जिल्ला शिक्षा कार्यालय, भक्तपुर
शैक्षिक सुधारको मार्गचित्र, २०७३
आर्थिक सामाजिक समृद्धि हासिल गर्न मुलुकलाई आवश्यक पर्ने जनशक्ति विकास गर्ने दायित्व शिक्षा क्षेत्रको हो । विद्यमान संवैधानिक तथा कानूनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तथा नागरिकको शिक्षा प्राप्त गर्न पाउने हकको प्रत्याभूत गर्नु राज्यको दायित्व हो । शिक्षा प्राप्त गर्न पाउने नागरिक अधिकारको प्रत्याभूत गर्न तथा भक्तपुर जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न समय सान्दर्भिक सुधारका पाइला चाल्न आवश्यक छ । शैक्षिक सुधारको केन्द्रविन्दु कक्षाकोठाको पठनपाठनमा सुधार नै हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरी सुधारका प्रयासहरु अघि बढाइनुपर्छ । विगतमा पनि विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्न प्रयत्नहरूनभएका होइनन् । सुस्पष्ट मार्गचित्रको आधारमा सम्पूर्ण सरोकारवाला पक्षहरुको सहभागितामा बहुप्रयत्नहरु एकिकृत रुपमा अघि बढाउन नसक्दा नतिजा अपेक्षित हुन सकेको पाइदैन ।
भक्तपूर जिल्लालाई शैक्षिक गन्तब्यको रुपमा विकास गरी शैक्षिक पर्यटनको विकास गर्नु आजको कार्यभार हो । विगतका सफल प्रयास एवम् असल अभ्यासहरुलाई निरन्तरता दिँदै अघि बढ्नुपर्छ । त्यसैले आगामी दिनमा जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र, विद्यालय परिवार, अभिभावक लगायत शैक्षिक सरोकारवाला सबैको सहयोग तथा सहकार्यमा भक्तपुर जिल्लामा शिक्षामा पहुँच, गुणस्तर र समता सुनिश्चित गर्न बहुआयामिक प्रयासको व्यवस्थित रुपमा निरन्तर अघि बढाउन शैक्षिक सुधारको मार्गचित्र ल्याइएको हो ।भक्तपूर जिल्लाको शैक्षिक सुधारको मार्गचित्र–२०७३ मा निम्न २२ बुँदाहरू समेटिएका छन् :
1. विद्यार्थी उपलब्धि अभिवृद्धि योजनाः विद्यार्थीहरूलाई आफ्नो सिकाई उपलब्धिप्रति जिम्मेवार बनाउन प्रत्येक विद्यार्थीहरूलाई विद्यार्थी उपलब्धि अभिवृद्धि योजना(Students Achievement Raising Plan-SARP) निर्माण गर्न लगाई प्रभावकारी रुपमा कार्यान्वयन गराइनेछ । आवधिक समीक्षा गरी निरन्तर सुधारको दिशामा अघि बढ्न शिक्षकले विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
2. नतिजामूलक कार्यसम्पादनका लागि कार्यसम्पादन करार : प्रधानाध्यापक र शिक्षकबीच कार्यसम्पादन करार गरिनेछ । करारमा कम्तिमा पनि दश प्रतिशत सिकाइ उपलब्धि बढाउने, लक्षित न्यूनतम् प्राप्ताङ्क(Lowest Cut off Score-LoCoS)घोषणा गरी निरन्तर सुधार गर्ने, शिक्षण सुधार योजना बनाइ कार्यान्वयन गर्ने, कार्यमूलक अनुसन्धान गर्ने, कम्तिमा एक दिन–एक सिकाइ सामग्री प्रयोग गर्ने, शिक्षक डायरी बनाइ प्रयोग गर्ने लगायतका विषयहरू समेटिनेछन् । जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिनेछ । उक्त करारमा विद्यालयको शैक्षिक सुधार, व्यवस्थापन सुधार, भौतिक एवम् आर्थिक पक्षमा सुधार लगायतका विषयहरू समेटिने छन् ।
