीहरु रहिआएको र  अागमनको समयमा पाल्पा बाट ल्याईएकी भगवतीको पहिलो मूर्ति बाग्लुङमा स्थापना गरि दोस्रो कालिकाको मूर्ति सहित देवपुरकोटमा शरदकालिन तथा भंवरकोटमा गृष्मकालिन दरवार निर्माणगरि राज्य संचालन तथा शक्तिपिठको प्रतिष्ठा वैदिक रुपमा गरिवैदिक रुपमा ब्राह्मणहरु द्वारा पूजापाठ नौमती तथा पञ्चे बाजा द्वारा सेवा लगाउने गरि शासकिय कार्य गर्दै अाउनु भएको थियो ।

यस प्रकारले स्थापित शक्ति पिठ अन्तर्गत श्री भ्रमरकोट (हालको भंवरकोट) मा शिद्दबाबा,शक्तिमाता (शैलेश्वरीमाई ) जेठाभूमे गुरुदेव तथा कैलाशेश्वरशिव,सहित विभिन्न देवदेवी तथा मठहरु निर्माण गरि साक्षात दैविक धाम निर्मित भएका ईतिहास वर्तमान सम्म जिवित छन् ।
पर्वतको मल्लाज र देउपुर मात्रै ईतिहासमा उल्लेखित राज्य हुन् जहाँ मल्लराजाहरुले राज गरे ।
तात्कालिन देवपुर अन्तर्गत पूर्वोत्तर पर्वतको अधिकांश भाग पर्दथ्यो ।
यस प्रकारको ऐतिहासिक महत्व बोकेको यस पावन क्षेत्रमा अलौकिक प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्व रहिआएको छ । यसका अलावा यसक्षत्रको विकासले अन्तर्राष्ट्रिय पर्यटन / अान्तरिक पर्यटन लगायत प्याराग्लाईडिङ एवं रक क्लाईम्बिङ जस्ता महत्त्वपूर्ण व्यवसाय संचालन तथा केवलकार जडानको समेत विशाल संभावना रहिआएको छ । जहाबाट अन्नपूर्ण ,माछापुच्छ्रे लगायतका कयौं हिमालहरु अांखैमा छोईए सरि देख्न पाईनुका साथै पश्चिमाञ्चलका ११ वटा जिल्ला हरुको समेत दर्शन गर्न सकिन्छ ।
जुन स्थलको दर्शन तथा भ्रमण मात्रैले पनि महान पुण्य लाभहुने र मनोकांक्षा पूरा हुने अलौकिक दैवीक शक्ति अध्योपान्त रहिआएका छन् ।
यस क्षत्रको विकास ,संरक्षण र संवर्धनका लागि वर्तमानमा धेरै भौतिक संरचना निर्माण तथा सुधार कार्हरु भएका छन्
जस अन्तरगत ,देउपुरकोटमा सत्तल निर्माण ,प्याराफिट , प्रवेशद्वार , यज्ञशालानिर्माण ,मार्वल जडान तथा खेलमैदान स्थानान्तरण अारम्भ साथै भंवरकोट मन्दिर निर्माण ,खानेपानी ,सत्तल एवं पर्खाल ,पुक्ले भंवरकोट गोरेटो बाटो , भंवरकोट घोरेपानीपदमार्ग जस्ता संरचना निर्माणकार्यमा मन,वचन र कर्मले समर्पित हुनुहुने सम्पूर्ण जनप्रतिनिधि ज्यु , कर्मचारी ज्यूहरु दानदाता एवम् समितिका पदाधिकारी ज्यु हरुमा अाभार व्यक्त गर्दछौं ।
श्रद्दालु दान दाता तथा भौतिक संरचना निर्माण कर्ता महानुभावहरुको दान र निर्माणकार्यको ससम्मान शक्ति पिठमा शिलालेख राख्नकालागी लेखन कार्य अारम्भ गरिएको छ ।
हालै भंवरकोटमा पुरातत्त्व विभागबाट प्राप्त २ लाखद्वारा सत्तल निर्माण तथा सांसद बिकास कोष द्वारा प्राप्त १ लाख द्वारा पर्खाल निर्माण कार्य निर्माण समितिका अध्यक्षहरु शमसेर नेपाली तथा रामबहादुर खड्काद्वारा भई रहेको छ ।
यसका साथै विद्युतीकर र अन्य संरचना निर्माणको समेत पहल भईरहेको छ ।
हामी सबैको साझा सम्पत्ति यस देवधामको विकास गरि पश्चिमाञ्चल क्षेत्रकै प्रमुख गन्तव्य निर्माण गर्न सकिने यो साझा बिषयमा याहाहरुको अमुल्य सुझाब सहयोग र सल्लाहको सदैव अाशा र पालना हुने छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...