3.शिक्षकको हातमा पाठ्यक्रम र विद्यार्थीको हातमा पाठ्यपुस्तक : पाठ्यक्रमको आधारमा शिक्षण सिकाइ व्रिmयाकलाप सञ्चालनमा जोड दिनका निम्ति “शिक्षकको हातमा पाठ्यक्रम र विद्यार्थीको हातमा पाठ्यपुस्तक” कार्यक्रम सञ्चालन गरिनेछ । सबै शिक्षकको झोलामा अनिवार्य रुपमा पाठ्यक्रम हुनैपर्ने व्यवस्था मिलाइनेछ ।
4. एक शिक्षक एक झोला कार्यक्रम : प्रत्येक शिक्षकसँग एउटा पेसागत झोला हुनैपर्ने व्यवस्था मिलाइनेछ । उक्त झोलामा कम्तिमा पनि पाठ्यक्रम, पाठयोजना सहितको शिक्षक डायरी र कम्तिमा प्रतिदिन एक सिकाइ सामग्री हुनुपर्ने अनिवार्य व्यवस्था गरिनेछ । शिक्षक निर्देशिका प्रयोग गर्ने संस्कारको विकास गर्न जोड दिइनेछ ।
5. बालमैत्री विद्यालय र विद्यालय शान्तिक्षेत्र : विद्यालयहरूलाई बालमैत्री बनाइनेछ । विद्यालयमा हुने कुनै पनि प्रकारको हिंसा, विभेद र बहिस्करणको अन्त्य गरिनेछ ।भयरहित वातावरणमा सिकाइ गर्न पाउने व्यवस्था मिलाइनेछ । नयाँ बनाइने भौतिक संरचनाहरूसमावेशीमैत्री, अपाङ्गमैत्री एवम् बालमैत्री बनाउनुपर्ने व्यवस्था लागु गरिनेछ । प्रत्येक विद्यालयमा लैंगिक फोकल पर्सन तोकी छात्राहरूलाई परामर्श दिने व्यवस्था मिलाइनेछ । भक्तपुर जिल्लाका सबै विद्यालयहरूलाई शान्तिक्षेत्र बनाइनेछ । विद्यालयमा हुने राजनीतिक हस्तक्षेप र राजनीतिकरणलाई पूर्णतया निःषेध गरी सम्पूर्ण विद्यालयहरूलाई विशुद्ध प्राज्ञिक सिकाइ थलोको रुपमा विकास गरिनेछ । बन्द, हड्ताल लगायतका गतिविधिहरूबाट विद्यालयहरूको पठनपाठन अवरुद्ध हुन नदिन सम्बद्ध पक्षहरुसँग समन्वय गरिनेछ ।
6. निरन्तर मूल्याङ्कन र उपचारात्मक शिक्षण : सिकाइ उपलब्धिमा निरन्तर सुधार ल्याउन विद्यार्थीको निरन्तर मूल्याङ्कन र तत्काल सुधारका लागि उपचारात्मक शिक्षण गर्ने कार्यलाई थप व्यवस्थित रुपमा अघि बढाइनेछ ।सिकाइका लागि मूल्याङ्कनको अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ । निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनलाई सहज बनाउन अभिलेखीकरण प्रव्रिmयामा सरलीकरण गरिनेछ । निरन्तर रुपमा गरिने सुधारात्मक मूल्याङ्कन तथा आवधिक मूल्याङ्कनको आधारमा सबै कक्षाहरुमा व्रmमशः लेटर ग्रेडिङ प्रणाली लागु गर्दै लगिनेछ ।
7. शिक्षकको पेसागत साथी सुपरिवेक्षक : स्रोतव्यक्ति र विद्यालय निरीक्षकलाई शिक्षकको साथीको रुपमा स्थापित गर्न शिक्षकको पेसागत साथी सुपरिवेक्षक कार्यव्रmम सञ्चालन गरिनेछ । यस अन्तर्गत सम्बन्धित स्रोतव्यक्ति र विद्यालय निरीक्षकबाट शिक्षकहरूलाई कक्षा अवलोकन, विषय सञ्जाल निर्माण, नमूना पाठ प्रदर्शन लगायतका प्राविधिक सहायता अधिकतम मात्रामा प्रदान गर्ने व्यवस्था मिलाइनेछ । सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा सुपरिवेक्षण सहयोग प्रदान गरिनेछ । सघन सुपरिवेक्षण र उपचारात्मक सुपरिवेक्षण जस्ता विधिहरूको अवलम्बन गरी वास्तविक रुपमै शिक्षकलाई पेसागत सहयोग प्रदान गरिनेछ । प्रधानाध्यापकबाट शिक्षकको कक्षा अवलोकन गरी पृष्ठपोषण दिने व्यवस्था मिलाइनेछ ।
8. शैक्षिक सुधारका लागि नतिजामूलक अनुगमन तथा निरीक्षण : विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जिल्ला शिक्षा कार्यालय र स्रोतकेन्द्रबाट हुने अनुगमन तथा निरीक्षण कार्यलाई नियमित र प्रभावकारी बनाइनेछ । समूह सुपरिवेक्षणका माध्यमबाट विद्यालयहरूलाई अधिकतम लाभ हुने प्रणाली अवलम्बन गरिनेछ । विद्यालय सुपरिवेक्षण तथा निरीक्षण प्रणालीलाई नतिजामूलक बनाउन विद्यालय भ्रमणका व्रmममा विद्यालयमा गरिने कार्यहरू र तिनीहरूबाट आउनुपर्ने नतिजाको स्पष्ट खाका तयार पारी कार्यान्वयन गरिनेछ ।
9. शिक्षक डायरी र बालकेन्द्रित शिक्षण : दैनिक पाठयोजना सहित शिक्षण गर्ने संस्कार विकास गर्न सरलीकृत ढाँचामा दैनिक पाठयोजना बनाउन मिल्ने शिक्षक डायरी प्रत्येक विद्यालयले शिक्षकलाई उपलब्ध गराउनुपर्नेछ । दैनिक पाठयोजना बनाउँदा कम्तिमा पनि आधा समय विद्यार्थी व्रिmयाकलापमा खर्चिनुपर्ने (पचास–पचास प्रतिशत रणनीति) व्यवस्था राखी बालकेन्द्रित शिक्षण सिकाइको सुनिश्चित गरिनेछ ।
10. गुणस्तरीय शिक्षाको आधार, विद्यालयमा आइसिटी पूर्वाधार : समय सान्दर्भिक प्रविधिमैत्री शिक्षाको विस्तार गर्न विद्यालयहरूमा आइसिटी पूर्वाधार विकासमा जोड दिइनेछ । कम्प्युटर, स्मार्ट बोर्ड, इन्टरनेट भएका विद्यालयहरूमा तिनको उच्चतम् प्रयोगका निम्ति प्राविधिक सहजीकरण गरिनेछ । आइसिटी पूर्वाधार नभएका विद्यालयहरूमा व्रmमशः पूर्वाधार विकास गरी प्रयोगमा ल्याइनेछ ।
11. ई–नेटवर्किङ र ई–लर्निङ प्रवर्धन : सबै विद्यालयहरूसँग जिल्ला शिक्षा कार्यालयको ई नेटवर्क बनाई सूचनाको आदान प्रदान गर्ने व्यवस्था मिलाइनेछ । विद्यालयहरूलाई इ लर्निङ प्रवर्धन गर्ने उपायहरूको अवलम्बन गर्न प्रोत्साहन गरिनेछ । शिक्षकहरुलाई आइपर्ने शिक्षण सिकाइसँग सम्बन्धित समस्या समाधान गर्न हट्लाइन् सेवा शुरुआत गरिनेछ ।
12. संस्थागत विद्यालय वर्गीकरण र प्रभावकारी नियमन : संस्थागत विद्यालयहरूसँगको समन्वयमा यथाशीघ्र यस्ता विद्यालयहरूको वर्गीकरण गर्ने कार्य सम्पन्न गरिनेछ । सबै संस्थागत विद्यालयमा पाठ्यव्रmम विकास केन्द्रबाट स्वीकृत पाठ्यसामग्री मात्र प्रयोग गरिएको सुनिश्चित गरिनेछ । संस्थागत विद्यालयहरुलाई आइपरेका समस्या तत्काल हल गर्ने प्रयास गर्नुका साथै प्राविधिक सहयोग प्रदान गरिनेछ । शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक र सामुदायिक तथा सामुदायिक र संस्थागत विद्यालयहरुबीच असल अभ्यास एवम् अनुभवको आदान प्रदान गर्ने कार्यव्रmम सञ्चालन गरिनेछ ।
13. परीक्षा पद्धतिमा सुधार : विद्यालय स्तरमा लिइने परीक्षा (शिक्षक निर्मित परीक्षा) लाई निर्माणात्मक र निर्णयात्मक दुवै खालको मूल्याङ्कनको साधनको रुपमा प्रयोग गरिनेछ । त्रैमासिक र अर्धबार्षिक परीक्षालाई मुलतः विद्यार्थीको उपलब्धि सुधारका लागि प्रयोग गर्न यी परीक्षाको उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गर्दा प्रगति विवरणसँगै विद्यार्थीलाई स्वःमूल्यांकन एवम् प्रतिविम्बनका लागि दिने व्यवस्था अनिवार्य रुपमा लागू गरिनेछ । उत्तरपुस्तिका विद्यार्थीले हेरिसकेपछि त्यसमा सुक्ष्म रुपले त्रुटी विश्लेषण गरी विद्यार्थीलाई पृष्ठपोषण दिने व्यवस्था मिलाइनेछ ।
14. हाम्रो विद्यालय, राम्रो विद्यालय : सामुदायिक विद्यालयमा अभिभावकहरूको सहभागिता र अपनत्व अभिवृद्धि गर्न हाम्रो विद्यालय, राम्रो विद्यालय भन्ने आदर्श वाक्यलाई साकार पार्ने गरी व्यवस्थापमा सुधार गरिनेछ । संशोधित शिक्षा ऐनको भावना अनुकुल समयमै विद्यालय व्यवस्थापन समिति गठन गरी विद्यालय सुधारमा सव्रिmय रुपमा परिचालन गरिनेछ । शिक्षक अभिभावक संघको भूमिकालाई थप प्रभावकारी बनाई विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गरिनेछ । विव्यस र शिअसं को प्रत्येक बैठकमा कम्तिमा एउटा एजेण्डा शिक्षण सिकाइ सुधार गर्ने, गराउने खालको हुनुपर्ने व्यवस्था गरिनेछ । सरोकारवाला पक्षहरुको सहभागितामा विद्यालयको बार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरिनेछ ।
15. सामुदायिक विद्यालय सुधारका लागि पुनर्जागरण अभियान : विद्यार्थी कम भएका विद्यालयहरूलाई लक्षित गरी सामुदायिक विद्यालय सुधारका लागि पुनर्जागरण अभियान सञ्चालन गरिनेछ । यस अन्तर्गत समुदायको सचेतीकरण, विद्यालय व्यवस्थापनमा सुधार, कुशल नेतृत्व विकास, सुपरिवेक्षण सहयोग लगायतका विधिहरूको उपयोग गरिनेछ । कम विद्यार्थी भएका विद्यालयहरूमा बहुकक्षा शिक्षणको व्यवस्था मिलाइनेछ । यसका लागि संस्थागत विद्यालयहरुबाट समेत प्राविधिक एवम् व्यवस्थापकीय सहयोग जुटाइनेछ । उच्च गुणस्तर कायम गरेका माध्यमिक विद्यालयहरुलाई वरपरको प्राथमिक तहको विद्यालयको पठनपाठन सुधार गर्ने जिम्मा दिइनेछ । आर्थिक, भौतिक तथा शैक्षिक रुपमा अति समस्याग्रस्त विद्यालयहरुको सुधार गर्न सहयोगको विशेष योजना ल्याइनेछ । विद्यार्थीहरुलाई थप सहयोग प्रदान गर्न आवश्यकता अनुसार विद्यालयमा पठनपाठनको समय बढाउदै लगिनेछ ।
16. शैक्षिक सुशासन र सेवाप्रवाहमा सुधार : शैक्षिक सुशासन प्रवर्धन गर्न यथाशीघ्र जि.शि.का.मा नोटिसबोर्ड सर्भिस, स्रोतकेन्द्रमा नागरिक बडापत्र, सार्वजनिक सुनुवाई, विद्यालयको सामाजिक परीक्षण, वेभसाइट अपडेट, वेभसाइटमा गुनासो राख्न सक्ने व्यवस्था गरिनेछ । गुनासोको तत्काल सुनुवाई गर्ने व्यवस्था मिलाइनेछ । सेवाप्रवाहमा सुधार गरी जिल्ला शिक्षा कार्यालयबाट प्रदान गरिने सेवालाई छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइनेछ । विद्यालय तथा शैक्षिक संस्थामा आर्थिक पारदर्शिता कायम गरिनेछ । बेरुजू शुन्य बनाउन पहल गरिनेछ भने आगामी दिनमा बेरुजू नै नहुने उपायहरु अपनाई वित्तिय अनुशासन कायम गरिनेछ ।
17. अभिभावकसँग जिल्ला शिक्षा अधिकारी : आफ्ना बालबालिकाको सिकाइप्रति अभिभावकको चासो बढाउन जिल्ला शिक्षा कार्यालयले अभिभावकहरूलाई शैक्षिक सुधारका लागि आव्हान गर्नेछ । बालबालिकाको पठनपाठन र उनीहरूको सिकाइ निरन्तर सुधार्नका लागि अभिभावकहरूलाई समेत जिम्मेवार बनाउन अभिभावकसँग जि. शि. अ. कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक शुक्रबार अपरान्ह २ देखि ४ बजेसम्म अभिभावकहरूले जि.शि.अ. सँगप्रत्यक्ष भेट वा टेलिफोन गर्नका लागि समय छुट्याइनेछ ।
18. विद्यालय पुनः निर्माण र पठनपाठनमा सहजीकरण : भूकम्पबाट प्रभावित विद्यालयहरूको भौतिक संरचनाहरूको पुनःनिर्माण तथा पठनपाठनमा सहजीकरणका लागि निरन्तर प्रयास गरिनेछ । यसका लागि सम्बद्ध सरकारी निकाय, विकास साझेदार, गैरसरकारी निकायहरूसँग प्रभावकारी समन्वय गर्नुका साथै स्थानीय समुदायसँग समेत सहकार्य गरिनेछ ।
19. प्रारम्भिक बालशिक्षा केन्द्रहरू विद्यालयमा समायोजन : विगतमा सञ्चालन गरिएका समुदायमा आधारित बालविकास केन्द्रहरूलाई व्रmमशः विद्यालयमा समायोजन गरिनेछ । एक विद्यालय कम्तिमा एक प्रारम्भिक बालकक्षा सुनिश्चित गर्न तत्काल कार्य थालनी गरिनेछ । प्रारम्भिक बालशिक्षा केन्द्र वा बालकक्षामा अध्यापन गर्दा बालबालिकाको सर्वाङ्गिीण विकासमा जोड दिइनेछ ।प्रारम्भिक बालशिक्षाका शिक्षकहरुको प्रत्येक ३ महिनामा बैठक गरी सुधार प्रयासमा लगाइनेछ ।
20. गैर सरकारी संस्था तथा निजी क्षेत्रसँग सहकार्य : जिल्लामा शिक्षा क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरूको सञ्जाललाई थप सव्रिmय बनाइनेछ । जिल्ला शिक्षा कार्यालयसँग समन्वय नगरी शैक्षिक संस्थामा कार्यव्रmम सञ्चालन गर्न दिइने छैन । गैर सरकारी संस्थाहरूबाट सञ्चालन गरिने कार्यव्रmमहरूमा दोहोरोपना हुन नदिन प्रभावकारीसमन्वय गरिनेछ । निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई सार्वजनिक विद्यालयको व्यवस्थापन जिम्मा लिई सुधार गर्न चाहेमा शर्त तोकी व्यवस्थापन करार गर्ने कार्य अघि बढाइनेछ ।
21. सिकारुको चाहना अनुसार सान्दर्भिक शिक्षण सिकाइको माध्यम: आधारभूत तहका तल्ला कक्षाहरूमा बहुभाषी माध्यममा शिक्षण गरी सिकारुलाई टिकाउन र सिकाउन विशेष जोड दिइनेछ । राष्ट्रको कला, संस्कृति, आचरण, नैतिकता जस्ता कुराहरू समेटिएका सामाजिक अध्ययन, सिर्जनात्मक कला, नैतिक शिक्षा जस्ता विषयहरू नेपाली भाषामा नै शिक्षण गर्न÷गराउन जोड दिइनेछ । सबै विद्यालयहरूमा अंग्रेजी माध्यममा शिक्षण गर्न÷गराउन विज्ञान, गणित, कम्प्युटर शिक्षा जस्ता विषयहरू अंग्रेजी माध्यममा अध्यापन गर्न प्रोत्साहित गरिनेछ ।
22. गुणस्तरीय शिक्षाका लागि शिक्षक गुणचव्रक्र र विद्यार्थी गुणचव्रक्र : प्रत्येक श्रोतकेन्द्रमा विषयगत शिक्षकको गुणचव्रक्र (Teachers Quality Circle-TQC) निर्माण गरिनेछ । शिक्षक संख्या १० भन्दा बढि भएका विद्यालयहरुमा विद्यालयस्तरीय शिक्षकको गुणचव्रक्र (Teachers' Quality Circle-TQC) निर्माण गरी शिक्षण सिकाइको गुणस्तर सुधारमा सक्रिय बनाइनेछ । शिक्षकहरुको गुणचव्रक्र बैठक १५/१५ दिनमा बसी विगतको समीक्षा र गुणस्तर सुधारका लागि १५ दिने कार्ययोजना निर्माण गर्न लगाइनेछ । शिक्षकको गुणचव्रक्रलाई अध्ययन, अनुसन्धान, नवीन प्रयोग र नवप्रवर्तन गर्न प्रोत्साहित गरिनेछ । विद्यार्थीहरुलाई स्वायत्त सिकारु बनाउन विद्यालयहरुमा विद्यार्थी गुणचव्रक्र (Students' Quality Circle-SQC) बनाई सिकाइमा परिचालन गर्ने कार्य क्रमश: अघि बढाइनेछ ।
जिल्लाको शैक्षिक सुधार हामी सबैको दायित्व हो । यस मार्गचित्र अनुरुपका कार्य गर्नका लागि सबै सरोकारवाला पक्षबाट सहयोगको लागि अनुरोध गर्दछु । यस कार्यमा सबैले सकारात्मक भूमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । अन्तमा, शैक्षिक परिवर्तनका सम्बाहक सबै सरोकारवालाहरूलाई आ–आफ्नो ठाउँबाट भक्तपुरको शैक्षिक सुधारमा सरिक भई योगदान गर्न आव्हान गर्दछु ।
धन्यबाद !
२०७३ श्रावण ३१ गते सोमबार
एक्सन रिसर्च सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...